Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

पोख्रेलले भने –विद्यार्थीका माग पूरा गर्न ऐन नियम संशोधन गर्छु

\"GiriramMani\"काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई बिद्यार्थीका मागहरु जायज भन्दै कार्यान्वयनमा बाधा अड्चन आउने ऐन नियमहरु संशोधन गर्ने बताएका छन् ।  मुख्य चार विद्यार्थी संगठनहरुले चार बुँदे ज्ञापनपत्र बुझाउँदै कार्यान्वयनका लागि दबाव दिएका लगतै उनले यस्तो बताएका हुन् । कांग्रेस निकट नेबिसंघ, एमाले निकट अनेरास्ववियु तथा एमाओवादी र वैद्य माओवादी निकट अखिल क्रान्तिकारीका नेताहरु ज्ञापनपत्र बुझाउन शिक्षा मन्त्रालय पुगेर चार बुदे ध्यानाकर्षण पत्र बुझाएका थिए । सो पत्रमा संस्थागत विद्यालयको वैज्ञानिक शुल्क निर्धारण मापदण्ड यसै शैक्षिक सत्रदेखि कार्यान्वयन गर्न, त्रिभुवन विश्वविद्यालयले वर्षेनी गर्ने शुल्क वृद्धि रोक्न, आंगिक क्याम्पसले विद्यार्थीहरुलाई दिँदै आएको २० प्रतिशत छात्रवृत्ति कायम राख्न माग गरिएको छ । यसैगरी विद्यालय तहमा विदेशी कार्यक्रम सञ्चालन बन्द गर्न, त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीचको विवाद अन्त्य गर्नुपर्ने लगायतका माग पनि गरिएको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले विगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने बताउदैै त्यसमा आइपर्ने समस्या आपसी छलफलबाट समाधान गर्ने बताएका थिए । मन्त्री पोखरेलले ऐनको समस्याका कारण त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच विवाद आएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताए । एनले पाठ्यपुस्तकको समस्याबारे सरकार गम्भीर भएको भन्दै जनक शिक्षा सामाग्री केन्द्रमा भइरहेको पाठ्यपुस्तक छपाइबारे अनुगमन गर्ने पनि बताएको अनेरास्ववियु प्रवक्ता लामिछानेले जनाकारी दिए । मन्त्री पोख्रेलले आगामी वर्षदेखि कक्षा १ देखि कक्षा ३ सम्म रङ्गीन पाठ्यपुस्तक बनाइने पनि बताउदै बालबालिका मैत्री पाठ्यपुस्तक बनाउन कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक रङ्गीन बनाउन आफूहरुले राखेको माग पूरा गर्ने दाबी गरेको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending