Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

नेपाल मधुमेहको उच्च जोखिममा

\"Home-Remedies-for-Diabetes1\"काठमाडौं । नेपालमा मानिसहरुमा मधुमेह हुने प्रमुख कारण मोटोपना भएको एक तथ्याङ्कले देखाएको छ । नेपालमा १६।७ प्रतिशत मोटोपनका कारण मधुमेह हुने गरेको पाइएको हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यसमा महिला १६।६ प्रतिशत रहेका छन् भने पुरुष १३।६ प्रतिशत रहेका छन् । मधुमेह गराउनसक्ने अन्य कारणमा रहेका अल्छीपना भएका ३।३ प्रतिशत रहेका छन् । यो तथ्याङ्कले नेपाल मधुमेहको उच्च जोखिममा रहेको देखाउने चिकित्सकको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार नेपालमा अहिलेसम्म मधुमेहपीडित कति छन् भन्ने तथ्याङ्क नै छैन तर सन् २०१६ को मधुमेह प्रोफाइलअनुसार एक सर्वेक्षणले ९।१ प्रतिशतमा मधुमेह रहेको उल्लेख छ । त्यसमा १०।५ प्रतिशत पुरुषमा र ७।९ प्रतिशत महिलामा मधुमेह रहेको देखाएको छ । मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराई मानिसको जीवनशैलीमा आएको परिवर्तन, जस्तै गुलियोप्रेमी हुनु, बढी नुनिलो चीज मन पराउनु, चिल्लोयुक्त खानपान, अत्यधिक कार्बोहाइड्रेटयुक्त खानेकुराका कारण मोटोपना बढाएको र त्यसैले मधुमेहले महामारीको रूप लिँदैगएको बताउँछन् । । उनले नेपाललगायत दक्षिण एसियाली मुलुकमा खानपानले प्राथमिकता पाउने गरेको र अस्वस्थकर खानपानका कारण मधुमेहले ठूलोरुप लिन थालेको बताए। उनले भने, ‘मधुमेहको भयावह स्थिति छ । हामी मधुमेह हुने विश्वका दुई ठूला देश चीन र भारतको बीचमा बस्दछौँ । त्यसले पनि हामीलाई रोगबाट बच्न चुनौती थपिदिएको छ ।’ नेपालमा खासगरी सबैभन्दा बढी असर परेकामा मोटोपना भएका र शारीरिक व्यायाम कम गर्नेमा मधुमेह देखिएको छ । यी दुवै समस्यालाई समयमा नै सचेत बनेमा रोकथाम गर्न सकिने र उपचार सम्भव भएको छ । यदि यिनलाई बेलैमा समाधान नगरे पछि गएर खतरनाक अवस्था पनि हुन सक्छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलका अनुसार यसले पछि गएर मानिसका महत्वपूर्ण अङ्गलाई काम नलाग्ने बनाउन सक्छ, जस्तै–हृृदयरोग, मस्तिष्कघात, अन्धोपना र पक्षघात गराउने या मिर्गौलाले काम गर्न नसक्ने तथा मुटुमा समस्या ल्याउन सक्ने प्रवल सम्भावना हुन्छ । त्यसकारण व्यक्तिगत कुरामा ध्यान दिन सक्यौ भने यसबाट बच्न सकिन्छ । उनी भन्छन् ,‘मधुमेह भएका ९० प्रतिशत मानिसलाई उच्च रक्तचापको समस्या देखिने हुन्छ भने सामान्य मानिसलाई भन्दा तीन गुणा बढी हृदयाघात हुने र उच्च रक्तचापको समस्या देखिने गर्दछ । डा भट्टराईका अनुसार स्वस्थ खानेकुरा खाने र चिनीगुण भएका खानेकुरालाई नियन्त्रण गर्ने, हामीले प्रोटिनयुक्त, रेसादार खानेकुरा आवश्यकताअनुसार मात्र खाने गर्दा पनि धेरै कम हुन्छ ।’ दैनिक ३० मिनेट व्यायाम गर्दा वयस्कलाई तौल नियन्त्रण गर्न मद्दत गर्छ । सरकारले बालबच्चालाई प्रभाव पार्न बनाइएका बजारिया खानामा नियन्त्रण गरी मधुमेहको जोखिम नियन्त्रण गर्न कार्यक्रम ल्याउन पनि आवश्यक छ । अव्यवस्थित, खानेकुरामा लेबल नलगाइएका वस्तुहरू बिक्रीमा प्रतिबन्ध लगाउनुपर्छ । सरकारले मधुमेह नियन्त्रणका लागि स्वास्थ्य हेरविचार कार्यक्रमलाई बढाउने र मधुमेहबारे शैक्षिक जागरण कार्यक्रमलाई बढाउनुपर्ने चिकित्सकको सुझाव छ । त्यस्तो मानिसमा जटिल अवस्थामा पुगेपछि मात्रै थाहा हुन सक्छ । त्यसैले जोसुकैले पनि कम्तीमा वर्षमा एकपटक सुगर जाँच गराउनुपर्ने चिकित्सकहरु बताउँछन् । मुख सुक्खा हुने, पिसाब लागिरहने, धेरै भोक लाग्ने, तौल घट्ने, घाउ हत्तपत्त निको नहुने, हातगोडा झम्झमाउने, निदाउने या गल्नेजस्ता लक्षण देखिएमा तुरुन्त जाँच गराउनु आवश्यक छ । मधुमेह लागिसकेका बिरामीले चिकित्सकले भनेअनुसार औषधि सेवन र खानपानमा विचार पु¥याउनुपर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending