Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सयौंको पोल खुल्यो : मुछिए मेसीदेखि पुटिन हुँदै सात नेपाली

\"putin_ceएजेन्सी । एक करोड भन्दाबढी कर दस्तावेजको चुहावटले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका सहयोगीदेखि विश्वका अन्य चर्चित नेता र लोकप्रिय बार्सिलोनाका अर्जेन्टाईन फर्वार्ड लियोनेल मेस्सीसमेत सयौंको पोल खोलेको छ । नेतादेखि कलाकार र खेलाडीसम्मले अर्बौं डलरको सम्पत्ति लुकाउन गरेको सौदाबाजीलाई ’पनामा लिक’ मार्फत पर्दाफाश गरेको हो । यी दस्तावेजको जाँचमा सहभागी एक सयबढी मिडिया समूहले इतिहासकै सबैभन्दा ठूलो जाँच अभियानलाई मूर्तरुप दिँदै विश्वका हजारौं सम्पत्तिवालको पोल खोलेका हुन् । यस जाँचमा लगभग १४० राजनीतिक हस्तीको सम्पत्तिसँग जोडिएको डरलाग्दो सौदाबाजीलाई उजागर गरेको छ । यो जाँचमा परेका राजनीतिक हस्तीमा १२ जना त वर्तमान राष्ट्र प्रमुख या राष्ट्रपति रहेका छन् । यति ठूलो संख्यामा सम्पत्तिमा भएको सौदाबाजीबारेको विवरण जर्मन अखबार सुडूसे जितुङ्गले एक अज्ञात स्रोतबाट प्राप्त गरेको हो । यस खोजलाई अन्तरर्रा्ष्ट्रिय खोजी पत्रकार संघ (आईसीआईजे) मार्फत संसारभरका सञ्चारमाध्यममा सार्वजनिक गरिएको हो । आईसीआईजेले जनाएअनुसार यस जाँचमार्फत विभिन्न देशमा रहेका २.१४ लाख प्रतिष्ठानबाट १.१५ करोड दस्तावेज प्राप्त भएका थिए। चुहिएका दस्तावेज पनामाको विधि फर्म मोज्याक फोन्सेकाबाट आएका हुन् । यस फर्मका विश्वका ३५ बढी देशमा कार्यालय रहेका छन् । जुन जुन व्यक्तिबारे यस दस्तावेजमार्फत नाम सार्वजनिक भएको छ, त्यसले ती ब्यक्तिको राजनीतिक र व्यक्तिगत जीवनमा गम्भीर असर पर्नेछ । आइसल्याण्ड संसदमा हंगामा, प्रधानमन्त्रीले दिए राजिनामा पानामा पेपरको गोप्य दस्तावेज चुहिएपछि आइसल्याण्ड संसदमा हंगामा मच्चियो । आइसल्याण्डका प्रधानमन्त्री सिगमन्डर गाङलोगसनको नाम जोडिएपछि संसदमा हंगामा मच्चिएको हो । सिगमन्डर गाङलोगसन र उनकी पत्नीको नामा एक अफसोर कम्पनी रहेको पनामा पेपरमा भेटिएपछि उनको विरुद्ध संसदमा हंगामा मच्चिएपछि उनले आफ्नो नाममा नभइ पत्नीको नाममा भएको भन्दै बचाउ गर्न खोजे । आफ्नो विरोध भएपछि प्रधानमन्त्री सिगमन्डरले राष्ट्रपतिसमक्ष संसद भंग गरेर अर्को चुनावमा जान प्रस्ताव राखे । राष्ट्रपतिले संसद भंगको प्रस्ताव अस्वीकार गरेपछि प्रधानमन्त्री सिगमण्डरले पदबाटै राजिनामा दिएका छन् । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरनको नाम पनि पनामा पेपरसँग जोडिएपछि बेलायतमा पनि विपक्षी दलले विरोध जनाएका छन् । उनीहरुले छानबिनको माग गरेका छन् । क्यामरनको दिवगत बाबुको नाममा विदेशमा लगानी भएको खुलासा भए पनि प्रधानमन्त्री कार्यालयले क्यामरनको बाबुको नाममा कुनै विदेशमा लगानी नरहेको दाबी गरेको छ । मुछिए पुटिन आईसीआईजेको जाँचमा विश्वचर्चित नेतामध्ये रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी पनि तानिएका छन् । यो दस्तावेजमा पुटिनका सहयोगीले बैंक र छद्मभेषी कम्पनीमार्फत दुई अर्ब डलर गोप्यरुपमा लुकाएको उल्लेख गरिएको छ । तर यी दस्तावेजमा पुटिनको नाम भने मुछिएको छैन।  शी जिङ्गपिङ्ग पनि मुछिए आईसीआईजे जनाएअनुसार यी दस्तावेजमा चिनियाँ राष्ट्रपति शी जिङ्गपिङ्गका परिवारको विदेशी कम्पनीसँग पनि सम्बन्ध रहेको खुलासा भएको छ। शी आफैंले देशभित्र भ्रष्टाचारविरुद्ध कडा अभियान चलाइरहेका बेला यी दस्तावेजमा उनका परिवारको नाम मुछिन पुगेको हो । मेसी पनि अछुतो रहेन अर्जे्न्टिनाका विश्वचर्चित फुटबल खेलाडी मेस्सी र उसका पिताको पनामाको कम्पनी मेगा स्टार इन्टरप्राइजेज इङ्कमा स्वामित्व रहेको खुलासा भएको छ । यो बहुराष्ट्रिय कम्पनीमा कर छलेर लगानी गरेको कुरा यसअघि स्पेनिस जाँचका क्रममा खुलेको थिएन । फ्रान्सटीभीइन्फोले फुटबल जगतबाट युईएफएका निलम्बित अध्यक्ष मिचेल प्लाटिनीलाई पनि पनामास्थित कर कम्पनीको लाभ लिएका व्यकित ठहर गरेको छ । फ्रान्सटीभीइन्फोले प्लाटिनीमाथि कुनै किसिमको अवैध गतिविधि गरेको आरोप भने लगाएको छैन । \"putin-nawaz-and-xi-jiunpi\" निर्दोष दाबी गर्दै स्वरहरु बेइजिङले आईसीआईजीको दाबीको आधिकारिक प्रतिक्रिया दिएको छैन तर दस्ताबेजले चिनियाँ कम्युनिस्ट पार्टीको शक्तिशाली एकाईका आठ जना वर्तमान तथा पूर्व सदस्यमाथि आर्थिक अनियमितताको दोषारोपण गरेको छ । यसमा आर्थिक अनियमितता विरुद्धको अभियानमा लागेर सुधारका लागि कार्यरत नेता सी जिनपिङको नाम जोडिएर आएपछि के चीनले उनीहरुमाथि कारबाही गर्छ त भन्ने प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हङलेइले यस्ता ‘आधारहीन आरोपबारे आफूले कुनै टिप्पणी नगर्ने’ बताउएको छ । त्यसैगरी, रसियाली प्रशासन केन्द्र क्रेमलिनले रसिया र नेता पुटिनको नाम जोडेर आएको यस अफवाहलाई अमेरिकाको षड्यन्त्र भनेको छ । रसियाली नेता पुटिनको निकट सहयोगीको नाम समुद्रपारको वित्तीय कारोबार गर्ने शासकको शीर्षस्थानमा राखिनुलाई अमेरिकाको बेइमानी भनेको छ । पुटिन निकट सहयोगीको नाममा २ अर्ब अमेरिकी डलरको अकुत सम्पत्ति आर्जन गरी विदेशी बैंकमा राखेको आरोप छ । बेलायती प्रधानमन्त्री ड्याभिड क्यामरुनका पिताको नाम जोडिएर आएपछि क्यामरुनको डाउनिङ स्ट्रिट अफिसले यो निजी कुरा भएको जनाएको छ । तर सरकारी स्रोतले पछि प्रधानमन्त्रीको व्यक्तिगत खाता कुनै विदेशी बैंकमा नभएको दाबी गरेको छ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था ९आईसीआईजे०ले करका लागि स्वर्ग मानिने देशमा लगानीका लागि सहयोग गर्ने भनिएको पनामाको ‘मोसाक फोन्सेकाु को गोप्य दस्तावेजमा भारतीय कलाकार अमिताभ बच्चन र पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफसम्म रहेका छन् । को को हुन् मुछिएका सात नेपाली ? वकिलको कम्पनीसँग परामर्श लिनेमा सातवटा नेपाली कम्पनी पनि रहेको भनिएको छ । दस्तावेजमा नेपालको विषयमा उल्लेख नभए पनि पनामा पेपर्सको नक्सामा नेपालका सातजना सेयरहोल्डर रहेका उल्लेख छ । नेपालमा कसले कसरी लगानी गरेको छ भन्ने विषय भने खुलाइएको छैन । मोसाकबाट सेवा लिने कम्पनीमा नेपाल भेन्चर प्रालि उल्लेख गरिएको छ । ब्लुमर्गका अनुसार कम्पनी भने व्यावसायिक घराना विशाल ग्रुपको हो । जुन नेपालका ट्रेडिङ र औद्योगिक क्षेत्रमा प्रमुख घरानामा पर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending