Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

उदयपुरका एलडिओ विरुद्ध वाईसियलको अख्तियारमा उजुरी

\"yclउदयपुर ।  एकीकृत नेकपा माओवादी निकट रहेको योङ कम्युनिष्ट लिग वाईसियल उदयपुरले उदयपुरका स्थानीय विकास अधिकारी पिताम्वर अधिकारी विरुद्ध अख्तियारमा उजुरी दिएको छ । वाईसियल उदयपुरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय धनकुटा फयक्समार्फत उजुरी गरेको हो । छानविन गरि कार्वाही गरी पाऊँ भनेर स्थानीय निकाय वित्तिय आयोगको सचिवालयले प्रत्येक बर्ष स्थानीय निकायहरुले गर्ने सेवा प्रवाहको न्यूनतम शर्त तथा कार्य सम्पादन मापन मूल्याकंन कार्य (एमसिपिएम) गरि अनुदान थप घट गर्ने विषयमा उजुरी गरेको वाईसियलका जिल्ला संयोजक रमेश थापमा प्रमोदले जानकारी दिए । संयोजक थापाले जिविसले छनौट गरेको मूल्याकनकर्ताले काम नगरेर अर्कै व्यक्तिलाई खेताला मूल्याकनकर्ता बनाएको विभिन्न संचार माध्यमहरुमा समाचार प्रकाशन र प्रशारण भएको विषय लिएर छानविनको माग राखी उजुरी दिएका हुन । आर्थिक बर्ष २०७१/०७२ को लागि जिल्ला विकास समिति उदयपुरले गाउँ विकास समितिहरुको मूल्याकन गर्दा स्थानीय विकास अधिकारी पीताम्बर अधिकारीको मिलेमतोमा खेतला प्रयोग गरिएको बताएका छन् । थापाका अनुसार जिविस उदयपुरबाट छनौट भएका एमसिपिएम मुल्यंकनकर्ता मनोज कुमार साहले ताम्लिछा, रुपाटार, बाँसबोटे र लेखगाँउको एमसिपिएम मूल्यांकन गर्न गाईघाटका लालबहादुर लोहनीलाई खेताला बनाई लगाएको विभिन्न सचार माध्यममा आएकका समाचारमाको आधारमा वाईसियल उदयपुरको ध्यानाकर्षण भएको जानकारी उजुरी निवेदनमा भनिएको छ । एमसिपीएम प्रतिवेदन जस्तो संवेदनशील विषयमा खेतला मूल्याकनकर्ता लगाएको विषय सार्वजनिक हुनु र समाचार सार्वजनिक भईसके पछि पनि पुनः खेतला मूल्याकनकर्ताबाट तयार भएको प्रतिवेदन नै जिविसले स्वीकार गर्नुमा स्थानीय विकास अधिकारी पीताम्बर अधिकारीको संलग्नतामा खेतला मूल्याकनकर्ता लगाएको वाईसियलको ठहर रहेकाले उजुरी दिएको संयोजक थापाको भनाइ छ । थापाले उजुरी निवेदन देखाउँदै एमसिपीएमको मूल्याकन गर्ने क्रममा विभिन्न संचार माध्यममा प्रकाशित समाचार अनुसार के भएको हो सत्य तथ्य पत्ता लगाई खेतला लगाउने मूल्याकनकर्ता, खेतला मूल्याकनकर्ता र खेतला लगाएको कुरा सार्वजनिक भईसके पछि पनि मूल्याकन प्रतिवेदन बुझ्ने स्थानीय विकास अधिकारीलाई छानविन गरि कानुनी कार्वाही गर्नको लागि यो निवेदन दिएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies