Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

प्रम ओलीद्धारा विद्युतीय खरिद प्रणालीको शुभारम्भ

\"KP-oli-talking-750\"काठमाडौं । खरिद प्रक्रियालाई पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय तुल्याउन मुलुकमा पहिलोपटक एकल ‘पोर्टल’मा आधारित विद्युतीय खरिद प्रणाली प्रारम्भ भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहिबार आयोजना गरेको विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रणालीको शुभारम्भ गर्दै विद्युतीय प्रविधिको उपयोग गर्दै मुलुक अब अघि बढ्ने बताए । उनले भने –‘आधुनिक प्रविधिलाई उपयोग गर्दै विकास निर्माणको बाटोमा द्रुतगतिले देश अघि बढ्नेछ, अब हामीले नै देश बनाउनुपर्छ ।’ विकास निर्माण खर्चसम्बन्धी आर्थिक गतिविधिलाई पारदर्शी तुल्याउन विद्युतीय प्रणाली अपरिहार्य भएको बताउँदै प्रधानमन्त्रीले आधुनिक नेपालको जग निर्माणमा नयाँ अभ्यासको थालनी भएको बताए । वर्तमान सरकार विज्ञान र प्रविधिका उपलब्धिलाई राष्ट्र निर्माणका काममा अधिकतम उपयोग गर्दै अघि बढ्न चाहन्छ, समृद्ध नेपाल निर्माणको प्रयासमा सबै नेपालीको साथ चाहिन्छ, प्रधानमन्त्रीको कथन थियो । उन्नतितर्फको यात्रामा विज्ञान र प्रविधिको अति महत्व हुने चर्चा गर्दै उनले विकासको गतिलाई वेगवान बनाउन सूचना तथा सञ्चार एवम् विज्ञान र प्रविधिको प्रयोगबाट पछि पर्न नहुने बताए । त्यस अवसरमा प्रधानमन्त्रीले सडक विभाग, सिँचाइ, खानेपानी तथा ढल निकास विभाग, जलउत्पन्न प्रकोप नियन्त्रण विभाग र स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका प्रमुखलाई आजैदेखि विद्युतीय खरिद प्रणाली कार्यान्वयन गर्न ‘युजर नेम’ र ‘पासवर्ड’ प्रदान गरे । सरकारी खरिदसम्बन्धी सम्पूर्ण सूचना धधध।दयउिबतचब।नयख।लउरभनउ मा सर्वसाधारणले हेर्न सक्नेछन् । एसियाली विकास बैंकको प्राविधिक सहयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीको थालनी गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending