Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

खिम्ति—ढल्केबर आयोजनाका कारण थातथलो छाड्नुपर्ने भएपछि स्थानियबासी चिन्तित

सिन्धुली । कमलामाई नगरपालिकाका विभिन्न गाविसका स्थानीयवासी लामो समयदेखिको थातथलो छाड्नुपर्ने भएपछि चिन्तित देखिन्छन् । खिम्ति—ढल्केबर २२० केभी विद्युत् प्रसारण लाइन विस्तार गर्न हाइटेन्सनका टावर विस्तार गर्ने क्रममा बाबुबाजेका पालादेखि भोगचलन गर्दै आएको पैतृक सम्पत्ति छाड्न पर्दा उनीहरु केही गम्भीर देखिएका हुन् । उनीहरु आफ्नो गाउँमा विद्युत् विकास हुन लागेकोमा भने खुसी भएका छन् । सोझासिधा केही गाउँले मुआब्जा लिनसमेत गएका छैनन् । केही टाठाबाठाले भने आयोजनाबाट प्राप्त रकमलाई सदुपयोग गरी काठमाडौँमा समेत घर तथा सम्पत्ति जोडेका छन् । नगरपालिकाअन्तर्गत ठूलीटार, रतनचुरा, भद्रकाली, कर्करे, बकुडाडालगायत गाविसका गाउँलेले खिम्ति—ढल्केबर २२० केभी विद्युत् प्रसारण लाइन पीडित सङ्घर्ष समिति गठन गरी पीडित पक्षलाई हकहितलाई ध्यान दिन आग्रह गरेका छन् । समितिले सम्बन्धित पक्षलाई दबाब दिन धर्नासमेत दिँदै आएको थियो । स्थानीय प्रहरी प्रशासनले गत आइतबार धर्नास्थलमा सामान्य बल प्रयोग गरी आयोजना अगाडि बढाएको छ । प्रहरीसँगको सामान्य झडपमा परी केही गाउँले घाइतेसमेत भएका छन् । समितिका अध्यक्ष सुरेन्द्रस्वर मोक्तानले न्यायोचित रुपमा क्षतिपूर्ति तथा आयोजनाबाट प्राप्त हुने रोजगारीको अवसर, सेयर लगायतमा सहभागी गराउन माग गरे । खिम्ति—ढल्केबरको आयोजना विश्व बैङ्कको लगानीमा सन् २००२ मा सुरु भएको थियो । सन् २००६ मा आयोजना कार्यान्वयनका लागि ठेकेदारसँग सम्झौता भएको थियो । सन् २००९ मा आयोजना सक्ने लक्ष्य राखिएको थियो । विभिन्न कारणले ती कार्य पूरा हुन सकेको थिएन । प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले सो आयोजनाले देशको विद्युत् उत्पादनमा ठूलो महत्व राख्ने र अन्य आयोजनाका समेत विद्युत्लाई त्यहीँबाट तान्ने व्यवस्था गरिएकाले त्यसलाई कसैले पनि अवरोध गर्न नहुनेमा जोड दिए । उनले राष्ट्रिय गौरवको आयोजनालाई कसैले पनि अवरोध गरेमा त्यसलाई अगाडि बढाउन आवश्यक सुरक्षा स्थानीय प्रशासनले मिलाउने जानकारी दिए । लामो समयसम्म रोकिएको आयोजना सम्बन्धित पक्षको सरोकार भएका कारण तथा सरकारले सुरक्षा प्रदान गरेका कारण अगाडि बढाउन लागिएको छ । यसलाई अगाडि बढाउने क्रममा अवरोध गर्न नहुने र विभिन्न पक्ष विपक्षमा गाउँले विभाजित हुन पनि हुँदैन । खिम्ति—ढल्केबर आयोजना प्रमुख श्याम यादवले स्थानीयलाई नियमअनुसार दिनुपर्ने सुविधा उपलब्ध गराइसकिएको जानकारी दिँदै आयोजनालाई चाँडो सम्पन्न गर्न सकेमा त्यसको लाभ स्थानीयवासीले पनि प्राप्त गर्ने बताए । त्यस क्षेत्रमा १५९ कित्ता जग्गा अधिग्रहण गरिएकोमा सडक विभागले करिब रु २२ करोड तथा आयोजनाले रु ६ करोड मुआब्जाबापत उपलब्ध गराएको छ । २९ जनाले मात्र मुआब्जा बुझेका छैनन् । स्विजरल्यान्ड सरकारले निर्माण गरिदिएको स्विस सिन्धुली सेकेन्डरी इङ्गलिस स्कुल पनि हाइटेन्सन विस्तारका क्रममा प्रभावित भएको छ जहाँ सुलभ मूल्यमा अङ्ग्रेजीमा स्थानीय विद्यार्थीलाई अध्ययन गराइँदै आएको छ । कक्षा १ देखि १० सम्म पढाइने विद्यालयमा १६ शिक्षक तथा ३०० विद्यार्थी छन् । विद्यालय सञ्चालक समितिका अध्यक्ष बमविक्रम थापाले स्थानीय क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिँदै विद्यालयको विकल्पको माग गरे । उनले प्राचीन समयदेखि बसेका मानिसको संस्कृति र रीतिरिवाजलाई विस्थापित गर्न नहुने विचार व्यक्त गरे । नेपालका आदिवासीको मानवअधिकारसम्बन्धी वकिल समूहका वकिल भीम राईले कुनै पनि स्थान तथा क्षेत्रमा विकास गर्ने क्रममा त्यहाँ आदिमकालदेखि बसोबास गर्दै आएका मानिसको भावनालाई सम्मान र सम्बोधन गर्नुपर्ने बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies