Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

निःशुल्क झुल बिक्री गर्ने पक्राउ

\"arest-750\"मोरङ । नेपाल सरकारले निशुल्क वितरण गर्न भनि दिइएको झुल विक्रि वितरण गरिएको पाइएको छ । बेलबारी नगरपालिका–४ लालभित्ति–१ मा नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य विभाग इपीडिमियोलोजी शाखाको लोगो भएको निःशुल्क वितरण लेखिएको किटनाशकयुक्त झुल विक्री वितरण गरिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–९ रातोपुल बस्ने संखुवासभा खराङका ६१ वर्षीय छविलाल काफ्लेलाई १५ थान झुलसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ । त्यस्तै सिराहामा हतियारहित दुई व्यक्ति पक्राउ परेको छ । सुखिपुर नगरपालिका–९ स्थित औरही–धनगढी सडक खण्डमा बिआर ३२ एफ १६०३ नम्बरको मोटरसाइकल चालक हर्कटी–५ बस्ने ४५ वर्षीय हरिगोविन्द यादव र मोटरसाइकलमा सवार हर्कटी–१ बस्ने ५६ वर्षीय भुटन सदा दासलाई १ थान त्रिशुल, रातो रंगको झोलामा लुकाएको २ थान कटुवा पेस्तोल, १ थान शंख र १ थान कमण्डलुसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा पनि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ । यसैगरि विभिन्न स्थानमा सवारी दुर्घटनामा पनि तीन व्यक्तिको मृत्यु भएको छ भने व्यक्ति तीन घाइते भएका छन् । मृत्यु हुनेमा बेलझुण्डीस्थित तुल्सीपुर–घोराही सडकमा अनटेष्ट मोटरसाइकल आइतबार अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किदा गम्भीर घाइते भएका चालक मानपुर–२ बस्ने २२ वर्षीय बीरबहादुर बस्नेतको राप्ती अंचल अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय प्रवीण डि.सी.को सोही अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । त्यस्तै बाराको गढिमाई नगरपालिका–२ स्थित वीरगंज पथलैया सडक खण्डमा ना.२ ख ८३५३ नम्बरको ट्रक, ना.८ प १४६९ नम्बरको मोटरसाइकल र अनटेस्ट अटोरिक्सा आइतबार एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३० वर्षीय प्रेम खड्काको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ३ वटै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै बिराटनगर उपमहानगरपालिका–१ स्थित कञ्चनजंगा अस्पताल अगाडि बा.३ ख ४७५५ नम्बरको बसले मे.५ प ८२८५ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक तेह्रथुम चुहानडाँडा बस्ने ३२ वर्षीय जितबहादुर लिम्बुको बि.एण्ड सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending