Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

हतियार बनाउने सामाग्रीसहित पूर्व जनमुक्ति सेना पक्राउ

\"purba-ladaku-1\" काठमाडाैं । जिल्ला प्रहरी कार्यालय कैलालीले अवैध हातहतियार तथा हतियार बनाउन प्रयोग हुने समाग्री सहित एक पूर्व माओवादी लडाकुलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले कैलालीको मसुरिया २ इन्द्रपुरका पूर्व माओवादी लडाकु ३९ वषिर्य बाबुराम विकलाई पक्राउ गरेको हो । विशेष सुचनाका आधारमा आईतबार दिउसो विकलाई घरबाटै पक्राउ गरिएको कैलालीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए । पक्राउ परेका विकलाई आज जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेको विक माओवादी दन्द्धकाल देखि नै हतिहार निर्माण गर्ने कार्यमा संलग्न रहेकोे प्रहरी प्रमुख विष्टले बताए । विक कैलालीमा हतियार निर्माण, मर्मत र बेचविखन कार्यमा सक्रिय रहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले विकको हतियार निर्माण स्थलबाट, हातहतियार निर्माण तथा मर्मतमा प्रयोग हुने मेसिन १ थान, मर्मत र निर्माण सम्बन्धी निर्माण पुस्तिका १ थान, एसएल आर राईफलको मेसिन १ थान, ३०३ राईफलको मयाग्जिन १ थान, ७७ पेस्तोल १ थान सहित म्याग्जिन बरामद गरेको प्रहरी प्रमुख एसपी विष्टले जानकारी दिए । प्रहरी प्रमुख विष्टका अनुसार नल कटुवा पेस्तोल १ थान, सटगन कार्टिन ५ थान, सटगन कार्टिन बेसाबुद ४ थान, ३०३ राईफलको गोली ५ राउण्ड र खोका ११ थान, यसैगरी सानो हतियारमा प्रयोग हुने राउण्ड ५ थान र रोका ७ थान, सर्टगन १ थान बेसाबुद बरामद गरिएको हो । प्रहरीले भरुवा भन्दुकको कुन्दा ५ थान, भरुवा बन्दुक ३ नाल, १२ बोरा बन्दुक १ थान बन्दुक बनाउन प्रयोग हुने सामान तथा ठुलो परिमाणमा मर्मत र निर्माण सामाग्रीहरु बरामद गरिएको कैलालीका प्रहरी प्रमुख एसपी विष्टले बताए । विकमाथि अवैध हातहतियार तथा खरखाजाना अन्तर्गत मुद्धा चलाईने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending