Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मधेसी मोर्चाले बुधबार आन्दोलनको कार्यक्रम घोषणा गर्ने

\"madhesi1-750\" काठमाडौं । तराई–मधेसमा सात महिना भन्दा बढी समय आन्दोलन गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बुधबार आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । मोर्चासहितको संघीय गठबन्धनको बुधबार बस्ने बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको हो । संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा मंगलबार बसेको संघीय गठबन्धनको बैठकमा मोर्चाका नेताहरु अनुपस्थित भएपछि बैठक बुधबार पुनः बस्ने भएको हो । गठबन्धनको मंगलबारको बैठकमा मोर्चाका प्रमुख घटक तमलोपा अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अनुपस्थित थिए । संघीय समाजवादी फोरम सम्बद्ध आदिवासी जनजातिहरुको बाहुल्यता रहेको संघीय गठबन्धनले मोर्चाका सबै नेतालाई मंगलबारको बैठकमा अनिवार्य उपस्थित हुन आग्रह गरेको थियो । गठबन्धनमा विभिन्न २५ दल सहभागी छन् । मोर्चाका नेताहरुको अनुपस्थितिका कारण बुधबारको बैठकमा गठबन्धनमा आवद्ध सबै दलका शीर्ष नेताहरुलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ । मधेस केन्द्रित आन्दोलनले मात्रै आफूहरुको माग सुनुवाइ हुन नसकेको भन्दै संघीय समाजवादी फोरमले संघीय गठबन्धनको अगुवाईमा देशब्यापी आन्दोलन चर्काउन प्रस्ताव गर्दै आएको थियो । मोर्चामा आवद्ध अन्य दलहरुले भने राष्ट्रब्यापी आन्दोलन गर्दा सफल हुन नसक्ने भन्दै मधेस केन्द्रित आन्दोलनमा जोड दिँदै आएका छन् । संघीय गठबन्धनकै आयोजनामा सोमबार राजधानीमा मधेस मुद्दाका बारेमा वृहत्त अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा प्राप्त सुझावअनुसार नै आन्दोलनको कार्यक्रम तय गरिने मोर्चाले बताउँदै आएको थियो । उनीहरुले विशेषगरी राजधानी केन्द्रित आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् । आन्दोलनको स्वरुपबारे मधेसी र गैरमधेसी नेताबीच फरक मत गठबन्धनको मंगलबारको बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरे पनि गठबन्धनमा रहेका मधेस केन्द्रित नेता र गैरमधेसी नेताहरुबीच फरक मत देखिएपछि निर्णय हुन नसकेको बताइएको छ । मोर्चाका शीर्ष नेताहरु नै अनुपस्थित भएको र बैठकमा सहभागी नेताहरुबीच आन्दोलनको स्वरुपका बारेमा फरक फरक प्रस्ताव अघि सारेपछि आन्दोलनको कार्यक्रम तय गर्न नसकिएको गठबन्धनका एक नेताले बताए । मंगलबारको बैठकमा सहभागी नेताहरुले आन्दोलनको विषयमा आ–आफ्नो सुझाव पेश गरेको तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले बताए । नेताहरुबाट प्राप्त सुझावका आधारमा बुधबार बस्ने बैठकले आन्दोलनको कार्यक्रम तय गर्ने उनले जानकारी दिए । गठबन्धनको मंगलबारको बैठकमा विगतमा ६ महिना भन्दा बढी समय मधेसमा गरिएको कठोर आन्दोलनको प्रभावका बारेमा पनि समीक्षा गरिएको थियो । मधेस केन्द्रित आन्दोलनले मधेसी जनतालाई नै समस्या भएको तर राजधानीमा भने त्यसले कुनै असर नगरेको भन्दै काठमाडौंलाई धक्का दिन केन्द्रीय राजधानीमै आन्दोलन चर्काउनुपर्नेमा उनीहरुले जोड दिए । मोर्चाका मधेस केन्द्रित नेताहरुले मधेससहित देशैभर आन्दोलन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् भने गठबन्धनमा आवद्ध जनजाति नेताहरुले भने देशभर नभई राजधानी केन्द्रित सशक्त आन्दोलन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । वैशाखदेखि आन्दोलन चर्काउने जनाएको मोर्चाका नेताहरु भने एमाले नेतृत्वको सरकार ढाल्ने रणनीतिमा छन् । उनीहरु सरकार परिवर्तनको कोर्ष अघि बढेमा आन्दोलनलाई सोही किमिमले ढाल्नुपर्ने योजनामा छन् । कुटनीतिक निकायसँग छलफल गर्ने नयाँ संविधानप्रति बिमति जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कुटनीतिक निकायसँग पनि छलफल गर्ने भएको छ । नेपाल भित्र रहेका विदेशी कुटनीतिक नियोगका प्रमुख, राजदुत, दातृ संस्थासँग सामुहिक छलफल गर्ने मोर्चाले तयारी गरेको छ । सोमवार मधेसका मुद्दाका सन्दर्भमा राजधानीमा वृहत्त अन्तरक्रिया गरिएपछि बिहीबार काठमाडौंस्थित कुटनीतिक नियोगका प्रमुखहरुसँग छलफल गर्न लागेको हुन् । नेपालको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा जानकारी दिन र अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि छलफल गर्न लागिएको मोर्चाका नेताहरुले बताएका छन् । लाजिम्पाटस्थित ¥याडिसन होटलमा विदेशी कुटनीतिक नियोगका प्रतिनिधिहरुसँग छलफ गर्ने कार्यक्रम तय गरिएको मोर्चाले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending