Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

यसरी ब्यूँउतिदै छन् द्वन्दकालिन मुद्धा ! के होला शान्ति ?

\"6-mao-meet\"काठमाडौं । द्वान्दकालिन मुद्धाहरुलाई व्युताँउने र माओवादी आन्दोलनका नेता तथा कार्यकर्तामाथि दमन गर्न राज्यका केही मानिसहरु लागेको भन्दै माओवादी आन्दोलनका सबै नेताहरु हिजो बुधबार बैठक बसे । बैठकमा अदालत तथा प्रहरीमा रहेका द्वन्दकालिन मुद्धा र पछिल्लो समय सत्य निरुपण तथा वेपत्ता आयोगमा माओवादीविरुद्ध दर्ता भएका मुद्धाहरुका विषयमा छलफल भएको माओवादी नेताहरुले बताएका छन् । पछिल्लो समय नयाँ शक्ति निर्माण अभियानमा रहेका बाबुराम भट्टराईको नयाँ शक्तिकी नेता हिसिला यमि, वैद्य माओवादीका नेता, मात्रिकादेखि मणी थापासम्मको उपस्थिति रहेको एमाओवादीले जनाएको छ । विप्लव माओवादी भने एजेण्डा थाहा नभएको भन्दै उपस्थित रहेको थिएन । द्वान्दकालिन मुद्धाहरुमा कसरी जाने भन्नेबारेमा एकमुष्ठ र साझा धारणा बनाउन आव्हान भएको बैठकमा अदालत तथा प्रहरीमा रहेका मुद्धाहरुलाई सत्य निरुपण तथा वेपत्ता आयोगमा पठाउने र देशैभरबाट माओवादीमाथि भएका ज्यादतीविरुद्धमा मुद्धाहरु सत्य निरुपण तथा वेपत्ता आयोगमा दर्ता गराउने सहमति भएको एक नेताले बताए । माओवादी विरुद्ध मात्रै उजुरी सत्य निरुपण तथा वेपत्ता आयोगले यहि बैशाख ५ गतेबाट उजुरी लिन थालेको भएपनि आजसम्म माओवादी विरुद्धमात्रै उजुरी परेको आयोगका एक सदस्यले बताए । उजुरी द्वान्दकालिन समयमा तास खेल्नेहरुलाई माओवादीले लगाएको दुईचार थप्पडदेखि जड्याहा विरुद्ध माओवादीले चलाएको अभियानसम्मका विरुद्धमा उजुरी परेको छ । उनका अनुसार माओवादीमाथि भएका ज्यादतीका उजुरी भने अहिलेसम्म कतै पनि परेको छैन । द्वान्दकालिन समयमा सबैभन्दा बढी ज्यादती तथा अपराध माओवादी आन्दोलनका सहभागी, शुभचिन्तक तथा कार्यकर्तामाथि भएको छ । तर उनीहरुको नै उजुरी नपर्नुले द्वन्दकालिन मुद्धाहरु एकापक्षिय ढंगबाट जानथाल्नुको संकेत हो । ति अधिकारी भन्छन् –यसले मुद्धाहरुलाई मेलमिलापतिर होइन, द्धन्दतिर लैजान्छ । एमाओवादीका एक केन्द्रिय नेता भन्छन्– राज्यका केही मानिसहरु र केही आइएनजिओ तथा एनजिओहरु माओवादीविरोधी मुद्धाका सबै फाइलदेखि खर्चसम्म तयारी गरेर बसिरहेका छन् । उनीहरु योजनामा छन् । हामी द्वन्द निराकरण भनेर बस्यौं । अब हामीले पनि हजारौं उजुरी हाल्नुपर्ने हुन्छ । सामुहिक उजुरी हाल्दै माओवादी बुधबार एमाओवादीको मुख्यालय पेरिसडाँडामा बसेको ६ माओवादीको बैठकले सामुहिक उजुरी हाल्ने अभियान नै संचालन गर्ने निर्णय गरेको छ । उजुरीका लागी कानुनी हेल्प डेस्क खडा गर्ने र जिल्लाहरुबाट सत्य निरुपण तथा वेपत्ता आयोगमा उजुरी गर्न सहयोग गर्ने निर्णय गरेका माओवादी नेताहरुले प्रहरी तथा अदालतमा आफ्ना नेता तथा कार्यकर्ताविरद्ध रहेका मुद्धाहरु आयोगमा पठाउन दबाब समेत दिने भएका छन् । माओवादीलाई अप्ठ्यारो द्वान्दकालिन घटनामा माओवादी विरोधीहरुलाई उजुरी गर्न जति सजिलो छ माओवादीलाई उति नै अप्ठ्यारो छ । उतिबेलाका घटनाहरुमा माओवादीका विरुद्ध नजिकका नेता तथा रिस उठेको मानिसका विरुद्ध उजुरी हाल्न सक्छन् भने माओवादीमाथि भएका ज्यादतीमा अप्रत्यक्ष रुपमा स्थानीय तथा अरु पार्टीका नेता र माओवादी विरोधीहरुको हात रहेको भएपनि प्रत्यक्ष रुपमा भने प्रहरी या सेनाको हात रहेकोले कसलाई उजुरी गर्ने भन्ने अप्ठ्यारो छ । तर माओवादीका पिडितहरु भने ज्यादतीका स्थानिय उत्प्रेरकलाई उजुरी हाल्ने तयारीमा रहेको माओवादी स्रोतले बतायो । आयोगको क्षेत्राधिकार द्वान्दकालका गम्भिर प्रकृतिका घटनाहरुमाथि छानविन गर्नका लागी गठित आयोगमा अहिले सबै प्रकारका द्वान्दकालिन मुद्धाहरु दर्ता हुनु मेलमिलापको संकेत होइन । केही गम्भिर प्रकृतिका घटनाहरुमा मात्रै भन्ने शर्त उतिबेला भएपनि जे परिभाषा लगाएपनि मिल्ने खालको सम्झौता लेखनले अहिले समस्या बनाएको छ । अहिले दर्ता भएका सबै उजुरीमाथि छानविन थाल्ने हो भने माओवादीमाथि उतिबेला राज्य तथा स्थानियहरु माओवादी विरोधी धारका मानिसहरुले गरेको ज्यादती नै हजारौं हुन सक्छ । ति हजारौं उजुरीमाथि छानविन गर्न अहिले भईरहेको हाम्रो आयोगले मात्रै होईन समग्रमा अदालतकै अदालतकै क्षमताले समेत भ्याउँदैन भने द्वन्दमा भएका सबै घटनाहरु मुद्धामा रुपान्तरण हुन थाल्छ । यसको परिणाम शान्ति तथा मेलमिलाप होइन अशान्ती तथा द्वन्दको अर्को निहुँ बन्न सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending