Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

सरकार ! मेरो उपयोगहिन सर्टिफिकेटको मूल्य कति हो ?

[caption id=\"attachment_70701\" align=\"alignleft\" width=\"150\"]\"लेखक लेखक[/caption] अरे यार तिमी ? हो यार, म, वनेपा वसपार्कमै भेटियो धनकुमारलाई । धेरै पछिको जम्काभेट, लगभग सात वर्षपछि। हातमा मोटो चाँदीको व्रासलेट ,गलामा सुनको मोटै सिक्रि लगाएको उ झण्डै, चिन्नै गार्हो हुने भएछ। दश वर्षअघि एसएलसी छोडेरै भागेको थियो गाडिमा ढोका ढक्ढक्याउन। कुरैकुरामा गाडिमा सहचालक हुँदादेखि गुरूजी र आफ्नो समेत लगानी रहेको वस चलाउनुसम्मको फेरिहस्त आयो । वनेपामै किनेको जग्गादेखि विहेपछिको जिम्मेवारी सवै कुशल रहेकोसम्म कुरा भयो, तर अन्तमा आफुलाई नपढेकोमा पछुतो र कहिले काँही पोल्ने वतायो र भन्यो अव, ‘म यो भन्दा माथि पुग्ने पद कुनै छ र ? तिमिसँग त पढाई छ यार! धेरै पढेका छौ। खरिदार, सुव्वा, अधिकृत,सचिव...धेरै ठुलो वन्न सक्छौ। मैले खिसिक्क हाँस्दै भने,‘पढेर मात्रै के गर्नु केही गर्नसक्या होईन । त्यो खिसिक्क हाँसोले आफैलाई कुरिकुरी गरेजस्तो लाग्यो । त्यतिकैमा उसको गाडीको पालो आयो । सहचालक भाई उस्कै केही वर्षअघिको पोजिसनमा आईसकेको थियो । जाँउ जाँउ गुरूजीको संकेत पाएपछि स्टार्ट गरेको गाडी विदाईका हात हल्लाउँदै अगाडि वढ्यो वि पि हाईवेतर्फ, आफ्नै रफ्तारमा...। म पनि आफ्नै गन्तव्यको गाडीमा गृह प्रस्थान गरेँ । घरमा पुगेपछि, वेलुकीको पारिवारिक वसाईमा सवै गन्थनमन्थन भयो । पल्लाघरे उमेशको कुरा आयो विचमा, उसले आठ लाख पठाईसक्यो रे घरमा ठूलै टेलिभिजन जोडि सकेछ । घर उस्तै बनायो, जस्ताको छानो र सिमेन्टीले प्लास्टरले । घर वलियो र व्यवस्थित हुँदै गएछ। यता आफ्नोमा झिँगटी फुटेर पानी चुँहदै ढल्ने वेला भएको छ। पानी रसाउने प्वालैपिच्छे भाँडा थाप्नुवाहेक विकल्प थिएन ंद्द को पढाई विचमै छाडेर तीन महिने होटल तालिम लिएर दुवई हानिएको पनि ३ वर्ष नाघेछ। भिसा थपेर वसेको छ उ कहिले काँही सामाजिक संजालमा भेटिदाँ सोध्छ, कति पढ्दैछौँ ? मैले मास्टर जोईन गरेँ भन्दा उसले भन्थ्यो, मैले नी नछोडेको भए सँगै भईन्थ्यो । पढाई त चाँहिदोरहेछ यार, भन्छ।, विदेशको दुःख नी देखाउँछ। पढ यार, पढाईमा छ सवथोक भन्छ । म भन्छु, त्यही पढाईमा केही नदेखेर विदेशिएको तिमिले के देख्यौ फेरि ? यि वास्तविक भोगाईहरू हुन्। जुन साथीहरू पढाईलाई लत्याएर जीवन जिउँने वाटोमा केही हदसम्म अगाडि वढेका थिए उनीहरूलाई पढाई पर्याप्त नहुँनुले पोल्दोरहेछ । तर त्यही पढाईको प्रमाणपत्र हुनुले मलाई पोल्छ । कैले, सरस्वती र लक्ष्मी एकै ठाँउमा हुन सक्दैन भन्ने वावुवाजेको भनाई याद आउँछ। के यहीवाट त प्रेरित छैन हाम्रो शिक्षा ? समग्र शिक्षा पद्धतिलाई विश्लेषण गरेर हेर्ने हो भने जीन्दगीसँग पढाईलाई जोडिएको पाँईदैन। विश्व भुमण्डलीकरणको यो युगमा शिक्षाको अर्थ धार्मिक ग्रन्थ जति सक्दो छिटो भट्याउन सक्यो त्यति जान्ने भन्ने हुँदैन। व्यवहारसँग जोडिने र जीवनमा गरेर खानसक्ने हुनुपर्दछ। यो आम नेपालीको जीन्दगीसँग प्रत्यक्ष जोडिएको सवाल हो । विश्वविद्यालयवाट प्रमाणपत्र वोकेर निस्कँदा भविष्य आधा सकिसकेको हुन्छ । हातमा प्रमाणपत्र त छ तर शून्य छ सिप । पढाईसकिएपछिको प्रस्तुतिकरणको अभाव देखिन्छ यसवाट ठूलो क्षेत्रफल ओगटेका विश्वविद्यालयहरू वेरोजगार उत्पादनको कारखाना मात्र वन्न पुगेका छन् । विशेषतः दुई प्रकारका शिक्षा दिईने नेपालमा प्राविधिक तर्फकाले त पर्याप्त रोजगारी पाउन सकेका छैनन् भने साधारण शिक्षा प्राप्त गर्नेहरूलाई झनै मुस्किल छ । आज नेपालका शैक्षिक जनशक्तिहरु रोजगारी भएर लोकसेवाको लाईनमा बसी थाकेर मेनपावरको लाईनमा पुग्छन् र उनी त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट श्रमिकको रूपमा अर्को मुलुक विदेशिन बाध्य हुन्छन् । अनी उनीहरु विदेशी माटोमा पुगेर पुर्पुरोमा हात लगाउँदै पढाईलाई धिक्र्काछन् ।   प्रत्येक राजनितिक क्रान्तिमा विद्यार्थी वर्गको भूमिका सदैव उल्लेखनीय छ र त्यसवाट अपेक्षा गरिएको आर्थिक, सामाजिक परिवर्तन संस्थागत गर्न नसक्नाले शिक्षावाट राखिएको क्रान्तिकारी अपेक्षा कहिल्यै पुरा हुन सकेन । राजनितिक अभिष्ट पुरा भएपछि विद्यार्थीको जीवनलाई वर्वादी को उपहारमात्र दिइन्छ । यसरी पाएका सट्रिफिकेट वोकेर जागिर माग्दा दशौँ जोर जुत्ताका तलुवा खिईसके, भविष्यदेखि अत्तालिएर कयाँैले स्वाट्ट नशा पिउँछन् । यसको क्षतिपूर्ति के होला ? आज राज्यले तयार पारेको पाठ्यक्रम पढेर र मुल्यांकनका चरण पार गरेर तिमी सक्षम भयौ भनेर वैधानिक छाप लगाएर दिएको आधिकारिक प्रमाणपत्र निकम्मा भएका छन् । त्यो भन्दा विदेशिनका लागि हिब्रु ,अरवी,कोरियन भाषाको ज्ञान अनिवार्य भएको छ । \"BBS समयसँगै वौद्धिक गुणस्तरमा आउनुपर्ने र अन्तर्राष्ट्रिय वजारमा प्रष्तिस्पर्धा र हाम्रै वजारको माग अनुसारको शैक्षिक जनशक्तिको उत्पादनमा तालमेल पनि मील्न सकेको देखिदैन। अहिलेको शिक्षाले राज्यको लक्ष्य एकातिर छ। विद्यार्थीको क्षमता अर्कोतिर र अभिभावकको सपना अर्कै छ। यसले भविष्यको लागि आवश्यक सीप मापन गर्न सक्ने औकात राख्दैन। यसवारे राज्य असाध्यै जानकार छ तर व्यवस्थापन र जवाफदेहिता पटक्के देखिदैन । यसले गर्दा वर्तमान पुस्ताको आवश्यकता र भविष्यका लागि आवश्यक वैज्ञानिक र व्यवहारिक शिक्षाको मागलाई पुरा गर्न नसक्दा शिक्षित, अशिक्षित सवैलाई एउटै टोकरीमा राखिन्छ र फ्रि भिसा र फ्रि टिकटको नाममा सस्तो मूल्यमा खाडीमा वेचिन्छ। आज तीन महिनाको तालिमले उमेशले आफ्नो वाटो वनाउन सक्यो। केही वर्षका अनुभव र भोगाईले सहचालकवाट, चालक,मालिक हुँदै धनकुमारले जीन्दगी चलाउन सक्यो तर म जस्ता पढाईमा केही छ भन्नेका लागि ,पढाई र कामलाई समय संयोजन गरेर सहरका डेरामा जिन्दगी घिसार्नेका लागि कहाँ छ भबिष्य ? सक्रिय जिन्दगी लगभग ५० वर्षको आधा उर्वर समय र स्रोत खर्चनेको भविष्य अन्तत शुन्य हुन्छ । त्यतिवेला भोको पेट घोकेको पढाईका कुनै पनि फर्मुला र सिद्धान्तले भर्न सक्दैन । काठमाडाँै फिर्नै लाग्दा सुनेँ, शहरमा मेरो पनि सर्टीफिकेटको मूल्य तोक्ने होडवाजी चलेछ । ‘रोजगारी र सम्वृद्धिका लागि आर्थिक अभियान’ नामक स्वतन्त्र अभियान र त्यसपछि सत्ताधारी एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले फरक फरक मूल्य राखेर रोजगार दिनुपर्ने, त्यसो नभए प्रमाणपत्र धितो राखेर स्वरोजगार हुने अवस्था सिर्जना गर्नुपर्ने, त्यो पनि नसके वेरोजगार भत्ताको व्यवस्थाको माग राखिएको रहेछ जुन आम विद्यार्थीको माग हो । यसमा कुनै भाईरसले काम नगरे त हो, नत्र प्रत्येक राजनीतिक पार्टी एमाले, माओवादी , कांग्रेस, नयाँ शक्तिको ‘मेड इन नेपाल सेल ईन इन्डिया’ अनेरास्ववियु जस्ता विद्यार्थी संगठनहरू, ‘रोजगारी र सम्वृद्धिका लागि आर्थिक अभियान नामक स्वतन्त्र अभियान’ लगायतको उदेश्य आर्थिक क्रान्तिको अभियानमार्फत वेरोजगारी र गरीवी निवारण गरी सम्बृद्ध नेपाल निर्माण गर्नु नै हो तर सव नारामा मात्र सिमित छन्। अव यी सवलाई समेटेर वातावरण वनाउनु आवश्यक छ । वन्द कलकारखाना खुलाउनु र औद्योगिक वातावरण निर्माण गर्नु र स्वदेशमै जल, जमिन जडीवूटी जस्ता स्रोतको उपयोगवाट स्वदेशमै रोजगारी सिर्जना गरियोस्। दिर्घकालिन लक्ष्य र योजना वनाएर कार्यान्वयन गरियोस्। सम्भावनाको उत्खनन यतै गरियोस्। त्यो पनि तत्काल सम्भव नभए स्पस्ट लक्ष्य तोकोस् राज्यले, ‘देश रेमिट्यान्सले चलाउने हो या युवाशक्तिले ? र विदेश पठाउँदा पनि दक्ष जनशक्ति पठाउने व्यवस्था होस् र त्यता सिकेको सिप यता उपयोग हुनसक्ने गरी पाठ्यक्रम परिवर्तन गरी हिब्रु ,अरवी,कोरियन भाषाको अनिवार्य कोर्ष राखियोस् । अन्यथा यो प्रश्न सम्पूर्ण शिक्षित जनशक्तिको हो यस्तै हुन्छ भने सरकार, जवाफ चाहियो जिवनका उर्वर समय खर्चेर पाएको उपयोगहिन मेरो सर्टिफिकेटको मुल्य कति हो ? केशव प्रसाद पाण्डे
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy