Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

संविधानमा आफूलाई चित्त नबुझेको पूर्व राष्ट्रपतिको खुलासा

\"ramकाठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवले आफूलाई नयाँ संविधानमा चित्त नबुझेको खुलासा गरेका छन् । पत्रकार जगत नेपालद्वारा लिखित पुस्तक ‘पहिलो संसदः बीपी–महेन्द्र टकराव’ लोकार्पण गर्दै पूर्व राष्ट्रपति यादवले संविधान निर्माण प्रक्रियामा आफूलाई धेरै कुरा चित्त नबुझदा समेत लोकतान्त्रिक पद्धती अनुसार अघि बढेको बताए । उनले आफू लोकतान्त्रिकबाटोबाट अघि बढेका कारण नै ९० प्रतिशत सभासदले हस्ताक्षर गरेको संविधान जारी गरिदिएको बताए । पौने ३ करोड नेपाली जनताले प्रतिनिधित्व गरेको सभाबाट संविधान आएको हुनाले आफूले नरोकेको उनको भनाइ छ । आफूलाई चित्त नबुझे पनि लोकतान्त्रिक पद्धतिलाई स्वीकार गरेर नै आफ्नो कर्तब्य पूरा गरेको उनले स्पष्ट गरे । उनले दोस्रो संविधानसभामा केही न केहि हडबड भएको उल्लेख गरे । राष्ट्राध्यक्ष, संविधानसभा अध्यक्ष, मस्यौदा समितिका संयोजक, संवाद समितिका प्रमुख र प्रधानमन्त्री तथा सम्बन्धित निकायहरुबीच संक्रमण कालमासँगै बसेर छलफल र राष्ट्रिय सहमति गर्नुपर्नेमा त्यसो हुन नसकेको समेत उनले गुनासो गरे । त्यस बेला राष्ट्रिय सहमति नभएर राजनीतिक सहमतिमात्र भएको स्पष्ट गरे । ०१७ साल दोहोरिन पाएन संघीय संविधान निर्माणको प्रक्रियामा आफू नभएको भए ०१७ सालको घटना दाहोरिन सक्ने उनले दाबी गरे । उनले आफ्नो स्थानमा अरू कोही भएको भए राजा महेन्द्रले २०१७ सालमा गरेको जस्तो ’कु’ को घटना दोहोरिन सक्ने खुलासा गरेका हुन् । यादवले अब एक वर्ष ८ महिना बाँकी रहेको उल्लेख गर्दै संक्रमण काल लामो समयसम्म जान नहुने बताए । यादवले सहमति बनाएर मधेश समस्याको समाधान गर्न समेत सुझाव दिए । मधेशको समस्या समाधान नहुँदा आफूलाई पिडा भइरहेको यादवले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending