Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

वामपन्थी एकताका लागि प्रचण्डको आव्हान

\"Prachanda_shirsha\"काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी, देशभक्त एवम् परिवर्तनकारी शक्तिलाई एकताका लागि आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस तथा तत्कालीन सोभियत सङ्घका नेता भिआई लेनिनको १४६औँ जन्मजयन्तीको अवसरमा एक शुभकामना सन्देश दिँदै उनले देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरण आजको प्रमुख आवश्यकता भएको बताएका हुन । प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् – ‘जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादी क्रान्तिको दिशामा अघि बढ्न आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ ।’ लेनिनको जन्मजयन्तीको अवसर पारेर ६७ वर्षअघि २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको उल्लेख गर्दै उनले नेपालको कम्युनिस्ट आन्दोलन अनेकौँ आरोह र अवरोह छिचोल्दै अघि बढिरहेको र मुलुकको राजनीतिक तथा सामाजिक परिवर्तनमा उल्लेख्य योगदान गरेको उनको सन्देशमा उल्लेख छ । जनयुद्ध र जनआन्दोलन हुँदै कम्युनिस्ट आन्दोलन अहिले पनि राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको भन्दै अध्यक्ष दाहालले जनयुद्धको जगमा भएको जनआन्दोलनले राजतन्त्रलाई अन्त्य गरी संविधानसभाद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशीतालगायतका राजनीतिक उपलब्धि सुनिश्चित गरेको तथा समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न महत्वपूर्ण आधार तयार गरेको बताएका छन् । पार्टी स्थापना दिवस र लेनिन दिवसको यो ऐतिहासिक अवसरमा देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट तथा वामपन्थी प्रगतिशील शक्तिबीचको एकता र ध्रुवीकरणले मात्रै मुलुकका तमाम समस्याको हल हुने अध्यक्ष दाहालले उल्लेख गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending