Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

माओवादी अघाएका मान्छेको पार्टीः नेपालमा अब कम्युनिस्ट आन्दोलन एक मृगतृष्णा मात्रै !

\"raju-syangtan1\"थालनी नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको आज ६७ वर्ष पुरा भएको छ । यो करिव सात दशकको यात्रामा नेपाली कम्युनिष्ट आन्दोलनले विभिन्न आरोह अवरोहहरु पार गर्यो । दश वर्षको युगान्तकारी अजय इतिहास पनि यहि अवधिमा रच्यो भने दर्जनौ टुटफुटका अनन्त श्रृङ्खलाहरु पनि कम्युनिष्ट आन्दोलनले यहि अवधिमा व्यहोर्न बाध्य भयो । खासगरी २०५२ देखि ०६२ सम्म चलेको एक दशकको युगान्तकारी कुवार्नीे यस अवधिका विशेष महत्वको अध्यायका रुपमा रह्यो । यस दशकको बलिदानीपूर्ण सङ्घर्षको बलमा नै नेपालमा पुँजीवादी जनवादी क्रान्तिका केही कामहरु सम्पन्न भए । संविधानमा ‘समाजवाद उन्मुख’ सम्म लेख्न सफल भयो । यसका बाबजुत शान्तिप्रकृयापछि माओवादी पार्टीहरुको अभिछिन्न विघटनको अवस्थाले कम्युनिष्ट आन्दोलनप्रति नै ठूलो प्रश्न चिन्ह उठाएको छ । समाजको एउटा वर्गलाई यसले खुशी तुल्याए पनि श्रमजीवी वर्गलाई भने ठूलो निरासाको भूमरीतर्फ धकेलेको छ । केही कम्युनिष्टहरु एकतामा आउने प्रचारवाजी सुनिएपनि मुलतः मानिसहरुलाई टुटफूट र विभाजनको यो श्रृङ्खलाले निरास तुल्याएको छ । निरासाको पराकाष्टा कम्युनिस्ट आन्दोलन नै धरासायी हुने त होइन भन्ने आशंका पैदा भएको देखिन्छ । कम्युनिस्ट स्थापनाको यो परिवेशमा केही सफलता र केही विघटनको इतिहास तर्फपनि ध्यान जानु मनासिव हुन्छ ।
जतिसुकै भाषणका फुर्काहरु जोडे पनि आज आममानिसमा कम्युनिस्ट पार्टीहरुप्रति निकै डरलाग्दो विश्वासको संकट देखिन थालेको छ ।
जतिसुकै भाषणका फुर्काहरु जोडे पनि आज आममानिसमा कम्युनिस्ट पार्टीहरुप्रति निकै डरलाग्दो विश्वासको संकट देखिन थालेको छ । छ दशक पार गरिसकेको नेपाली कम्युनिस्ट आन्दोलन अब अगाडि आन्दोलनकै स्वरुप ग्रहण गरेर चल्छ की भ्रमको खेती मात्रै गर्ने पार्टीहरु मात्रै चल्ने हो ? यो प्र्रश्न निकै पेचिलो भएर आएको छ । यसतर्फ गम्भीर पुनर्विचार गर्नुपर्ने देखिन्छ । उचित कदम नचाल्ने हो भने टुटफुट र स्खलनको श्रृङ्खलासँगै दक्षिण एसियामा विकास भएको माक्र्सवादको झिल्को निभ्ने त होइन ? भन्ने खतरा टड्कारो रुपमा देखिएको छ । नेपालमा कम्युनिस्ट आन्दोलन अब एक मृगतृष्णा बन्दै जाने त होइन भन्ने आशंका पैदा हुनका पछाडि निम्न कारणहरुलाई जिम्मेवार मान्न सकिन्छ । १. मध्यम वर्गिय कम्युनिस्टको जन्मः कम्युनिस्टको मुख्य उद्देश्य एउटै वाक्यमा भन्दा व्यक्तिगत स्वामित्वको अन्त गरी सामुहिक स्वामित्व स्थापना गर्नु हो। पुँजीको असमान वितरणद्वारा सिर्जित वर्गीय समाजलाई समानतामा आधारित समाज निर्माण गरी मानव सभ्यतालाई एक सुन्दर संसारमा पु¥याउनु कम्युनिस्टहरुको एक महान उद्देश्य हो । यही उद्देश्यको थालनी नेपालमा २००६ सालबाट भएपनि त्यसको प्रचुर व्यहारिक प्रयोग भने २०५२ सालबाट भयो । तर २०६२ सालमा माओवादी पार्टी शान्तिप्रकृयामा अवतरण भएसँगै त्यो आदर्शमा डरलाग्दो स्खलन देखा प¥यो । ०६३ सालपछिको प्रत्येक दस्तावेजमा स्खलन भयौं भन्दै स्खलन हुँदै जाने अवस्था देखाप¥यो । अकल्पनीय रुपमा वर्ग उत्थान हुँदै गएको दृष्यहरु देखिन थाल्यो । जनयुद्धअघि निम्न मध्ययम वर्गीय धरालतमा रहेका नेता, जनयुद्धमा सर्वहारा कम्युनिष्ट बने । जनयुद्धपछि मध्यम वर्ग र कतिपय पुँजीपति वर्गमा उक्लिए । उदाहरणकालागि आज धेरै केन्द्रीय स्तरका नेताहरु राजधानीवासी भइसकेका छन् । दृष्य अदृष्य व्यक्तिगत पुँजीको सञ्जय गरी वर्ग उत्थानको बाटोमा तीव्र गतिमा माओवादी नेताहरु लम्कीरहेको कुरा आज दुनियाँको सामु छिपेको छैन । यी त भए दस्तावेज र सामान्य ढंगले भनिदै आएको र सुनिदै आएको कुरा । तर यस्तो किन हुन गयो ? यसको कारणबारे बिना पूर्वाग्रह विचार विमर्श गर्न आवश्यक छ । यसको पछाडि मुलतः दुईवटा कारण अन्तरनिहित छ । पहिलो, सन् १९९० को दशकमा सोेभियत यूनियनको पतन भएपनि दुनियाँबाट बढारिएको कम्युनिस्ट आन्दोलन दक्षिण एसियाको नेपालबाट जबरजस्ती झिल्काको रुपमा विकास भयो । साम्राज्यवादलाई जसरी हुन्छ त्यो झिल्का निभाउनु थियो । उनीहरुले पुँजीवादी भौतिक पर्यावरण निर्माण गरिदिएर कम्युनिस्टहरुलाई त्यसमा ढालेर नयाँ तरिकाले धरासायी बनाइदिए । दोस्रो कारण, नेपालको अर्धसामन्ती राजनीतिक आर्थिक स्वरुपसँग जनयुद्धमा संलग्न एउटा वर्गको अन्तरविरोध थियो । त्यो वर्गले त्यही पुरानो अर्धसामन्ती राजाका छोरा नै राजा हुने पराम्पराको अन्त्य चाहन्थे । एक प्रकारले उनीहरु सामन्तवादी समाजका प्रगतिशील वर्ग थिए । उनीहरु र नेपालका श्रमजीवी वर्ग बीचको स्वार्थ मिलेपछि जनयुद्धमासँगै सहकार्य भयो । उक्त वर्गले ठानेको प्रधान दुश्मन सामन्तवादको राजनीतिक प्रतिनिधिको अन्त्य भएपनि उनीहरुले राष्ट्रिय पुँजीपतिवर्गमा आफूलाई उकाल्न चाहे । त्यसपछि उनीहरुले आफ्नो असली स्वरुप ग्रहण गरी दलाल पुँजीवादी वर्गमा आफूलाई समाहित गरे । बाबुराम भट्टराईको बर्हिगमन त्यस्तै उदाहरणका रुपमा लिन सकिन्छ ।
माओवादीभित्र अघाएको मान्छे र भोको मान्छेबीच तीव्र अन्तरद्वन्द्व देखाप¥यो । भोकाएकाहरु अघाएकाहरुको दरबारमा समस्या लिएर धाउन थाले । अघाएकाहरुलाई झर्को लाग्दै जान थाल्यो । अनि भोकाएकाहरु लागे अरबतिर । अघाएकाहरु दोस्रोपटकको चुनावमा गए । परिणाम उल्टो आयो ।
माथिका दुईवटा कारणबाट एउटा संस्कृतिको निर्माण भयो । त्यो भनेको समय, समाज र इतिहासलाई हेर्ने दृष्टिविन्दुमा नै परिवर्तन आयो । आज माओवादी पार्टीका दस्तावेजहरुमा स्खलित आयो भने वर्ग उत्थान पनि हुँदै गएको छ भनेर दस्तावेजमै सुन्दर ढंगले व्याख्या त गरेको देखिन्छ तर त्यसमा एउटा कुरा छुटेको छ त्यो भनेको ‘शासकीय दृष्टिविन्दुको निर्माण’ हो । एक दशकको शान्तिपूर्ण यात्रा र सम्भ्रान्त रहनसहनले नचाहेरै माओवादी नेताहरु आज शासक भइसकेका छन् । उनीहरुको मस्तिष्कमा शासकीय दृष्टिविन्दु सवार भइसकेको छ । शासकीय दृष्टिविन्दुबाट इतिहास, वर्तमान र भविष्यलाई हेर्न थालेपछि सबथोक उल्टो देखिन्छ । एउटा अघाएले मान्छेले हिमाल सुन्दर देख्छ । भोकाएको मान्छेले कोदोको ढिँडो सुन्दर देख्छ । माओवादीभित्र अघाएको मान्छे र भोको मान्छेबीच तीव्र अन्तरद्वन्द्व देखाप¥यो । भोकाएकाहरु अघाएकाहरुको दरबारमा समस्या लिएर धाउन थाले । अघाएकाहरुलाई झर्को लाग्दै जान थाल्यो । अनि भोकाएकाहरु लागे अरबतिर । अघाएकाहरु दोस्रोपटकको चुनावमा गए । परिणाम उल्टो आयो । आज माओवादी भोको मान्छेहरुको पार्टी हैन अघाएका मान्छेहरुको पार्टी बनेको छ ।   होचिमिन्ह किन जीवनभर किसान नै भएर बसे ? किन फाटेको लुगा लगाउँथे ? ह्यूगो चावेज किन मञ्चमा गएर एउटा गायकले जसरी गीत गाउँथे ? के सस्तो लोकप्रियता कमाउनका लागि थियो ? पक्कै होइन । यसको अन्तर्यको कारण भनेको आफूभित्र ती वर्गप्रतिको माया र वर्गदृष्टिकोण कहिल्यै नहराओस्, थाहै नपाई आफू उपल्लो वर्गको मानिसको दृष्टिविन्दुबाट समाज र समयलाई नहेरियोस् भन्ने थियो । तर नेपालमा त्यसको ठीक उल्टो भयो । एक दशक बित्दा नबित्दै सिङ्गो कम्युनिस्ट पार्टीका नेताहरु लालसामन्त बने । दलाल पुँजीवादका गोटी बने । परिस्थिति यतिसम्म विकास भयो की सुकुम्बासी बस्तीमा डोजर चलाउनेसम्मको स्थिति देखा प¥यो । वास्तविक सुकुम्बासी थिए थिएनन् यो अलग कुरा हो । तर जुन वर्गमाथि त्यो कदम चालियो त्यसले माओवादीप्रति ठूलो वितृष्णा जनमानसमा पैदा ग¥यो । \"raju २. दलाल बुद्धिजीवीको जन्मः हरेक समय र समाजले एउटा बुद्धिजीवी तप्काको जन्म दिने गर्छ । उक्त वुद्धिजीवीको काम शासन टिकाउन भूमिका निर्वाह गर्ने हुन्छ । प्राचीन समयमा ऋषिमुनीहरुले आजको बुद्धिजीवीको काम गरेका थिए । आजको समयमा पुँजीपतिहरुले पनि त्यस्तै बुद्धिजीवीलाई जन्म दिने र पालन पोषण गर्ने गर्छ । बुद्धिजीवीले मुलतः समाज र राज्यबीच पुलको काम गर्छ । उनीहरुमा खास समयको विशेषता प्राप्त हुने गर्दछ । त्यो तप्काले आफ्नो वर्गको विशेषता सुहाउने परिस्थिति तयार गर्न भूमिका खेल्दछ । नेपालको सन्दर्भमा यो तप्का विद्यालय विश्वविद्यालयबाट उत्पादन हुन्छ । राज्यले आफ्नो नीति अनुकुल बुद्धिजीवी वर्गको निर्माण गरी शासनलाई मजबुत बनाउने काम गर्छ । त्यो बुद्धिजीवीहरु समाजको साना भन्दा साना इकाईहरुमा बाँडिएर बसेका हुन्छन् । उनीहरुले आलोचना या सहयोग दुबै गरेर राज्यलाई टिकाइरहेका हुन्छन् ।
होचिमिन्ह किन जीवनभर किसान नै भएर बसे ? किन फाटेको लुगा लगाउँथे ? ह्यूगो चावेज किन मञ्चमा गएर एउटा गायकले जसरी गीत गाउँथे ? के सस्तो लोकप्रियता कमाउनका लागि थियो ?
नेपालमा करिव सात दशकको कम्युनिस्ट दर्शनको अभ्यासले कम्युनिस्ट चेतनासहितको बुद्धिजीवी तप्काको निर्माण ग¥यो । ती वुद्धिजीवीहरु आज कतिपय खुलमखुला राज्यको पक्षमा लागिरहेका छन् भने कतिपय विपक्षमा उभिएर आलोचना गरिरहेका छन् । तर बुद्धिजीवीको चरित्र अनुसार उसले अन्ततः सिस्टमसँग सम्झौता गर्ने पथ्र्यो र उनीहरु गरिरहेका छन् पनि । यसको पछाडि निश्चित कारणहरु अन्तरनिहित हुन्छ । उ बाँचेको समाजले उसलाई अन्ततः सत्ता र व्यवस्थासँग झुक्न बाध्य गराउँछ । नेपालमा यस्तै वामपन्थी बुद्धिजीवी वर्गको उदय भयो ।
आज भएका सबैजसो बुद्धिजीवीहरु विकल्पसहितका परम्परागत बुद्धिजीवीहरु छन् । जसको अगाडि विकल्पसहितको कम्युनिस्ट पार्टीको सदस्य बन्न पाउँने छुट उपलब्ध छ ।
इटलीका कम्युनिस्ट नेता एन्तोनियो ग्राम्सीले परम्परागत वुद्धिजीवी र जैविक वुद्धिजीवी भनी दुई भागमा बुद्धिजीवीलाई वर्णिकरण गरेका छन् । उनले क्रान्तिकालागि परम्परागत वुद्धिजीवी भन्दा जैविक बुद्धिजीवी अभिन्न सहयात्री हुने बताएका छन् । जैविक बुद्धिजीवीहरु आधारभूत समाजबाट निर्माण हुने र उनीहरु संगठनकारी हुन्छन् । उनीहरुको अर्को विकल्प नभएका कारण सिङ्गै श्रमजीवी वर्गको मुक्तिमा आफ्नो मुक्ति एकाकार गर्छन् । त्यसकारण त्यस्ता बुद्धिजीवीहरु क्रान्तिकालागि आवश्यक पर्ने उनले बताएका छन् । त्यस्ता बुद्धिजीवी कुनै विश्वविद्यालयका डिग्रीबाट भन्दा संघर्ष, क्रान्तिको भट्टीबाट उत्पादन हुने उनले बताएका छन् । नेपालमा त्यो बुद्धिजीवी हजारौंको संख्यामा जनयुद्धले जन्माएको थियो। तर त्यो वर्गलाई देशले चिन्न सकेन । जसको फलस्वरुप आज भएका सबैजसो बुद्धिजीवीहरु विकल्पसहितका परम्परागत बुद्धिजीवीहरु छन् । जसको अगाडि विकल्पसहितको कम्युनिस्ट पार्टीको सदस्य बन्न पाउँने छुट उपलब्ध छ । त्यसैको फलस्वरुप आज एकाध छाडेर प्रायः बुद्धिजीवीहरु नेपालमा उपलब्ध भएका सबैजसो कम्युनिस्ट पार्टीहरु चाहार्न भ्याउँछन् । उसले ‘लाइफ फिलोसफी’ भन्दा ‘बुक फिलोसफी’ पढेका छन् । अब भन्न सकिन्छ की एउटा प्राध्यापक कम्युनिस्टले मजदुरको समस्याको बारेमा कसरी सोच्न सक्छ ? बुद्धिजीवीको त्यो तप्का रोजीरोटीकालागि जिन्दगीभर सत्ताको गुलामी गर्न विवस हुन्छ । उसको वर्ग धरातलका कारण उसले कहिल्यै आमूल परिवर्तन सोच्न सक्दैन । देशमा परिवर्तन होस्, क्रान्ति होस्, ठूला ठूला आन्दोलन र विद्रोहपनि होस्, तर मेरो नोक्सान केही नहोस्, टेलिभिजन हेरेर राष्ट्रिय दैनिकमा टिप्पणी लेख्न पाइरहोस् भन्ठान्छ । एउटा यसैको कारण नेपालमा कम्युनिस्ट पार्टी आधारभूत जनताको पार्टी बन्नबाट रोकिएको छ । ३. छद्म कम्युनिस्टको जन्मः माथिका दुईवटा कारणहरुबाट नेपालमा छद्म कम्युनिस्टको जन्म भयो । माक्र्सवादपनि बुझेका नवउदारवादसँग सम्झौता पनि गर्न जानेका गफाडी कम्युनिस्टको आज निकै बोलवाला छ । जबजको बाटोमा हिडिरहेको एमालेको त कुरा छाडौं जनयुद्ध लडेर आएको माओवादीमासमेत यो छद्मभेषीहरु मौलाएको देखिन्छ । दिनभर पुँजीवादी पश्चिमा संस्कृतिकोविरुद्ध धुरन्धर चर्को भाषण गर्ने, बेलुकी आफै ‘लिभिङ टुगेदर’मा बस्ने अवस्थासम्म देखियो । बहुरुपी भेषधारण गर्न नसकेका इमान्दार सिपाहीहरु विस्तारै क्रान्तिमार्गबाट छुट्न थाले । छेपाराझैं रंग फेर्न जान्ने कम्युनिस्ट मालामाल बन्न थाले ।
दिनभर पुँजीवादी पश्चिमा संस्कृतिकोविरुद्ध धुरन्धर चर्को भाषण गर्ने, बेलुकी आफै ‘लिभिङ टुगेदर’मा बस्ने अवस्थासम्म देखियो ।
यही क्रममा पछिल्लो पटक पार्टी र माक्र्सवाद नैत्याग गरेका बाबुराम भट्टराई छद्म स्वरुप त्यागेर खुलमखुल्ला राजनीतिमा आउन चाहेको देखिन्छ। छद्मभेषी स्वरुपबाट अब धेरै दिन जनतालाई ढाँट्न नसकिने निचोडमा पुगि उनी सिधासिधा मैदानमा उत्रिएको देखिन्छ । २१ औं शताब्दीको नेपालको कम्युनिस्ट पार्टी म जस्तो हुनेछ भन्दै उनी रंगमञ्चमा उदाएको देखिन्छ । माक्र्सवाद पुरानो भयो अब यहाँबाट कतै पुगिन्न भन्ने निचोडमा पुगेका थाकेकाहरु उनको पछि लागेको देखिन्छ । छद्म रुपमा उनीहरुले आफ्नो र दरसन्तानको भविष्य सुनिश्चित देखेनन्। उनीहरुले माक्र्सवादलाई सडेको दर्शनको रुपमा चित्रण गर्दै पुँजीवादी नवउदारवादी दृष्टिकोणबाट नै आफ्नो वर्गको भविष्य सुनिश्चित देखे । बाबुराम वर्गिगमनको पछाडि केही कारण भने अवश्य छ । पहिलो कारण भनेको बाबुराम लगायतको जुग वर्ग छ त्यो वर्ग भनेको पुँजीवादी समाजको उपवर्ग मध्यम वर्ग हो । माक्र्सवादी दर्शन नै आधारमा भन्दा ती वर्ग अन्तिमसम्म क्रान्तिकारी नबन सक्छ । उनीहरु हिजोको वर्ग धरातलका कारण शोषक वर्गसँग सम्झौता गर्न उनीहरु अन्ततः बाध्य हुन्छन् । समाजको मध्यमवर्गको चरित्र नै त्यस्तो खालको हुन्छ । समाजमा मध्यमवर्ग दुई किसिमले बन्ने गर्छ । पहिलो, सामन्तवादी उत्पादन सम्बन्धको चरम संकटबाट नै पुँजीवादी समाजको जन्म हुन्छ । पुँजीवाद सामन्तवाद भन्दा एक कदम प्रगतिशील समाज व्यवस्था हो । यो व्यवस्थामा समाज संक्रमण हुनेबेला सामन्तवादी समाजको उत्पादन सम्बन्धमा ठूलो संकट आइपर्छ । सामन्तवादी समाजका साना किसान, मध्ययम किसान र ठूला किसानहरुको स्वतन्त्र वर्चश्व पुँजीवादले जबर्जस्त खाइदिन्छ । त्यसपछि कोही पुँजीवादसँग सम्झौतागरी विलय हुन्छन् भने कोही सर्वहारावर्गमा ओर्लन्छन् ।
आफूले जीवन पर्यन्त जुनरुप धारण गरेर कम्युनिस्ट उद्योग सञ्चालन गर्न खोजेको हो, त्यो रुप बाबुरामले अग्रिम पर्दाफास गरिदिएकाले बढि क्रुद्ध भएको अर्थ लाग्न सक्छ ।
नेपालमा चलेको १० वर्षको जनयुद्धले लामो समयदेखि अर्धसामन्ती अवस्थामा रहेको उत्पादनसम्बन्ध र त्यसले निर्माण गरेको चेतनामा ठूलो उथलपुथल ल्याइदियो । अन्तर्यमा शासक मनोवृत्तिका मानिसहरु पनि माओवादी आन्दोलनको बेगमा सहभागी भए । जब सामान्तवादको प्रतिनिधि पात्र राजतन्त्र ढल्यो त्यसपछि उनीहरुले आफ्नो असली स्वरुप देखाए र अब पुँजीवादसँग मिल्ने हो भन्दै खुलमखुला मैदानमा उत्रिए । किनकी उनीहरु एक्लैलाई सामन्तवादसँग लड्न मुस्किल थियो । उनीहरुको हिजोको वर्ग धरालतका कारण अन्यसम्म कम्युनिस्ट बन्ने चेतनाको विकास नै भएको थिएन र अन्ततः भएन पनि । यसैका कारण माक्र्सले कम्युनिष्ट घोषण पत्रमा ठूला किसान, शिल्पकारहरु अन्तसम्म सर्वहारावर्गको साथी बन्न नसक्ने बताएका छन् । बाबुराम भट्टराई लगायतको वर्ग आजको सामाजिक चरित्रसँग सम्झौता गरी सच्चा पुँजीवादी नेता बन्न चाहन्थे र त्यही बाटोमा लागे । यही प्रसंगमा बाबुराम भट्टराईलाई गालीगरिरहेका कम्युनिस्ट नेताहरुतर्फ मोडिन मनासिव हुन्छ । दश वर्ष जनयुद्ध लडेको एक जना कमाण्डर पुँजीवादको गोटी बनेर कम्युनिष्ट नै सिध्याउन प्रयोग हुन्छ भने पक्कै त्यो निकै चुनौतिपूर्ण हुन्छ । त्यसको विरुद्ध जाई लाग्नु र आफ्नो पंक्तिलाई सचेत रहन सुसूचित बनाउनु कर्तव्य हुन आउँछ । तर आजको साम्राज्यवाद र पुँजीवाद भन्दा पनि खतरनाक दुश्मनको रुपमा बाबुरामलाई चित्रण गर्दै ‘चुनावमा जितेर देखाऊ र देखाउने’ भन्दै जुवारी मै उत्रिनुले थप शंका जन्माउछ । त्यही बहुदलीय प्रतिस्पर्धामा उत्रिएको पार्टीहरु भोलि भन्न सकिन्न की जसरी आज कमल थापासँग सत्ता गठबन्धन भएको छ त्यस्तै बाबुरामसँग भोलि हुन्न भन्ने के ज्ञारेन्टी छ ? आज प्रचण्ड र बाबुरामको पार्टीमा रहनेहरुको वर्ग श्रोत, सामाजिक चरित्र, उस्तै उस्तै भएको सन्दर्भमा ती सवाल जवाफ त्यति विश्वसनीय नलाग्न सक्छ । बरु आफूले जीवन पर्यन्त जुन रुप धारण गरेर कम्युनिस्ट उद्योग सञ्चालन गर्न खोजेको हो, त्यो रुप बाबुरामले अग्रिम पर्दाफास गरिदिएकाले बढि क्रुद्ध भएको अर्थ लाग्न सक्छ । त्यसकारण दस्तावेजमैभएपनि क्रान्तिकारीकार्यदिशा अबलम्बन गरिरहने पार्टीले यसतर्फ उचितध्यानदिनुपर्ने देखिन्छ ।\"upf-pic1-750\"   ४. दास पुस्ताको निर्माणः मानव सभ्यतामा हजारौं वर्षअघि नै दास युगको अन्त भएको इतिहास देखिन्छ । तर दास र मालिकको स्वरुपमा मात्र फेदबदल आएको छ, शोषण अद्यावधि कायम रहेको देख्न सकिन्छ । आज शोषणको तौरतरिका फरक छ । तर दास युग नयाँ तरिकाले कायम छ । दास युगमा दास र मालिक, सामान्तवादमा भूमिहीन किसान र सामन्त, पुँजीवादमा क्रेता र विक्रेताको स्वरुपमा त्यो कायम रह्यो । सिङ्गो समाजमा यही प्रकृतिको शोषण भएजस्तै कम्युनिष्ट पार्टीमा पनि त्यसको प्रभाव प¥यो । कम्युनिस्ट पार्टीमा चेतनासून्य, आलोचना नगर्ने, भक्त कार्यकर्ताको पुस्ता निर्माण गरियो। नेताको आलोचनाभन्दा भक्तिगान गाउँदा फाइदा देखिन थालेपछि कार्यकर्ताहरु पनि त्यसै गर्न अभ्यस्त हुँदै गए ।
एउटा रोचक कुरा के छ भने पहिला कम्युनिस्ट पार्टीमा अध्यक्षको चलन नै थिएन । चीनमा माओलाई अध्यक्ष त्यतिबेला भनिएको थियो, जति बेला उनी किसानहरुका नेता थिए । जनताकोबीचमा अत्यन्तै लोकप्रिय भएपछि किसानहरुले माओलाई दिएको उपाधि थियो
एउटा रोचक कुरा के छ भने पहिला कम्युनिस्ट पार्टीमा अध्यक्षको चलन नै थिएन । चीनमा माओलाई अध्यक्ष त्यतिबेला भनिएको थियो, जति बेला उनी किसानहरुका नेता थिए । जनताकोबीचमा अत्यन्तै लोकप्रिय भएपछि किसानहरुले माओलाई दिएको उपाधि थियो अध्यक्ष, नेपालमा महाकवि, आदीकवि भने जस्तै । भारतका नक्सलवादी नेता चारु मजुमदारले समेत हाम्रो अध्यक्ष माओ नै हो भन्थे । तर नेपालमा आइपुग्दा सामान्तवादको प्रभाव स्वरुप कम्युनिस्ट पार्टीमा अध्यक्ष उपाधि पदमा परिणत भयो । त्यसपछि सुरु भयो तलमाथिको सोपानक्रम । अध्यक्ष सबैभन्दा ठूलो, उपाध्यक्ष ठिक्कको ठूलो, सदस्यहरु झिनामसिना । हुँदाहुँदा अध्यक्षहरु श्रेद्धय बन्न थाले । श्रेद्धय भनेको श्रद्धा गर्नुपर्ने, श्रद्धा भनेको पुजा गर्नु पर्ने अर्थ लाग्छ । अब सबैले पुज्ने भइसकेपछि जो पुजिन्छ उसले दिने भनेको प्रवचन र वाणी हो । प्रवचन र वाणीमा प्रश्न प्रतिप्रश्न गर्ने छुट हुँदैन । बस् एकाग्रपूर्वक सुन्ने मात्र गुन्जाइस बाँकी रहन्छ । यसरी नजानिदो ढंगले कम्युनिस्ट पार्टीमा दास पुस्ताको निर्माण भयो । दासहरुले बन्दुक पड्काउन सक्छ । तर बन्दुक किन पड्काउँने भनेर प्र्रश्न गर्न सक्दैन । दासहरुले भारी बोक्न सक्छ, तर किन बोक्नुपर्ने भारी भनेर प्रश्न सोध्न सक्दैन । यसको परिणाम दुरगामी रह्यो । हामीले इतिहासमा देख्यौं । तिसौं हजारको संख्यामा रहेका जनमुक्ति सेना जो नेपालको इतिहासमा आजसम्म कहिल्यै नभएको महान उद्धात्त दिनहरु पार गरेर आए । आँखै अगाडि भ्रष्ट भएर नेताहरु पतित हुँदै गएपछि कुनै जनमुक्ति सेनाले कठालो समाएको सुनिएन । बरु क्यान्टोनमेन्टमा आत्महत्या गरेको सुनियो । हजारौंको संख्यामा रहेका सहिद परिवारले कुनैपनि नेतालाई चड्कन लगाएको सुनिएन । बरु कांग्रेसमा भोट हालेको सुनियो । हतियार बोकाइयो, तर चेतना बोकाइएन ।
अध्यक्ष सबैभन्दा ठूलो, उपाध्यक्ष ठिक्कको ठूलो, सदस्यहरु झिनामसिना । हुँदाहुँदा अध्यक्षहरु श्रेद्धय बन्न थाले । श्रेद्धय भनेको श्रद्धा गर्नुपर्ने, श्रद्धा भनेको पुजा गर्नु पर्ने अर्थ लाग्छ । अब सबैले पुज्ने भइसकेपछि जो पुजिन्छ उसले दिने भनेको प्रवचन र वाणी हो । प्रवचन र वाणीमा प्रश्न प्रतिप्रश्न गर्ने छुट हुँदैन । बस् एकाग्रपूर्वक सुन्ने मात्र गुन्जाइस बाँकी रहन्छ ।
५. निष्कर्ष  क. समस्याको उचित पहिचानः अहिले नेपाल निकै ठूलो सामाजिक अन्तरविरोधबाट गुज्रिरहेको छ । हजारौंको बलिदानको जगमा निर्मित संविधान अपुरो छ । समाजवाद उन्मुख भनेर उल्लेख भएपछि त्यो असन्तुष्ट पक्षलाई थुमथुम्याउने शब्दको रुपमा मात्र देखिन्छ । आर्थिक क्षेत्रमा निजीकरणले देश खोक्रो बनाएको छ । कुल ग्राहस्त उत्पादनको २९ प्रतिशत रेमिट्यान्सले अस्थायी रुपमा धानेको मुलुक भू–राजनैतिक अवस्थाले समेत प्रतिकुल अवस्थामा छ । राजनीतिक रुपमा भारतको गुलाम र सांस्कृतिक रुपमा नवउदारवादी सांस्कृतिक भूमण्डलीकरणले तीब्र चपेटामा परेको नेपाल आफ्नो मौलिकता गुमाउँदै सिक्किमीकरणको दिशामा अग्रसर छ । यस्तो अवस्थामा देश वैज्ञानिक समाजवादतिर गयो भने मात्र आम शोषितपीडित वर्गको मुक्ति हुने देखिन्छ तर संविधानमा मात्रै सीमित हुने हो भने देश झनै जर्जर हुँदै दलाल पुँजीवादले निल्ने खतरा छ । यस्तो अवस्थामा क्रान्तिकारी पार्टीहरु एकतावद्ध भई देशलाई दलाल पुँजीवादको पञ्जाबाट मुक्त गरी समाजवादको दिशातिर लैजान आवश्यक छ । क्रान्तिकारी पार्टीले दस्तावेजमा मात्रै होइन व्यवहारिक रुपमै त्यसको कार्यान्यवन गर्न समाजवाद प्राप्तिका लागि राजनैतिक, सांस्कृतिक, आर्थिक ठोस नीतिहरु तर्जुमा गर्न आवश्यक छ । आज मुलुक समाजवादतिर नजाँदा सबै भन्दा ठूलो घाटा नेपालमा रहेका ४० लाख भन्दा बढि दलितसहित मधेसी, जनजाति, मुस्लिम लगायतका वर्ग समुदायलाई पर्ने देखिन्छ । नेपाल मानव विकास सुचकांकको १४५ औं स्थानमा रहनुको कारण अरु केही नभएर ती नै ऐतिहासिक कालखण्डदेखि विभेदीकरणमा पारिएका समुदायका कारण नेपाल यति पछि परेको हो । यो सत्यतालाई बोध गरी देशलाई समाजवादतिर लैजान नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीले दलनमा पारिएका सिमान्तकृत समुदायलाई राज्यको मुलधारमा ल्याउने नीति अवलम्बन गर्नुपर्दछ । ख. समर्पर्णको यात्राबाट सुरु हुन्छ कम्युनिस्ट आन्दोलनः आज सबैभन्दा क्रान्तिकारी भनिएका पार्टीहरुको दस्तावेज क्रान्तिकारी कार्यनीतिले भरिएको छ । तर त्यसको कार्यान्वयन नहुँदा प्रयोगहिन भइ दस्तावेजमा सिमित भएको छ । आज देशलाई यो अध्यारो सुरुङबाट निकाल्न एउटा पुस्ताको कुर्वानी आवश्यक भएको छ । ६० वर्ष नाघेका नेताहरुलाई दोस दिएर आजको नयाँ पुस्ता पन्छिन मिल्दैन । ती बृद्ध नेताहरुलाई सम्मान गर्दै आगामी बाटो युवाहरुले बनाउँनुपर्ने अवस्था छ । आजका युवाहरु अदृष्य दासताको साङ्ला तोडेर मानव जातिको मुक्तिकालागि फेरि एक पटक समर्पणको यात्रामा निस्कने बेला भएको छ । यति ननिस्कने हो भने देश समाजवादतिर होइन दलालपुँजीवादकै चंगुलमा परी देशै नरहने खतरा छ ।
आज एउटा किसान नयाँ तरिकाले लुटिएको छ, तर भनिदिने मान्छे छैन । एउटी महिला जानी जानी बेचिएकी छे, आँखा खोलिदिने मान्छे छैन ।
रोमन साम्राज्यकाविरुद्ध विद्रोह गरी रातारात आल्पसंन्ख्यतक पहाडमा गई स्पार्टकासले हजारौंको संख्यामा सेनाहरु नबनाएको भए आज मानव इतिहासमा उनले सुनौलो इतिहास अजमाउने थिएन । २०५२ मा माओवादीहरु भीर कन्दरामा नहिडेको भए जनयुद्ध यति तुफानी वेगमा बढ्ने थिएन । यही समर्पर्णको इतिहास सम्झनुपर्ने बेला भएको छ । आज एउटा किसान नयाँ तरिकाले लुटिएको छ, तर भनिदिने मान्छे छैन । एउटी महिला जानी जानी बेचिएकी छे, आँखा खोलिदिने मान्छे छैन । मानिसहरु विस्तारै विस्तारै लुटिनुमै अभ्यस्त भइरहेका छन्, लुटिएका छौं भनिदिने मान्छे छैन । त्यही आँखा खोल्दै वैज्ञानिक समाजवादीतिर मुलुकलाई लैजाने नयाँ मान्छे आज समयले मागिरहेको छ । त्यही नयाँ मान्छे तपाई, म र हामी बन्न सकुँ, कम्युनिस्ट पार्टी स्थापना दिवस र लेनिन जयन्तीको उपलक्ष्यमा यही छ मेरो कामना ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy