Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मोर्चासम्बद्ध गठबन्धनले गर्यो आन्दोलनको घोषणा

\"madheshi काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठबन्धनले वैशाख १५ गतेदेखिको आन्दोलन घोषणा गरेको छ । गठबन्धनले वैशाख १५ गतेदेखि जेठ १ गतेसम्मको आन्दोलन घोषणा गरेको छ । मधेसमा मात्रै आन्दोलन गर्ने र देशब्यापी आन्दोलन गर्ने भन्ने विवादमा रहेको गठबन्धनले अन्ततः देशब्यापी आन्दोलनको घोषणा गरेको छ । गठबन्धन विहीबार घोषणा गरेको आन्दोलन अन्तर्गत देशैभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, सरकारी कार्यालयहरुमा कालोझण्डा गाड्ने, विभिन्न सहरहरुमा विरोध सभा गर्ने तथा सिंहदरबार घेरौं अभियान चलाउने भएका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत वैशाख १५ गते सबै जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, वैशाख १७ गते सबै जिल्लाका सरकारी कार्यालयमा कालो झण्डा गाड्ने तथा वैशाख २१ गतेदेखि ३१ गतेसम्म प्रत्येक प्रदेश तथा जिल्ला प्रमुख सहरहरुमा विरोध सभा गर्ने रहेका छन् । जेठ १ गते देशैभरका कार्यकर्ता ल्याएर सिंहदरबार घेर्ने कार्यक्रम उनीहरुले चलाएका छन् । जिल्लाका सबै विरोधसभाहरु तथ विभिन्न कार्यक्रममा काठमाडौं जाऔं अभियान चलाउँदै जेठ १ गते काठमाडौंमा आन्दोलन गर्ने रहेको छ । काठमाडौंको आन्दोलनलाई विशेष रुपले परिचालन गर्ने संघीय गठबन्धनले जनाएको छ । गठबन्धनले जारी गरेकोको विज्ञप्तिमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बन्ध सातै दलका अध्यक्ष तथा विभिन्न जातीय संघ संगठनहरुका प्रतिनिधिहरुको हस्ताक्षर रहेको छ । को को छन् गठबन्धनमा ? गठबन्धनले जारी गरेकोको विज्ञप्तिमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बन्ध सातै दलका अध्यक्ष तथा विभिन्न जातीय संघ संगठनहरुका प्रतिनिधिहरुको हस्ताक्षर रहेको छ । मोर्चामा आवद्ध सात मधेसवादी दलका साथै पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, कुमार लिङदेन नेतृत्व्को संघीय लिम्बुवान पार्टी, संघीय जनमुक्ति पार्टी, मल्ल के सुन्दर संयोजकत्वको नेवाः स्वायत्त राज्य मंखा संघर्ष समिति, लाक्पा शेर्पा संयोजक रहेको शेर्पा स्वायत्त प्रदेश संयुक्त आन्दोलन परिचालन समिति लगायत विभिन्न २७ पार्टी तथा समितिका संयोजकहरुले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । \"gathbandhan\" \"gathbandhan-dal\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending