Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

लेनिनको प्रस्थापना पढेपछि खुसीले एक्लै रोएँ : हो चि मिन्ह

\"hochiminn1-600\"प्रथम विश्वयुद्धपछि म फ्रान्समा फोटोग्राफरकोमा फोटो धुलाउने र ‘पुराना चिनियाँ भाँडाकुँडा’ (फ्रान्समा बनेको ) मा रङ लगाउने मान्छेको रुपमा रहेँ । मैले फ्रान्सेली उपनिवेशवादीहरुले भियतनाममा गरेका अपराधहरु कबोल गरिएका पर्चाहरु बाँडेँ । त्यसबेला मैले अक्टोबर क्रान्तिको समर्थन त्यसको ऐतिहासिक महत्व ठम्याएर होइन, लहैलहैमा गरेको थिएँ । म लेनिनलाई प्रेम र मुरीमुरी प्रशंसा गर्थे किनभने उनी महान् देशभक्त थिए जसले आफ्ना देशवासीहरुलाई स्वतन्त्र बनायो । त्यस बेलासम्म मैले लेनिनको एउटा पनि किताव पढेको थिइनँ । म फ्रेन्च समाजवादी पार्टीमा लाग्नुको कारण उनीहरुले मप्रति र शोषित उत्पीडित जनताहरुको सङ्घर्षप्रति सहानुभूति दर्शाउनु नै थियो । तर, म पार्टी,ट्रेड युनियन, समाजवाद या साम्यवादका बारेमा भुत्दोभाङ पनि जान्दिनथेँ । पार्टीका शाखाहरुमा समाजवादी पार्टी दोस्रो इन्टरनेसनलमा रहने कि नरहने, कि अर्को अर्ध–दोस्रो इन्टरनेसनल खोल्ने अथवा लेनिनको तेस्रो इन्टरनेसनलमा पो सामेल हुने हो कि भन्नेजस्ता बहसहरु गरमागर्मी रुपमा चल्थे । म हत्तामा दुई या तीनपटक बैठकमा उपस्थित हुन्थेँ र ध्यानपूर्वक छलफल सुन्थे । पहिला त मैले राम्ररी कुरा बुझ्दा पनि बुझिनँ । किन यति साह्रो चर्काचर्की भइरहेको छ ? दोस्रो, अर्थ–दोस्रो या तेस्रो जुनसुकै इन्टरनेसनलले क्रान्ति गर्ने हो भने किन यस्तो बाझाबाझ ? अनि पहिलो इन्टनेसनल चाँही के भयो त ? मैले एकदमै जान्न चाहेको कुराचाँहि कुन इन्टरनेसनल औपनिवोशिक मुलुकहरुको पक्षमा छ त भन्ने थियो तर यस विषयमा बैठकमा जोडदार रुपमा कुनै उठ्दैनथे । मैले यो कुरा बैठकमा उठाएँ । केही कमरेडहरुले भन्नुभयो–‘औपनिवेशिक मुलुकहरुको पक्षमा दोस्रो होइन, तेस्रो इन्टरनेसनल छ । मलाई एकजना कमरेडले लेनिनको ‘जातीय र उपनिवेशबारेको थेसिस’ पढ्न दिनुभयो जुन I\'Humanite ले प्रकाशन गरेको थियो । लेनिनको उक्त थेसिस (प्रस्थापना) मा मैले नबुझ्ने थुप्रै राजनीतिक शब्दहरु थिए । तर घुढा धसे पटकपटक पढेपछि मैले त्यसको चुरो कुरा अठ्याएँ । त्यसले ममा कस्तो आवेग, आशा, प्रष्ट दृष्टिकोण र आत्मविश्वास पैदा ग¥यो । म त खुसीले रोएँ । कोठामा एक्लै बसेको बेलामा पनि म भीडको अघिल्तिर उभिएर कराएझैं कराएँ –‘आदरणीय सहिदहरु, देशबासीहरु ! हामीले चाहेको यही हो, यही हो हाम्रो मुक्तिको बाटो ।’ त्यसपछि लेनिन र तेस्रो इन्टरनेसनलप्रति मेरो पुरै भरोसा बढ्यो । सुरुसुरुमा पार्टी शाखाका बैठकहरुमा हुने छलफलहरु म सुन्थेँ मात्र, मलाई त्यहाँ उठ्ने कुराहरु सबै तार्किक लाग्थे, कुन सही हो र कुन गलत हो भन्ने कुरा म छुट्याउन सक्दिनथेँ त्यसपछि भने म पनि बहसमा होमिन थालेँ र जमेर बहस गर्न थालेँ । त्यसबेलासम्म पनि म फ्रेन्च भाषामा आफ्ना विचारहरु राम्ररी व्यक्त गर्न सक्दिनथेँ । तर लेनिन र तेस्रो इन्टरनेसनलमाथि हुने निराधा आक्रमणको म डटेर विरोध गथेँ । मेरो एउटै तर्क थियो, ‘यदि तपाईं उपनिवेशवादीहरुलाई घृणा गर्नुहुन्न भने, यदि तपाई उपनिवेशका जनताहरुको पक्षमा उभिनुहुन्न भने तपाईहरुले गर्न खोजेको क्रान्ति कस्तो हो ?’
लेनिनवाद चमत्कारी ‘बुद्धिको किताब’ मात्र होइन, भियतनामी क्रान्तिकारीहरु र जनताको लागि दिशानिर्देश गर्ने कम्पास पनि हो, –यो त्यस्तो उज्यालो सूर्य हो जसले हामीलाई अन्तिम जीत र समाजवाद तथा साम्यवादसम्मको बाटो देखाउँछ ।
म पार्टीको आफू सङ्गठित भएको शाखाको मात्र होइन, अन्य शाखाका बैठकहरुमा पनि ‘आफ्नो कुरा राख्न’ उपस्थित हुन थालेँ । मैले यहाँ भन्नैपर्छ कि कमरेडहरु मार्सल केचिन, भाइलन्ट काउटुरिअर, मुनमोसिउलगायतले मेरो वैचारिक स्तर उकास्न मद्दत गरेका छन् । अन्तिममा, सर्वोच्च कंगे्रसमा उहाँहरुसँग मैले पनि तेस्रो अन्तर्राराष्ट्रिय ( इन्टरनेसनल) मा सामेल हुने पक्षमा भोट खसालेँ । लेनिन र तेस्रो अन्तर्राष्ट्रियप्रतिको मेरो भरोसा साम्यवाद होइन, देशभक्तिको कारणले गर्दा बढेको हो । सङ्घर्षको क्रममा एकएक गरेर माक्र्सवाद–लेनिनवादको अध्ययनसँगसँगै व्यवहारिक कामहरुमा पनि सहभागी हुँदै गएपछि म समाजवाद र साम्यवादले मात्र विश्वभरिका शोषित–उत्पीडित जाति र मजदुरहरुलाई दासताबाट मुक्त गर्छ भन्ने निष्कर्षमा पुगेँ । हाम्रो देशमा मात्र होइन, चीनमा पनि ‘चमत्कारी बुद्धिको किताव’ (Book of Wise) को दन्त्यकथा प्रचलित छ । जब कोही ठूलो सङ्कटमा पर्छ भने उसले यो किताब पल्टाउँछ र बाटो फेला पार्छ । लेनिनवाद चमत्कारी ‘बुद्धिको किताब’ मात्र होइन, भियतनामी क्रान्तिकारीहरु र जनताको लागि दिशानिर्देश गर्ने कम्पास पनि हो, –यो त्यस्तो उज्यालो सूर्य हो जसले हामीलाई अन्तिम जीत र समाजवाद तथा साम्यवादसम्मको बाटो देखाउँछ । प्रस्तुत रचना लेनिनको ३० औं जन्मदिवसका उपलक्ष्यमा सोभियत संघबाट प्रकाशित Problems of the East को लागि हो चि मिन्हले अप्रिल १९६० मा लेखेका हुन् । हो चि मिन्हको पुस्तक  On Revolution मा सङ्कलित यो लेख  Communism: Basic writings मा पनि परेको छ । त्यही पुस्तकबाट भोगीराज चाम्लिङले अनुवाद गरि उनैको सम्पादनमा मूल्याङ्कन प्रकाशन गृहले प्रकाशित गरेको ‘जातीय स्वायत्तता र आत्मनिर्णयको अधिकार’ पुस्तकबाट यो सामग्री साभार गरिएको हो । ࢂ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies