Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

नेवि संघ र क्रान्तिकारीबीच दन्तबझानको औचित्य छैन

त्रिभुवन विश्वविद्यालयको लाचारी, विद्यार्थी संगठनहरुबीच आ–आफ्नै अडानका कारण लामो समयसम्म स्ववियु निर्वाचन हुन सकेको छैन । जसका कारण नयाँ जोश र नयाँ भिजनका साथ उच्च शिक्षा पढ्न आउने विद्यार्थी साथीहरुमा नैराश्यता उत्पन्न भएको छ । यस्तो परिस्थितिमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी तथा विद्यार्थी संगठनका नेतृत्व क्षमतामाथि प्रश्न चिन्ह खडा भएको छ । यसले कसैलाई पनि हित गर्दैन । स्ववियुको निर्वाचन नै आजको अनिवार्य आवश्यकता हो । एकातर्फ नेतृत्वलाई समय सापेक्षिक परिस्कृत र संगठनलाई गतिशील बनाउने काम निर्वाचनले गर्छ । अर्कोतर्फ सिङ्गो शैक्षिक आन्दोलनलाई प्राज्ञिकरुपमा बहस गर्ने थलोको रुपमा विद्यार्थी संगठन लिइन्छ । शैक्षिक क्षेत्रको लामो समयदेखिको अन्योलतालाई अन्त्य गर्न अनेरास्ववियुले त्रिवि पदाधिकारी र विद्यार्थी साथीहरुबीच निरन्तर छलफल गरिरहेको छ । समस्या २८ वर्षे उमेर हद यथासक्य स्ववियुको निर्वाचन गर्नुपर्छ भन्ने कुरामा विद्यार्थी साथीहरु सकारात्मक छन् । तर, समस्याको चुरो त्रिवि विनियममा उल्लेख भएको २८ वर्षे उमेर हद रहेको छ । \"nabinaत्रिविको विनियम अनुसार उम्मेदवारी दिने अन्तिम समयसम्म विद्यार्थीको उमेर २८ वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ । तर, एक कार्यकाललाई सो व्यवस्था लागू नहुने भएपनि विनियमको प्रावधान अनुसार ०७२ बैसाख १ गतेदेखि सो नियम आकर्षित भइसकेको छ । त्रिविले विनियम लागू हुनु अगावै स्ववियुको निर्वाचन गर्नुपथ्र्यो, यसमा पूर्णरुपले विश्वविद्यालय चुकेको छ । दन्तबझानको औचित्य छैन उमेर हदको विषयलाई लिएर नेविसंघका साथीहरु र अखिल क्रान्तिकारीका साथीहरुबीच दन्तबझान गर्नुको औचित्य पनि म देख्दिन । उमेर हद र निर्वाचन प्रणालीको स्वरुपबारे त्रिवि पदाधिकारी र हाम्रो संगठनका तत्कालिन अध्यक्ष माधव ढुंगेल, क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा र नेविसंघका अध्यक्ष रन्जित कर्णबीच सहमति भइसकेको बिषय हो । तर, यसैलाई लिएर केही संगठनका साथीहरु स्ववियु चुनाव नै हुन नदिने खेलमा लागेका छन् । जसमा त्रिवि मुकदर्शक भएर बसेको छ । त्रिवि पानीमाथिको ओभानो यी सबै चुनौतीलाई चिरेर अघि बढ्न अनेरास्ववियु तयार छ । हामी चुनावमा भाग लिन्छौं । निर्वाचनलाई रोकेर राख्ने काम त्रिविले गरिरहेको छ । उसले विद्यार्थी संगठनलाई दोष दिएर पानीमाथिको ओभानो हुन खोज्दै छ । विश्वविद्यालयको यस्तो अर्कमण्यता अनेरास्ववियुलाई मान्य छैन । तुरुन्त त्रिविले स्ववियु निर्वाचन सम्बन्धी कार्यतालिका सार्वजनिक गर्नुपर्छ । नेविसंघ तथा अखिल क्रान्तिकारीका साथीहरु पनि ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने मानसिकता त्यागेर अबिलम्ब सहमतिमा आउनुपर्छ । जुनसुकै निर्वाचन प्रणाली स्वीकार अनेरास्ववियुले पूर्ण समानुपातिक निर्वाचन, या मिश्रित निर्वाचन या प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नैपर्छ । र, मैले भनेकै हुनुपर्छ, उमेर हद लागू गर्नैपर्छ या लागू हुनुहुदैन भन्ने अत्तो थाप्ने काम गर्दैन । क्रान्तिकारी या नेविसंघ जसको एजेण्डा भएपनि अनेरास्ववियु चुनाव लड्न तयार छ । तर, अरु साथीहरु अस्तित्वको लडाईं र संगठनमा पार्टीको प्रभावले निर्वाचन हुन नदिने खेलमा लागेका छन् । यो खेदजनक विषय हो । तर, अनेरास्ववियु अन्य संगठनका साथीहरुलाई मात्र दोष दिएर पन्छिने पक्षमा छैन । चुनावको नाममा आँखामा छारो हाल्ने काम निर्वाचन गराउने आधिकारीक निकाय त्रिवि हो । विद्यार्थी संगठनकाबीच देखिएका सानासाना छिद्रलाई कारण देखाएर विश्वविद्यालय जिम्मेवारीबाट भाग्न खोज्दै छ । उसले किन निर्वाचन रोकिरहेको छ ? विश्वविद्यालयका भीसी, पदाधिकारी, रजिष्टार, सबै निकायले सचेत ढंगले लियो भने चुनाव हुन्छ । हामी चुनाव चाहेका छौं । चुनावमा भाग लिन्छौं । विश्वविद्यालय किन चुनाव गराउँदैन ? त्रिभुवन विश्वविद्यालयले चुनावको नाममा आँखामा छारो हान्ने काम गरेको छ । विश्वविद्यालयले नै चुनाव चाहेको छैन । विद्यार्थी संगठनको कारणले चुनाव भएन भनेर विश्वविद्यालयले प्रोपोगण्डा गरिरहेको छ । चुनाव गर्न नसक्ने पदाधिकारी राजिनामा देऊ त्रिभुवन विश्वविद्यालयले अबिलम्ब चुनावको मिति घोषणा गर्नुपर्छ । होइन भने पदाधिकारीले राजिनामा दिनुपर्छ । अन्यथा अनेरास्ववियु चुप लागेर बस्ने पक्षमा छैन । हाम्रो संगठन त्रिविविरुद्ध कडा संघर्ष गर्न बाध्य हुनेछ । सबै मिलेको खण्डमा भदौ या मंसिरसम्ममा चुनाव सम्भव छ । सबैले आ–आफ्ना हठ त्यागेर सहमतिमा आउन म सबै संगठनका साथीहरुलाई आग्रह गर्दछु । यस्तै, विद्यार्थीहरुको परीक्षा कार्यतालिका प्रभावित नहुने गरी त्रिभुवन विश्वविद्यालयलाई पनि अविलम्ब निर्वाचनको मिति घोषणा गर्न पुनः आग्रह गर्दछु । (एमाले निकट अनेरास्ववियुकी अध्यक्ष लामासँगको कुराकानीमा आधारित) प्रस्तुतिः गणेश पाण्डे
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies