Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

विद्यार्थी संगठन जाँड पार्टीमा : कसरी हुन्छ समयमा स्ववियु निर्वाचन ?

राजनैतिक पार्टीहरु प्रतिबन्धित भएको अवस्थामा स्थापित भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) आज करिब करिब अस्तित्व विहिन अवस्थामा पुगेको छ । विधानतः हरेक २/२ वर्षमा निर्वाचन गरि स्ववियुको गठन गर्नु पर्ने प्रावधान छ तर विगत ८ वर्ष देखि निर्वाचन हुन नसक्नुले स्ववियु विघटन त हुने होईन ? भन्ने आशङ्काहरु पनि सिर्जना भएका छन् । स्ववियु निर्वाचन घोषणा र स्थगन वर्षेनि हुने गरेको छ । त्रिभुवन विश्वविद्यालयले निर्वाचन घोषणाको औपचारिकता पूरा गर्ने र निर्वाचन स्थगनको दोष विद्यार्थी संगठनहरुलाई दिएर आफू पानी माथिको ओभानो बन्ने काम गरिरहेको छ । विद्यार्थी संगठनहरुको स्ववियु सम्बन्धि आ–आफ्नै मान्यताहरु छन्, जसलाई अस्वभाविक रुपमा लिनु हुदैन । स्ववियुले नै संगठनहरुको आकार निर्धारण गर्ने परम्परागत विधि भएको हुनाले पनि संगठनहरुले आफू अनुकुल हुने गरि निर्वाचन गराउन खोज्नुलाई नकारात्मक रुपमा लिनु हुदैन । तर समस्या यही नेर छ जब स्ववियुलाई मिनि पाल्र्यामेन्ट निर्वाचनको रुपमा बुझ्न थालियो र स्ववियुमा जित्ने संगठनहरुले अन्य संगठनहरुको अस्तित्व नस्विकार्ने सस्कार बस्न गयो त्यहीबाट स्ववियुका मान्यताहरु भत्किएका छन् । त्यसकारण नयाँ अवधारणा अनुरुप स्ववियुको विकास गर्दै नयाँ ढंगले परिभाषित स्ववियुको निर्वाचन गर्नु आवश्यक छ । [caption id=\"attachment_71591\" align=\"alignleft\" width=\"150\"]\" लेखक[/caption] आज परिस्थिति फेरिएको छ । हिजोकै प्रकृयाबाट अगाडि बढ्न सम्भव छैन । नयाँ राजनैतिक कोर्सहरु पार गरिसकेको अवस्थामा पन्चायतकालीन विधि र प्रक्रियामा निर्वाचन गर्नु सान्दर्भिक हुँदैन । वहुदलको पक्षमा जनमत सिर्जना गरेको स्ववियुले गणतन्त्र प्राप्तिसम्म आउँदा पनि उहीँ पुरानो प्रक्रियामा अल्झनु समयको गतिशीलता रोक्ने मुर्ख्याइँ गर्नु हो । त्यसैले आफूलाई युग परिवर्तनको वाहक भन्न रुचाउने विद्यार्थी संगठन र तिनका नेताहरुले समय सान्दर्भिक स्ववियु वारे निर्णायक छलफल गर्नु आवश्यक छ भने ०३६ देखि ०६५ सम्मको स्ववियुको वस्तुनिष्ठ समिक्षा गर्नुपर्ने देखिन्छ जसले मात्रै स्ववियुको ऐतिहासिकताको रक्षा र विद्यार्थी आन्दोलनको नयाँ संलेषण गर्न सकिन्छ । त्रिभुवन विश्वविद्यालय थोत्रिएको पद्धति र प्रक्रियाबाट चलिरहेको छ ।विद्यार्थीका आवश्यकताहरु एकातिर छन, संगठनहरु अर्कोतिर फर्किएका छन् । जसले गर्दा समय अनुकुल शैक्षिक जनशक्ति निर्माण हुन सकिरहेको छैन । विश्वविद्यालयले उपलब्ध गराउनु पर्ने न्युनतम आवश्यक शैक्षिक सामाग्री समेत उपलब्ध गराउन सक्दैन । विज्ञान र प्रविधिले फड्को मारिरहँदा हामी अनभिज्ञ भईराखेका छौं । खोज र अनुसन्धानमा विश्वविद्यालयको जोड छैन । नियमित क्याम्पस आउ, हाजिर गर ,शिक्षकले पढाएको घोक, परिक्षा देउ र ब्( ग्रेड प्राप्त गर भन्ने भन्दा अरु विश्वविद्यालयले सिकाउदैन । अनि विश्वविद्यालयबाट प्राप्त डिग्रीको सर्टि्फिकेट टिनको बाकसमा थन्क्याएर विदेशिनुको अर्को विकल्प विद्यर्थीसँग बाँकी रहदैन । त्यसकारण राष्ट्रको विकासको निम्ति विश्वविद्यालय एक जिम्मेवार सस्था हो । विद्यार्थी सङ्ठनहरु क्याटालिष्ट हुन सक्छन् । आवश्यकता शैक्षिक सुधारको होइन, शैक्षिक विकासको हो । त्यसकारण अवको स्ववियु वक्तित्वकला , हाजिरीजवाफ, डान्स पार्टी , स्वागत कार्यक्रम आदि गर्ने, क्याम्पस प्रशासनबाट पैसा निकाल्ने र बेलुका जाँड पार्टी गर्ने विकृत सस्ंकार ०४६ पछि विकास भएको थियो र त्यो आजपनि छ । त्यस प्रकारको संस्कार खारेज गर्दै राष्ट्रको विकासमा टेवा पुर्याउने, शैक्षिक विकासमा नयाँ खोज र अनुसन्धान गर्ने, बेरोजगार विद्यार्थीलाई रोजगारको निम्ति विश्वविद्यालय र सरकारसँग पुलको काम गर्ने र सघर्ष गर्ने खालको स्ववियु आजको आवश्यकता हो । तसर्थ विद्यार्थी संगठनका नेताहरुले घोत्लिएर सोच्नु पर्ने बेला आएको छ । क्याम्पसहरुलाई घृणित राजनीतिको अखडा होइन सम्भावना सहितको आशा लाग्दो प्राज्ञिक स्थल बनाएर र सोही अनुरुपको स्ववियु निर्माण गरेर युवा जमातमा देखिएको राजनीति प्रतिको वितृष्णा हटाउन सके गिरेको विद्यार्थी संगठन र स्ववियुको औचित्य पुर्नस्थापित गर्न सकिएला ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies