काठमाडौँ । बर्सात् अगावै भूकम्पपीडित जनतालाई घर निर्माणमा सहयोग गर्न सांसदले सरकारलाई आग्रह गरेका छन् ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा भूकम्प पुनःनिर्माणका लागि दाताले दिएको पैसाको सदुपयोग भए नभएका बारेमा संसद्मा एक अनुगमन तथा छानबिन समिति गठन गर्न समेत माग उठेको छ ।
सांसद परशुराम तामाङले भूकम्पका कारण पानीका मुहान सुकेकाले पानीको मुहानको वैकल्पिक व्यवस्था गर्न सरकार र सदनको ध्यानाकर्षण गराए ।
सांसद गोकर्ण विष्टले भूकम्पपीडित जनतालाई बर्सातअगावै छानामुनि ल्याउन आग्रह गर्दै पुनःनिर्माणमा राजनीति गर्न नहुने बताए। सांसद मोहनबहादुर बस्नेतले भूकम्प पुनःनिर्माणको विधि र प्रक्रियाका बारेमा जनताका अन्योल रहेको भन्दै घर निर्माणका बारेमा पुनःनिर्माण प्राधिकरणले जानकारी दिनुपर्ने बताए । सांसद राज्यलक्ष्मी श्रेष्ठ र गीता क्षेत्रीले आगलागी लाग्नाका कारणको पहिचान गरी आगामी दिनमा आगलागी हुन नदिनका लागि सचेतना जगाउन सरकारको ध्यानाकर्षण गराए । सांसद हरि नेपालले भूकम्पपीडितसरह आगलागी पीडितलाई राहत दिन माग गरे ।
मधेसबाट नयाँ संविधानको स्वामित्व ग्रहण माग
सांसद वृजेशकुमार गुप्ताले राजनीतिक भागबन्डा र स्वार्थभन्दा उठी भूकम्पपीडित जनतालाई छाना बनाउन लाग्नुपर्नेमा जोड दिए । मधेस आन्दोलनको मागलाई सरकारले किन सुन्न चाहँदैन भन्ने प्रश्न गर्दै उनले मधेसले नयाँ संविधानको स्वामित्व ग्रहण खोजेको हुँदा सो माग सम्बोधन गर्न माग गरे ।
सांसद गोपाल दहितले सरकारले विभिन्न देशको राजदूत नियुक्ति गर्दा योग्यता र क्षमताको भन्दा दलगत कार्यकर्ता नियुक्ति गरेको अरोप लगाउँदै संविधान संशोधनको माग गरे । सांसद यशोदाकुमारी लामाले नयाँ संविधानको कार्यान्वयनले मात्र सबै समस्याको समाधान हुने बताइन ।
सांसद कान्ता भट्टराईले वर्तमान सरकारलाई नै सहमतीय सरकारमा परिवर्तन गर्न सुझाव दिँदै सहमतीय सरकारले नै संविधान कार्यान्वयनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरिन ।
सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ सरकार गठन गर्न लाग्नुभन्दा वर्तमान सरकारलाई नै बलियो बनाई भूकम्पपीडित जनतालाई राहत दिन लाग्नुपर्छ भने ।
सांसद रुपा महर्जनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि ध्यान दिन राजनीतिक दलसँग आग्रह गर्दै शान्तिसम्झौता विपरीतका काम कहीँकतैबाट गर्नु नहुने धारण राखिन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: