तम्घास । गुल्मीको ठूलोलुम्पेक, सत्यवती–जैनडाडा लिफ्ट खानेपानी तथा सरसफाई योजनाको प्रथम अनुगमन तथा सार्वजनिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिविस, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण गुल्मीका वास सल्लाहकार विनोदप्रकाश लुहारको नेतृत्वमा ईन्जिनियर युवराज मरासिनी, प्राविधिक सहयोगी हरिभक्त अधिकारी, फिल्ड संयोजक हरिप्रसाद घिमिरे, प्राविधिक हुमलाल पाण्डे लगायतले आयोजनाको अनुगमन गरेका हुन् ।
अनुगमन तथा सार्वजनिक परिक्षणको अवसरमा ईन्जिनियर मरासिनीले योजनाको कूल लागत ४१ लाख ४५ हजार ५५ रुपैयाँ रहेको जानकारी दिए । यस योजनाका लागि गाउँ विकास समितिले ६ प्रतिशत, जिल्ला विकास समितिले ४ प्रतिशत, नेपाल सरकार र फिन्ल्याण्ड सरकारले ३५–३५ प्रतिशत लागत साझेदार गर्ने उनले बताए ।
यो योजना विद्युतीय प्रविधिबाट लिफ्ट गर्ने योजना भएकाले त्यसको लागि जिल्ला विकास समितिको ऊर्जा शाखाले ५० के.वि. क्षमताको ट्रान्समिटर, २५ वटा स्टील पोल र त्यसमा लाग्ने ३ फेज तारको लागि २३ लाख रुपैयाँ बरावरको टेण्डर प्रक्रिया अघि बढेको छ ।
उक्त परियोजनामा स्थानीय उपभोक्ताले २ प्रतिशत नगद सहित १८ प्रतिशत श्रमदान गर्ने स्थानीय जीतु तरामु मगरले बताए । यो परियोजनाले ग्रामीण पर्यटन विस्तारमा टेवा पुग्ने उपभोक्ता समितिका अध्यक्ष युवराज तरामु मगरले बताए ।
- खोमा तरामु मगर
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: