Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

सय रुपैयाँ बुझाउन एक हजार पाँचसय खर्च

डोटी । सुन्दा अचम्म लाग्छ, तर डोटी जिल्लाका धेरै ग्रामीण भेकमा बसोबास गर्ने जनताले रु १०० महसुल तिर्न एक हजार ५०० रुपैयाँ खर्च गर्नु परिरहेको छ । सदरमुकाम सिल्गढी, दीपायलबाट करिब ६० किलोमिटरभन्दा बढी टाढा बसोबास गरेका जनताले यस्तो समस्या भोग्ने गरेका छन् । नेपाल विद्युत् प्राधिकरण, मुख्य शाखा कार्यालय दीपायलमा विद्युत् महसुल बुझाउन जिल्लाका बाझकाकाँनी, कालिकास्थान, खातिवडा, दहकालिका लगायतका गाविसबाट उपभोक्ता आउने गरेका छन् । बाझकाकाँनीका नरेश खड्काले भने, “हामी त अलि नजिक छौँ, दहकालिका, खातिवडा लगायतका गाविसका जनताले त रु ३०० सम्म गाडी भाडा तिरेर महसुल बुझाउन आउनुपर्छ । त्यति मात्र होइन कहिलेकाहीँ विद्युत् कार्यालयको कम्प्युटर बिग्रियो वा पालो पुगेन भने दुई दिनसम्म दीपायलमै बस्नुपर्छ ।” दहकालिकाका भुवन दाहालका अनुसार गाउँमा टिभी पनि छैन, फ्रिज हँुदैन, मोटर छैन खाली बत्ती मात्र बाल्ने गर्छौं, महसुल कम आउँछ, कसैको त एक सय रुपैयाँसम्म पनि पुग्दैन । त्यही रकम तिर्न एक हजार ५०० भन्दा बढी रुपैयाँ खर्च हुन्छ । दाहालले थपे, “पहिला पहिला त नुन, तेल, साबुन, चिनी, लुगाकपडा ल्याउने निहुँले दीपायल आउँथ्यौँ, अहिले सबैकुरा यताको भन्दा गाउँमा पाइन्छ, पैसा नभए पनि व्यापारीको काम गरेर हामी सामग्री लिन्छौँ ।” बढ्दो महँगीसँगै हरेक सामग्रीको मूल्य बढ्दैछ, दिपायलका होटेलमा १४० भन्दा तलमा खाना पाइँदैन, सुत्नको तिर्नुपर्छ, गाडी भाडा महँगो छ, सिलगढीमा बस्दै आएका एक नागरिक सचेतक तेज डुम्रेलले बताए। विद्युत् प्राधिकरणको यो सरासर लापरबाही र ढिलासुस्ती भएको डुम्रेलको बुझाइ छ । गाउँमा बैंकिङ सेवा विस्तार भएका छन्, एनएमबी बैंकका शाखा खुलेका छन्, त्यसमार्फत समेत महसुल बुझाउन सहज बनाउन सकिन्थ्यो, तर विद्युत् प्राधिकरणले त्यसतर्फ ध्यान नदिँदा धेरै जनताले दुःख भोग्नु परेको छ । नेपाल विद्युत् प्राधिकरण दीपायलका प्रमुख नारायण चौधरीले डोटीका ती ग्रामीण भेकमा महसुल बुझाउने काउन्टर खोल्न समस्या हुने बताए । टाढा पनि छ र कर्मचारीको पनि अभाव रहेको उनको भनाइ छ । ती ग्रामीण भेकमा रहेका बैंकिङ सेवा दिइरहेका बैंकमार्फत महसुल बुझाउने व्यवस्था गरे सहज हुने देखिएकोले यस विषयमा विचार गरिने चौधरी बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies