Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

उत्तर कोरियाली नेता किमकाे बिश्वलाई चकित पार्ने भाषण

\"kimप्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले आफूले निशस्त्रीकरणका लागि संसारमा नै प्रयत्न गर्ने धारणा सार्वजनिक गरेका छन् । गएको जुन महिनादेखि कम्तीमा पनि ६ पटकसम्म क्षेप्यास्त्र परीक्षण गरी विवादमा आएको उत्तर कोरियाका नेताले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै सो धारणा राखेका हुन । उनले भने, एक आणविक राष्ट्रका हैसियतमा उत्तर कोरियाले जिम्मेवार रुपले संसारमा नै निशस्त्रीकरणका लागि प्रयत्न गर्ने नै छ । साथै उनले आणविक अप्रसार सन्धीको पालनका साथै यस सन्धीको इमान्दार प्रयोगमा पनि उत्तर कोरियाले प्रयत्न गर्नेछ । कोरियाको सत्तारुढ दल वर्कस् पार्टी अफ कोरियाको सातौँ कंग्रेसको सम्बोधनका क्रममा उनले उत्त धारणा राखेका हुन । आणविक परीक्षणका कारण निकै विवादमा तानिएको भनिएको कोरियाको उक्त कदमको संसारमा नै विरोध भइरहेको भएपनि उनले पहिलो पटक यस्तो धारणा सार्वजनिक गरेका हुन । उनले आफ्नो देशले यस्तो क्षेप्यास्त्र परीक्षणको काम अरु कसैको खतराका लागि गरेको नभई आफ्नो देशका विरुद्धमा हुनसक्ने सार्वभौमसत्ताको हमलाका विरुद्धमा गरिएको पनि स्पष्ट पारे । नेता किमले उत्तर कोरियाले आणविक विकास र आर्थिक विकासको काम एकै पटक गरिरहेको जानकारी पनि सो सम्बोधनका क्रममा भने । अहिलेको अवस्थामा र क्रान्तिकारी कारणले गर्दा देशमा आर्थिक विकासलाई पनि साथसाथै अघि बढाउन सजिलो नभएपनि गर्नु परेको उनको भनाई छ । किमले देशको आर्थिक विकासलाई अघि बढाउन आफ्नो पार्टीले कडा परिश्रम गरिरहेको जानकारी पनि सो सम्बोधन मार्फत दिएका छन् । राष्ट्रिय पुनःएकीकरण पहिलो एजेण्डा यसैबीच सोही सम्बोधनका क्रममा नै उनले राष्ट्रिय पुनःएकीकरण आफ्नो पार्टीको पहिलो एजेण्डा भएको धारणा राखेका छन् । उनले राष्ट्रिय रुपमा पुनःएकिकरणका लागि बहस चलाउने र त्यसका लागि आवश्यकता बोध गराउने काम आफ्नो पार्टीले गर्ने स्पष्ट गरे। यसका लागि दक्षिण कोरियासँगको सम्बन्धमा पनि जोड दिइने उनले व्यक्त गरेको बिचारमा उल्लेख गरिएको छ । राष्ट्रिय रुपमा एकीकरणको लागि दक्षिण कोरियासँगको सम्बन्ध आधारभूत रुपमा नै बलियोसँग अघि बढाइने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफ्नो सम्बोधनमा भने, दुवै राष्ट्रले एक अर्काको सम्मान गर्नुपर्छ र वास्तविक रुपमा सम्बन्ध सुधारका लागि एक आपसमा सम्मानका हात फैलाउन पनि सक्नुपर्छ । उनले यसरी आफ्नो सम्बोधनमार्फत दक्षिण कोरियाका लागि सम्बन्ध विस्तार गर्न आह्वान गर्नुलाई सकारात्मक रुपमा नै लिइएको बताइएको छ । साथै उनले दक्षिण कोरियालाई मुठभेडको मानसिकता त्याग्न र कानुनी एवम् अरु धेरै किसीमका बाधा ब्यबधानहरुलाई अघि सारेर एकीकरणका निम्ति पर्नसक्ने अप्ठेराहरुलाई विर्सेर व्यवहारिक रुपमा सम्बन्ध सुधारको मार्गमा लाग्न पनि आग्रह गरेका छन् । उनले सम्बन्ध सुधारका लागि वार्ता र सहमतिका माध्यमबाट अघि बढ्न सकिएमा यसले आगामी दिनमा सबैका लागि सहज हुने पनि बताए । दुवै देशका सबै तहमा वार्ता र सहमतिको वातावरणले नै दुवैतर्फको समृद्धिमा सहयोग पुग्ने भन्दै नेता किमले सार्थक वार्ताका माध्यमबाट नै सबै पक्ष सहमतिमा पुग्न सकिने बताए ।  सिन्ह्वा  /एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy