Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

जलविद्युत् कम्पनीको सेयर प्रमाणपत्र वितरण शुरु

\"electricity-hightensionकाठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनीले साधारण सेयर जारी गरेको चार महिनापछि सोमवारबाट प्रमाणपत्र वितरण शुुरु गरेको छ । जलविद्युत् क्षेत्रमा लगानी जुटाउनका लागि स्थापना गरिएको कम्पनीले गत पुस २९ गते सेयर बाँडफाँड गरेको थियो । प्रमाणपत्र छपाइलगायत अन्य प्राविधिक काम मिलाउनका लागि लामो समय लागेका कारण सेयर प्रमाणपत्र वितरणमा समस्या रहँदै आएको थियो । कम्पनीले सोमबार एक सार्वजनिक सूचना प्रकाशित गरी जुन स्थानबाट सेयर आवेदन गरिएको हो सोही स्थानबाट प्रमाणपत्र लिन आग्रह गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले कम्पनीको सेयरमा उत्साहपूर्वक सहभागी हुनुभएका सबै सेयरधनीले आफूले आवेदन गरेकै स्थानबाट सेयर प्रमाणपत्र लिन आग्रह गरे । कम्पनीको सेयरका लागि न्यूनतम ५० कित्तादेखि ८० कित्तासम्म आवेदन दिनेले जनही १० कित्ता पाएका थिए । यस्तै ९० देखि ५०० कित्तासम्म आवेदन गर्नेलाई ११.४ प्रतिशतका दरले र त्यसमाथि आवेदन दिनेले २.९ प्रतिशतका दरले वितरण गरिएको थियो । कम्पनीले रु दुई अर्बको साधारण सेयर निष्कासन गर्दा करिब २२ गुणा बढी आवेदन गरेको थियो । सो आधारमा हेर्दा रु ४३ अर्ब बराबरको आवेदन भएको थियो । कम्पनीले हाल विभिन्न ११ वटा जलविद्युत् आयोजनामा लगानी गरेको छ भने रेमिट हाइड्रोलाई पनि अगाडि बढाएको छ । विद्युत् विकास विभागले समयमै अनुमति नदिँदा रेमिट हाइड्रोको काममा केही व्यवधान उत्पन्न हुँदै आएको छ । कम्पनीका अनुसार हालसम्म विभिन्न आयोजनामा रु आठ अर्ब बराबरको लगानी गरिसकिएको छ । सेयरधनीले प्रमाणपत्र लिन जाँदा आवेदनका क्रममा दिइएको अर्धकट्टी र नागरिकताको प्रतिलिपि पनि लैजानुपर्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सहायक बिक्री प्रबन्धकमा एनएमसी क्यापिटल मर्चेन्ट बैंकिङ र एनएमबी क्यापिटल लिमिटेड रहेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy