Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

नेपाली इतिहासमा यसरी काटिएका थिए एक राजा

\"etehas_20150605112148-750\"करिव २ हजार वर्ष प्रत्यक्ष अप्रत्यक्ष शासन गरेको राजाहरुको इतिहासमा नेपालमा बडो अचम्मको छ । ती राजाहरुका इतिहास एकसे एक रोमाञ्चक बनाउने घटनाहरु छन् । इतिहासका पानाहरु पल्टाउँदै जाँदा यस्तो लाग्छ त्यहीबेलाका दरबारहरु केवल षडयन्त्र गर्नका लागि नै बनाइएका थिए । को कति बेला कहाँ काटिने हो केही मेसो पाउँने अवस्था थिएन । त्यस्ते षड्यन्त्रमा परि ज्यान गुमाउने राजाहरु मध्ये एक हुन् पाटनका राजा विश्वजित मल्ल । पाटनका राजा योगनरेन्द्र मल्लले उत्तराधिकारीविहीन हुनुपर्ने पुत्रशोकमा परेर राजपाट त्यागेपछि उनका छोरीतर्फका नाति विष्णु मल्ल पाटनको राजा भएका थिए । विष्णु मल्लले गद्दी सम्हालेपश्चात् पाटन राज्यको दुर्दशा प्रारम्भ भएको कुरामा सबै इतिहासकार सहमत छन् । पाटनको इतिहासको यही अँध्यारो युगमा देखा परेका थिए ६ जना प्रधान यी प्रधानहरू पाटनमा कति शक्तिशाली थिए भने उनीहरूले जसलाई चाह्यो उसलाई राजा बनाउन र हटाउन सक्थे । यही क्रममा ती प्रधानले राज्यप्रकाश मल्ल (काठमाडौंका राजा जयप्रकाश मल्लका भाइ), जयप्रकाश मल्ल (काठमाडौंका राजा), रणजित मल्ल (भक्तपुरका राजा), विश्वजित मल्ल, दलमर्दन शाह (पृथ्वीनारायण शाहका भाइ) तथा तेजनरसिंह मल्ललाई पालैपालो पाटनको राजा बनाए । यसै क्रममा राजा भएका विश्वजित मल्ल (जो राजा विष्णु मल्लका छोरीतर्फका नाति थिए) पाटनको राजा हुन पुगेका थिए । उनले पाटनमा वि.सं. १८०९ देखि १८१५ सम्म शासन गरेका थिए । राजा विश्वजित मल्ल शासकीय रूपमा कुशल थिए । आफ्नो राजकीय कुशलताका कारण उनी पाटनका ६ जना प्रधानको चकचकी कम गर्न केही हदसम्म सफल भएका थिए । उनको सफलताका कारण आफ्नो प्रभाव कम हुँदै गएको अनुभव गरेपछि ती ६ प्रधानमध्ये एकले राजा विश्वजित मल्लमाथि आफ्नी श्रीमतीसँग अनुचित सम्बन्ध राखेको आरोप लगाए । त्यही आरोपको आडमा ती ६ प्रधानले पाटनका जनतालाई राजाविरुद्ध विद्रोहका लागि उक्साए । पाटनका जनता पनि ६ प्रधानको कुरामा सहमत भएपछि राजा विश्वजित मल्ललाई एउटा सशस्त्र विद्रोहमार्फत् गद्दीबाट हटाइयो । यसरी गद्दीबाट हटाइएका विश्वजित मल्ललाई पक्राउ गरेपछि ६ प्रधानले भविष्यमा सत्य कुरा प्रकाशमा आउन नपाओस् भनेर राजा विश्वजित मल्ललाई हाल पाटन दरबार स्क्वायरमा रहेको तलेजु भवानीको मन्दिरको मूलढोकामा दसैंको बोका पर्साएसरह पर्साएर काटेका थिए । भनिन्छ, राजा विश्वजित मल्ललाई काट्दा अचानो बनाइएको काठ तलेजु मन्दिरमा अझै पनि छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy