Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

भेटियो पृथ्वीकै सबैभन्दा अग्लो चुचुरो : सगरमाथाको सान खतरामा

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा हो भन्ने कुरामा विवाद छैन । समुद्री सतहबाट ८ हजार ८४८ मिटर अग्लो सगरमाथा मात्र होइन विश्वका ८ हजार मिटर अग्ला १४ मध्ये ८ वटा चुचुरा हाम्रै देश नेपालमा पर्दछन् । अंगे्रजी पत्रिका डेलीमेलले खबर लेखेको छ– तर विश्वको सबैभन्दा अग्लो शिखरको रुपमा सगरमाथाले पहिरिँदै आएको ताज भने खोसिने जोखिम बढेको छ । वैज्ञानिकहरुले विश्वको सर्वोच्च शिखरको ताज सगरमाथाबाट खोसेर मध्य अमेरिकी इक्वेडरको चिम्बोराजो पर्वतलाई दिइनुपर्ने बताएका छन् । चिम्बोराजो \"Mount-Chimborazo-in-Ecuador-750\" पृथ्वीको केन्द्रबाट मापन गर्न चिम्बोराजोको उचाइ सगरमाथाको उचाइ भन्दा २ माइल बढि पाइएको छ । पृथ्वीको केन्द्रबाट चिम्बोराजोको उचाइ ३ हजार ९६७ माइल रहेको छ भने सगरमाथाको उचाई ३ हजार ९६५ माइल रहेको छ । पृथ्वी पूर्ण गोलाकार नभएको र भूमध्यरेखिय क्षेत्रमा बढि फुकेको भएको कारणले गर्दा भूमध्य रेखिय क्षेत्रको नजिक पर्ने चिम्बोराजोको उचाई पृथ्वीको केन्द्रबाट निकै बढ्न पुगेको हो । पृथ्वीको भुमध्यरेखिय क्षेत्रको अर्धव्यास ध्रुविय क्षेत्रको भन्दा १३ माइल बढि छ । सगरमाथा पृथ्वीको उत्तरी गोलार्धमा पर्दछ । जबकी समुद्री सतहबाट भने सगरमाथाको उचाई २९ हजार २८ फिट छ । सगरमाथा भन्दा ८ हजार ५२९ फिट होँचो चिम्बोराजोको उचाइँ भने जम्मा २० हजार ५ सय फिट रहेको छ । फ्रान्सको इन्स्टिच्युट डी रिचर्से पोर ले डेभलपमेन्ट नामक संस्थाले गरेको पछिल्लो मापन अनुसार चिम्बोराजोको चुचुरो पृथ्वीको केन्द्रभन्दा ३ हजार ९६७ माइल अग्लो रहेको छ । यदि पृथ्वीको केन्द्रबाट मापन गर्ने हो भने ३ हजार ९६५ माइल अग्लो सगरमाथा त विश्वका अग्ला २० शिखरहरु भित्र पनि पर्दैन । चिम्बोराजो हिमाल आरोहण सुरु भएको २८० औँ वर्षगाँठका अवसरमा यो तथ्यांक सार्वजनिक गरिएको छ । चिम्बोराजोको आरोहण सन् १७३६ मै सुरु भएको थियो । गत फेब्रुअरीमा फ्रान्सको उक्त संस्थाको अगुवाइमा शोधकर्ताहरुको एक टोलीले चिम्बोराजो हिमालको सफल आरोहण गरेको थिया । शोधकर्ताहरुको चिम्बोराजोको चुचुरोमा २ घण्टा बिताएर स्याटेलाइट डाटाहरु संकलन गरेका थिए । आरोहण सकेर हिमालको फेँदीमा आइसकेपछि शोधकर्ताहरुले चिम्बोराजो हिमाल पृथ्वीको केन्द्रबाट झण्डै ६३ लाख ८४ हजार ४ सय १५ अग्लो रहेको पत्ता लगाउन सफल भए । यो सँगै उनीहरुले चिम्बोराजो सगरमाथा भन्दा अग्लो रहेको निष्कर्ष निकालेका छन् । स्मरण रहोस् सगरमाथाको ताज खोस्ने प्रयत्नहरु यसअघि पनि नभएका होइनन् । कतिपयले पृथ्वीको सबैभन्दा अग्लो चुचुरोको रुपमा अमेरिकाको मौनाकीलाई लिने गर्दछन् । मौनाकी \"Mauna-Kea-in-Hawaii-750\" वास्तवमा समुद्रको पिँधबाटै मापन गर्नेहो भने मौनाकी सगरमाथा भन्दा निकै अग्लो छ । तर समुद्रको सतहभन्दा माथि उठेको भाग भने सगरमाथा भन्दा निकै होँचो छ । अर्को रोचक कुरा, यदि तपाइँले विश्वको भूगोल तथा इतिहासका बारेमा पढ्नुभएको छ भने थाहा पाउनुभएकै होला एउटा कुरा । सगरमाथाको उचाइ पत्ता लाग्नुअघि विश्वको सबैभन्दा अग्लो शिखरको रुपमा उहीँ चिम्बोराजो हिमालकै नाम थियो । सगरमाथा पत्ता लागेपछि चिम्बोराजो निकै होँचो ठहरियो । अहिले फेरि पृथ्वीको केन्द्रबाट नापेरै भएपनि यसले आफ्नो ताज फिर्ता लिने कोसिस गर्दैछ । चिम्बोराजो र सगरमाथाबीच यसरी तुलना गरौँ सगरमाथा चिम्बोराजो स्थानः हिमालय, नेपाल कर्डिलेरा अक्सिडेन्टल, इक्वेडर समुद्री सतहबाट उचाइः २९ हजार २८ फिट २० हजार ५ सय फिट पृथ्वीको केन्द्रबाट उचाइः ३,९६५ माइल ३,९६७ माइल आरोहण गर्न लाग्ने तयारीः ४० दिन १४ दिन पहिलो आरोहणः सन् १९५३ सन् १८०२ \"Mt._Everest_from_Gokyo_Ri_November_5,_2012_Cropped-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies