Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

निश्कर्षमा नपुग्ने आन्दोलन जारी राख्ने कि वार्तामा आउने ?

\"federal टिप्पणी, काठमाडौं । संविधान जारी हुनुअघिदेखि नै आन्दोलन थालेका मधेसवादी दलहरुको आन्दोलन अझै टुंगिएको छैन । संविधान जारी नहुँदै सीमांकनमा असन्तुष्टी जनाउँदै आन्दोलन थालिएपछि संविधान जारी हुनेदेखि रुपान्तरित ब्यवस्थापिका संसद हुँुदै संविधानको पहिलो संशोधनसमेत भइसकेको छ । आन्दोलनरत पक्षको माग सम्बोधन गर्न भन्दै संविधान जारी गरिएको चार महिना नपुग्दै संविधान संशोधन गरियो । मधेसवादी दलले आन्दोलन शुरु गरिसकेपछि सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकाल पनि आठ महिनाभन्दा बढी भइसकेको छ । चार महिना मधेसका कडा आन्दोलन गरेको चार दलीय संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सात दलीय हुँदै अहिले जनजातिहरुको समेत साथ लिएर २९ दलीय हुन पुगेको छ । २९ दलीय मधेसी–जानजाति गठबन्धनले राजधानी केन्द्रित आन्दोलन थालेको पनि दश दिन नाघिसकेको छ । तर आन्दोलन न त उत्कर्षमा उठ्न सकेको छ न त कुनै निकासको बाटो समातेको छ । दैनिक एक डेढ सय जनाको समूहले राजधानीको विभिन्न ठाउँमा प्रदर्शन गर्दै मधेसी–जनजाति गठबन्धनले आफूहरु आन्दोलनमै रहिरहेको सन्देश प्रवाह गरिरहेको छ भने मधेसी नेताहरु फेरि मधेसतिर फर्किनुपरे कठोर आन्दोलन गर्ने संकेत गरिरहेका छन् । मधेसी दलहरुमा वार्ताप्रति नैराश्यता आफूहरु मधेस हुँदै सिंहदरबारको ढोका ढक्ढक्याउन आउँदा समेत माग पूरा नगरे कठोर आन्दोलन हुने मधेसी नेताहरुले चेतावनी दिइरहेका छन् । तर कठोर आन्दोलन गर्ने घोषणा गरेपनि लामो समयसम्म मधेसी जनताले साथ दिनेमा उनीहरु नै विश्वस्त छैनन् । सहमतिबाट नै अघि बढ्नुपर्ने भन्दै मधेसवादी दलहरुले विगतको आन्दोलनसँगै वार्ता र संवादहरु पनि जारी राखेका थिए । तर आन्दोलन पनि उठ्न नसक्नुका सार्थ वार्ताबाट पनि निकास निस्कने नदेखेपछि मधेसी नेताहरुमा नैराश्यता छाएको छ । एक पटक फेरि प्रयास सयौं पटक भएका वार्ता र संवादबाट निकास ननिस्किएको भन्दै मधेसीवादी दलहरुले पछिल्लो समय वार्तामै भाग नलिने बताइरहेका छन् । आफूहरुको मागमा सरकार गम्भीर नबनेको भन्दै मोर्चाले वार्तामा आउन आनाकानी गरेर मात्र पनि निकास निस्कने सम्भावना छैन । त्यसैले मोर्चाले विगतका वार्ता र संवादका प्रक्रियालाई विर्सिएर पुनः एक पटक सहमतिको प्रयास गर्नु जरुरी छ । सरकारले वार्ताका लागि पटक पटक आह्वान गरेको छ । मंगलबार मात्र पनि आन्दोलनरत दलहरु समेतलाई बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलीय बैठक आह्वान गरे । प्रधानमन्त्रीले बोलाएको मंगलबारको बैठकमा पनि आन्दोलनरत दलहरु सहभागी भएनन् । वार्तामै नबसेपछि आन्दोलनरत पक्षले आन्दोलन उत्कर्षमा पुर्याउन सक्नुपर्छ । आन्दोलनबाटै सरकारलाई सरकारलाई कमजोर बनाएर आफ्नो एजेण्डा स्थापित गर्न सकेमात्रै आन्दोलनको औचित्य रहन्छ । अन्यथा सरकारले बोलाएको वार्ता र वार्तामै भाग नलिने आन्दोलनरत पक्षको ल्याङल्याङले निकास निस्कन सक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies