Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बजेटअनुसार सरकारकाे लक्ष्य पूरा हाेला ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७३/७४ मा ६ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । त्यसैगरी, सरकारले आगामी आर्थिक वर्ष मूल्यवृद्धि ७ दशमलव ५ प्रतिशतमा कायम राख्ने लक्ष्य पनि राखेको छ ।

\"Bishnu-Paudel,तर, यो लक्ष्य प्राप्त हुन कठिन रहेको अर्थविदहरुले बताएका छन् । आगामी आर्थिक वर्षमा मूल्यवृद्धि नियन्त्रणबाहिर जाने पनि अर्थविदहरुले दाबी गरेका छन् ।

पूर्वअर्थसचिव रामेश्वर खनालले आगामी आर्थिक वर्षको मुलुकको आर्थिक वृद्धिदरको सरकारी लक्ष्य प्राविधिकरुपमा सहज देखिए पनि व्यवहारिकरुपमा भने कठिन हुने बताए ।

चालू आर्थिक वर्षमा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ० दशमलव ७७ प्रतिशतमात्रै प्राप्त हुने संसोधित अनुमान छ ।

वितरणमुखी बजेट भएकाले राजस्व उठाइएको रकम पुँजीगतमा भन्दा साधारणमा बढी खर्च भयो भने मूल्यवृद्धि ७ दशमलव ५ प्रतिशतमा राख्न सकिँदैन ।’

‘कूल गाह्रस्थ उत्पादन (जिडिपी)को २५ प्रतिशत राजस्व असूलीको लक्ष्य राखिएको छ, राजस्व संकलन गरी विकास निर्माणमा सरकारी खर्च बढाइयो भने मूल्यवृद्धि ७ दशमलव ५ प्रतिशतमा राख्न असंभव भने छैन,’ खनालले भने, ‘तर वितरणमुखी बजेट भएकाले राजस्व उठाइएको रकम पुँजीगतमा भन्दा साधारणमा बढी खर्च भयो भने मूल्यवृद्धि ७ दशमलव ५ प्रतिशतमा राख्न सकिँदैन ।’

त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मूल्यवृद्धिको सरकारी लक्ष्य प्राप्त हुन निकै कठिन भएको प्रतिक्रिया दिए । तलब भत्ता बढाइएको र वितरणमुखी बजेट भएकाले लक्ष्य प्राप्त गर्न कठिन भएको उनले बताए ।

‘बजेटको आकार बढाइएको छ, कर्मचारीको तलब बढाइएको छ, सामाजिक सुरक्षा भत्ता बढाइएको छ, अन्य क्षेत्रमा पनि वितरण तथा अनुदानमुखी बजेट छ,’ मुरारकाले भने, ‘यस्तो अवस्थामा मूल्यवृद्धिको लक्ष्य प्राप्त गर्न निकै कठिन छ ।’

योजना आएको सिलिङभन्दा सरकारले १ खर्ब ३९ अर्ब ९२ करोड रुपैयाँले बजेटको आकार बढाएर विस्तारकारी वित्तीय नीति अंगालेकाले आगामी आर्थिक वर्षमा मूल्यवृद्धि नियन्त्रणबाहिर जाने पनि अर्थविदहरुले दाबी गरेका छन् ।

यसैगरी अर्थशास्त्री राधेश्याम मालाकारले बजेटमा कृषि तथा जलविद्युतमा गर्न लागिएको लगानीले रोजगारी सिर्जना गर्ने तथा त्यसले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने बताए ।

उनले मुलुकमा संविधानको कार्यान्वयन, दीगो विकास तथा ठूला परियोजना सुरु गर्नका लागि बजेट केन्द्रित हुन नसकेको बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies