Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

कांग्रेसले माग्यो अर्थमन्त्रीको राजीनामा, सरकारले वित्तीय अनुशासन लत्याएको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वित्तीय अनुशासनलाई लत्याएर सरकारले बजेट ल्याएको भन्दै अर्थमन्त्रीको राजीनामा मागेको छ । बजेट वितरणमुखी भएको र कार्यान्वयन हुनै नसक्ने विषय समेटेको भन्दै आलोचना गर्दै आएको कांग्रेसले त्यसविरुद्ध संसद बैठकमा सशक्तरुपमा प्रस्तुत हुने निर्णयसमेत गरेको छ ।

\"congressशनिबार सार्बजनिक बजेटको समिक्षा गर्न आइतबार संसद भवन नयाँबानेश्वरमा कांग्रेसका संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको थियो । बैठकमा पूर्वअर्थमन्त्रीहरुलाई पनि बोलाइएको थियो ।

बैठकमा सांसद विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, रामहरि खतिवडा लगायतले बजेटको आकार र प्राथमिकताहरु बजेट सार्बजनिक हुनुभन्दा अघि नै सञ्चार माध्यमबाट सार्बजनिक भएको आलोचना गरेका थिए । उनीहरुले आर्थिक अनुशासन कायम गर्न नसक्ने अर्थमन्त्री विष्णु पौडेलको राजीनामा माग्नुपर्ने आवाजसमेत उठाएका थिए ।

सांसद खतिवडाले भने, ‘संसदलाई जानकारी नगराई अन्यत्रैबाट बजेट ल्याएर पढ्ने काम मात्रै भएकोजस्तो देखिएको छ । त्यसैले संसदभन्दा पहिले अन्यत्रै जानकारी गराउने अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ ।’

बजेट कार्यान्वयन हुनै नसक्ने दाबी

बैठकपछि नेता रमेश लेखकले आर्थिक अनुशासनलाई लत्याएर सरकारले ल्याएको बजेट कार्यान्वयन हुनै नसक्ने दाबी गरे ।

कंग्रेस नेता प्रकाशशरण महतले बजेट कार्यान्वयनका लागि संरचनागत र नीतिगत कुनै व्यवस्था नभएकाले यो कोरा कल्पनामा मात्रै सिमित हुने टिप्पणी गरे । अनावश्यक रुपमा आकार ठूलो बनाएर वितरणमुखी ढंगबाट ल्याइएको बजेटले लक्ष्य अनुसारको स्रोत जुटाउन नसक्ने उनको भनाइ थियो ।

पूर्वअर्थमन्त्रीहरु महेश आचार्य र रामशरण महतले बजेटले मुद्रास्फृति बढ्ने र आर्थिक क्षेत्र धराशायी हुनसक्ने खतरा औंल्याएका थिए ।

कांग्रेस सांसदहरुले अर्थमन्त्रीको राजीनामाको विषयलाई भोलि बस्ने संसद बैठकमा प्रमुखताका साथ उठाउने तयारी गरेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies