Ntc summer Offer
Khabar Dabali ९ कार्तिक २०८१ शुक्रबार | 25th October, 2024 Fri
Investment bank

बजेटबारेको छलफलमा कांग्रेसको उपद्रो, छलफल सूचारू हुन सकेन

\"congressकाठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले ब्यवस्थापिका संसदमा शनिवार पेश गरेको आर्थिक वर्ष २०७३/७४ को बजेटबारे छलफल गर्न भन्दै सोमवारदेखि डाकिएको बैठकमा कांग्रेस नेताहरुले अवरोध गरेपछि बैठक सूचारु हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सोमबार तेस्रो पटक पनि बैठक स्थगित गरियो । बजेट महत्वकांक्षी र वितरणमुखी भएकाले कार्यान्वयन हुन नसक्ने ठहर गरेको कांग्रेसले संसदमा भने बजेट जारी गर्नुअघि नै सार्वजनिक गरिएको भन्दै उपद्रो मच्चाएका छन् । सोमबार बिहान बसेको व्यवस्थापिका संसदको बैठक कांग्रेसले कांग्रेसले पटक पटक अवरोध गरेको छ । कांग्रेसको अवरोधकै कारण बैठक तीन पटक स्थगित भएको हा । बजेटमाथिको छलफल शुरु गर्नका लागि शुरु गरिएको बैठकको प्रारम्भमै नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री डा।रामशरण महतले बजेट सार्वजनिक हुनुअघि नै पत्रपत्रिकामा सूचना चुहाएको भन्दै छानविनको माग गरे । महतले बजेट जारी हुनुअघि नै पत्र–पत्रिकाबाट सार्वजनिक भएकोमा आपत्ति जानाउँदै छानबिनको माग गरेपछि आधा घन्टा स्थगित भएको थियो । आधा घन्टापछि पुनः शुरु भएको बैठकमा कांग्रेसका अर्का सांसद रमेश लेखकले पुनः बजेट पहिले नै पत्रिकामा आएकोबारेमा छानबिनको माग गरे । लेखकलाई साथ दिँदै कांग्रेस सांसदहरुले उठेर विरोध जनाए । कांग्रेसको विरोधपछि पुनः दिउँसो १ः ३० बजेसम्मका लागि स्थगित गरिएको थियो । पुन शुरु भएको बैठकमा कांग्रेस नेता महेश आचार्यले सोही विषयमा आपत्ती जनाएपछि कांग्रेस सांसदहरु उठेर बैठक सूचारु हुन नदिएपछि पुनः तीन बजेका लागि बैठक स्थगित भएको सभामुख ओनसरी घर्तीले घोषणा गरेकी थिइन् । बजेटबारे छलफल गर्ने समय तीन दिन मात्रै तय गरिएकाले सभामुखले बैठक अघि बढाउने प्रयत्न गरेकी हुन् । बजेटबारे सोमवार, मंगलबार र बुधबार तीन दिन छलफल गर्ने कार्यक्रम तय गरिएको छ । छलफलमा उठेका प्रश्नको जेठ २० गते अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy