Ntc summer Offer
Khabar Dabali ९ कार्तिक २०८१ शुक्रबार | 25th October, 2024 Fri
Investment bank

प्रचण्डले थाले सरकार गठनको नयाँ कोर्ष, कांग्रेसले साथ नदिने

\"Prachanda-oli\"काठमाडौं । आर्थिक वर्ष २०७३/७४ को बजेट ब्यवस्थापिका संसदमा पेश भए लगत्तै नयाँ सरकार गठनको कोर्ष शुरु भएको छ । तीन साताअघि मात्रै नेपाली कांग्रेससँगको सहमतिमा सरकार गठन गर्ने निर्णय एकै दिनमा उल्ट्याएर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग नै नौं बुँदे सहमति गरेका थिए । नौं बुँदे सहमतिका साथै प्रधानमन्त्री ओली प्रचण्डबीच अर्को गोप्य तीन बुँदे सहमतिसमेत भएको थियो । उक्त गोप्य सम्झौता पनि संसदमा बजेट पेश भए लगत्तै सार्वजनिक भएको छ । बजेट लगत्तै प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने सहमति गर्दै एमाले–माओवादी गठबन्धनलाई नतोड्ने दुई पक्षको सहमति भएको थियो । सोही सहमतिअनुसार प्रधानमन्त्री ओलीले अबको चार दिनपछि पदबाट राजिनामा दिनुपर्नेछ । ‘वर्तमान सरकारले आगामी आ.व.७३÷७४ को बजेट सदन समक्ष प्रस्तुत एवम् पारित गरेपछि तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा गर्ने, नेकपा एमालेको प्रस्ताव एवम् सहभागितामा एनेकपा (माओवादी)का अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने’ भनी एमाले र तत्कालिन एमाआवादीबीच सहमति भएको स्रोतको दाबी छ । सोही सहमतिअनुसार नै नवगठित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकार गठनको नयाँ कोर्ष शुरु गरेको स्रोतको दाबी छ । बजेट पारित भएलगत्तै ओलीले राजिनामा गर्ने भएकाले सरकार गठनकै बारेमा छलफल गर्न प्रचण्ड सोमवार विहानै ओली निवास पुगेका थिए । उक्त भेटका क्रममा दुई नेताबीच विहान भएको भेटवार्तामा पछिल्लो राजनीतिक परिस्थिति र बजेटका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उनीहरुबीच सरकार परिवर्तन लगायत देशका पछिल्लो राजनीति परिस्थितिबारे छलफल भएको स्रोतको भनाइ छ । बजेटमा तामाकोशी जलविद्युत आयोजनामा जनयुद्धका सहिद परिवारलाई १० लाख बराबरको शेयर दिने विषय नसमेटिएको भन्दै प्रचण्डले असन्तुष्टी ब्यक्त गरेका थिए । एमाले र माओवादीबीच बजेटमा तामाकोशीमा सहिद परिवारलाई १० लाख बराबरको सेयर दिने तथा किसानलाई पेन्सन दिने लगायतको विषय समेट्नेबारेमा सहमति भएको थियो । अब पनि एमालेकै सहभागितामा आफू नेतृत्वको सरकार बनाउने सहमति भएकाले माओवादीले बजेट पारित गर्न सहयोग गर्ने भएको छ । माओवादी संसदीय दलको आइतबार बसेको बैठकले संसदमा बजेटमा नसमेटिएका विषयमा आलोचनात्मक समर्थन जनाउने निर्णय गरिसकेको छ । नयाँ सरकार गठनको पक्षमा एमाले नेता माधव नेपाल पनि उभिएका छन् । सहमतिअनुसार नै अघि बढ्नुपर्ने उल्लेख गर्दै उनले राजनीतिक बेइमानी गर्न नहुने बताएका छन् । केही दिनदेखि ओलीसँग रुष्ट बन्दै गएका नेता नेपालले ओली सरकारलाई लामो समय टिक्नै नदिने रणनीतिमा रहेको स्रोतको दाबी छ । उता, प्रचण्ड नेतृत्वमै सरकार बनाउने सहमति भएको २४ घण्टा नबित्दै प्रचण्डले बेइमानी गरेको प्रमुख विपक्षी दल कांग्रेसको आरोप छ । सरकार गठनमा माओवादीसँग अब कुनै पनि विषयमा छलफल हुनै नसक्ने कांग्रेस नेता डा.शेखर कोइरालाले आफू निकट पत्रकारहरुको भेटमा स्पष्ट गरेका छन् । कांग्रेसले प्रचण्ड नेतृत्वको सरकार गठनको नयाँ कोर्षमा पनि असहयोग गर्ने रणनीति लिएको स्रोतको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy