Ntc summer Offer
Khabar Dabali ९ कार्तिक २०८१ शुक्रबार | 25th October, 2024 Fri
Investment bank

राजेन्द्र महतो मधेस झरेपछि उपेन्द्रले ल्याए आन्दोलनको नयाँ कार्यक्रम

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मधेस झरेपछि मोर्चाका नेता उपेन्द्र यादवले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेका छन् । नयाँ संविधान जारी नहुँदैदेखि थालेको मधेस आन्दोलन सफल नभएपछि जेठ १ देखि जनजातिसमेतको साथमा राजधानी केन्द्रित आन्दोलन थाले पनि सरकारले वेवास्ता गरेपछि मोर्चाका नेता उपेन्द्र यादवले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । १५ दिनभन्दा बढी राजधानी केन्द्रित आन्दोलन गर्दा पनि सरकारले नसुनेपछि मोर्चाका नेता महतो भने मधेस झरेका छन् । \"birgunj-2\"आफूहरुको माग पूरा नभएसम्म काठमाडौं नछाड्ने बताएका महतो आइतबार बीरगञ्जको आन्दोलनको अगुवाइ गरेका थिए । संविधान पुनर्लेखन सहित २६ बुँदे माग अघि सार्दै राजधानी केन्द्रित आन्दोलन जारी राखेको संघीय गठबन्धनमा पछिल्लो समय विवाद छ । उपेन्द्र यादव तथा जनजाति नेताहरुबाहेक मधेसी मोर्चाका नेताहरुले संविधान पुनर्लेखनको माग आफूहरुको नभएको स्पष्ट गरिसकेका छन् । महतो र उपेन्द्रबीच विवाद भइरहँदा महतो नभएको मौका पारी उपेन्द्रले सोमबार राजधानी केन्द्रित आन्दोलनकै नयाँ कार्यक्रम सार्वजनिक गरेका छन् । गठबन्धनको तर्फबाट सार्वजनिक गरिएको कार्यक्रमअनुसार जेठ २५ गतेदेखि राजधानीमै रिलेअनसन गर्ने रहेको छ । महतो लगायत मधेसी मोर्चाका नेताहरु भने मधेसमै आन्दोलन चर्काउनुपर्ने पक्षमा छन् । यस्तो छ आन्दालनको कार्यक्रमः १. २०७३ जेष्ठ २५ गतेदेखि असार मसान्तसम्म प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौँको शहीद मञ्चमा रिले अनसन बस्ने । २. गठबन्धनका प्रत्येक घटकबाट आ–आफ्ना भातृ सङ्गठनहरूलाई पनि सहभागी गराएर प्रत्येक दिन १÷१ जना अनसन बस्ने । ३. आन्दोलनलाई प्रभावकारी बनाउन प्रत्येक दिन ३ बजे पश्चात् अनसन स्थलमा साहित्यिक कार्यक्रम, सांस्कृतिक सभा र जनसभाको आयोजना गर्ने । ४. प्रदेश तथा जिल्लाहरूले पनि गठबन्धनका घटक दलहरूको बैठक बसी यस्तै प्रकृतिका आन्दोलनका कार्यक्रमहरू तय गर्न सकिने । ५. अन्य कार्यक्रमहरू आवश्यकता अनुसार गठबन्धनले सार्वजनिक गर्ने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy