Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

एमाले शिक्षक पक्रिइए यौनदुर्व्यवहारको आरोपमा

हेटौडा, आफैंले पढाउने छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा यहाँस्थित पशुपतिनगरमा रहेको प्रगति उच्च माविका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मावि तहमा अङ्ग्रेजी विषय पढाउँदैआएका शिक्षक टेकप्रसाद पौडेललाई सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत एक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य तथा एमालेनिकट शिक्षक संगठनका पूर्वअध्यक्ष पौडेलले लामो समयदेखि आफ्नै छात्रालाई यौन दुर्व्यवहार गर्दैआएको भन्दै आक्रोशित विद्यार्थी तथा अभिभावकले उनलाई कुटपिट समेत गरेका छन् । शुक्रबार बिहान विद्यार्थी र अभिभावकले शिक्षक पौडेललाई  विद्यालय परिसरमै घेराउ गरेर कुटपिट गरेका हुन् । छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै उनलाई विद्यार्थी र अभिभावकले विद्यालय परिसरमै कुटपिट गरेपछि प्रहरीले घटनास्थलमा हस्तक्षेप गरी पौडेललाई नियन्त्रणमा लिई प्रहरी कार्यालय पुर्‍याएको थियो । शिक्षक पौडेललाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लैजाने क्रममा स्थानीयवासी र विद्यार्थीले कुटपिट गरेपछि प्रहरीसँग समेत झडप भएको थियो । प्रहरीले विद्यार्थी तथा स्थानीयमाथि लाठी प्रहार गरे छ । झडपमा केही प्रहरी र पाँच विद्यार्थी तथा सर्वसाधारण घाइते भएका छन् । घाइते हुनेमा प्रहरीतर्फ प्रहरी नायव निरीक्षक ध्रुवराज राउत तथा प्रहरी जवानद्धय वीरबहादुर थापा र कृष्णदेव यादव \"hetauda2\"छन्  । त्यस्तै प्रगति उच्च माविमा अध्ययनरत १८ वर्षका दीपेशकुमार महतो, १८ वर्षिया अजिता ढकाल, १७ वर्षकी सुशीला केसी, १६ वर्षिया संगिता लामिछाने र २० वर्षिया सीमा ढुङ्गाना घाइते भएका छन् । छात्रामाथि दुर्व्यवहार गर्ने शिक्षकको बचाउ गर्न खोजेको भन्दै आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालय, पशुपतिनगरको बा १ झ ७४४६ नम्बरको भ्यानमा तोडफोड गर्नुका साथै शिक्षक पौडेलले प्रयोग गर्नेगरेको मोटरसाइकलमा आगजनी गरे । मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको छ । घटनाको विरोध र प्रदर्शन विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेकोमा विरोध जनाउँदै मकवानपुरका विभिन्न विद्यार्थी संगठनले हेटौंडामा विरोध प्रदर्शन गरेका छन् । शुक्रबार हेटौंडा ९ पशुपतिनगरस्थित प्रगति उच्च माविमा भएको यौन दुर्व्यवहारको घटना र बुधबार थाहा नगरपालिकाको सेतीगणेश निमाविमा भएको घटनाका दोषीलाई सख्त काबाही गर्नुपर्ने माग गर्दै कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, एकीकृत नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) र राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनलगायतले विरोध प्रदर्शन गरेका हुन् ।   यौन दुर्व्यवहारमा संलग्न भएको आरोप लागेका शिक्षकमाथि अनुसन्धान गरी कार्बाहीको दायरामा ल्याउन उनीहरुले माग गरेका छन् । पशुपतिनगरको प्रगति उच्च माविबाट निकालिएको र्‍याली हेटौंडा बजार परिक्रमा गरी सीमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै विद्यार्थी नेताहरुले विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कार्बाही नगरिए कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । जनताले नै कारबाही गर्ने विप्लव माअाेवादीकाे चेतावनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले विज्ञप्ति निकाल्दै छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कडा कार्बाही गर्न माग गरेको छ । माओवादीका जिल्ला सेक्रेटरी ज्वालाले हस्ताक्षर गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिनमा बाधा पुर्‍याई यौन दूराचारीलाई छुटकारा दिने तथा पीडितलाई उचित न्याय नदिने खेल भएमा जनताले नै कार्बाही गर्ने चेतावनी दिइएको छ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि विज्ञप्ति जारी गर्दै घटनाका दोषीलाई कार्बाहीको माग गरेको छ । एमाले अखिलले प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि विद्यालय परिसरभित्रै प्रहरीले गरेको दमन र हस्तक्षेपको समेत भत्सर्ना गरेको छ । प्रगति उच्च मावि भूपू विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छानविन गर्न उच्चस्तरीय समिति निर्माण गर्नुपर्ने माग गरेको छ । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले चार सेल अश्रुग्यास समेत प्रहार गरेको थियो । यसअघि आरोपी शिक्षक पौडेल प्रहरीको सुरक्षाका बीच पनि कार्यालयकै एक कोठामा टेबुलभित्र लुकेर अनुहार छोपी बसेका थिए । छात्रालाई दुर्व्यवहार गर्ने शिक्षकलाई कार्बाहीको माग गर्दै हेटौँडामा विभिन्न समूहले प्रदर्शन गरेका छन् । ९ कक्षामा अध्ययन गर्दादेखि नै ती छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको अभिभावकको आरोप छ । छात्राले अभिभावकलाई शिक्षकले दुर्व्यवहार गर्नेगरेको जानकारी फोन रेकर्डबाट पाएका थिए । त्यसपछि घटना सार्वजनिक भएको हो । घटना सार्वजनिक भएसँगै शिक्षक पौडेलको विषयमा यसअघि भएका यस्तै प्रकृतिका घटनाको विषयमा समेत चोक–चौतारामा कुरा हुन थालेका छ । एमालेनिकट शिक्षक संगठनका निवर्तमान जिल्ला अध्यक्ष पौडेलले यसअघि पनि यस्तै हर्कतहरु गर्ने गरेको जानकारहरुको भनाइ छ । यसअघि बुधबार मकवानपुरको थाहा नगरपालिकास्थित सेतीगणेश निमाविमा अध्यापनरत शिक्षक दिनेश सुवेदीले आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा बुधबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सुवेदीमाथि कार्बाहीको माग गर्दै स्थानीयले विद्यालय घेराउ गरी तोडफोडमा उत्रेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies