Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

नेपाल विश्वकपबाट बाहिरियो भारतले लियाे २–० काे अग्रता

घरेलु मैदानमा दर्शकको साथ पाएको नेपाली टिमले खेल अवधिभर भारतलाई दबाबमा राखे पनि खेल गोलरहित बराबरीमा सकिएको छ । खेल सुरु भएको केही मिनेटमा नै भारतीय उपकप्तान सुनील क्षेत्रीले नेपालको गोलपोस्टमा पहिलो प्रहार गरेको बल नेपाली गोलकिपर किरण चेम्जोङले रोकेपछि नेपाली दर्शकहरुले ‘नेपाल... नेपाल...’ भन्दै नेपाली खेलाडीको हौसला बढाइरहे । जवाफमा नेपालका सन्तोष साहुखलले पनि भारतीय ‘डी बक्स’ नजिकैबाट प्रहार गरेका थिए । भारतीय खेलाडीहरुले साहुखलको प्रहारलाई सजिलै रोकेका थिए । नेपालका भरत खवासले लगत्तै गरेको अर्काे प्रहार भारतीय पोस्टनजिकैबाट बाहिरिएको थियो । खेलको १३आैं मिनेटमा नेपालले पहिलो कर्नर हान्ने अवसर पाएको थियो । जुन भारतीय गोलरुक्षकले सजिलै नियन्त्रणमा लिएका थिए । खेलको २०औँ मिनेटमा भारतीय खेलाडीले नेपाली खेलाडीमाथि ‘फल’ खेलेका कारण पहेंलो कार्ड पाएका थिए । खेलको पहिलो हाफ सकिने बेलासम्म नेपालले भारतलाई लगातार दबाबमा राखे पनि कुनै पक्षबाट गोल नभएपछि एक मिनेट अतिरिक्त समय थपिएको थियो । तर त्यो पनि गोलरहित रह्यो । खेलको दोस्रो हाफ सुरु भएलगत्तै नेपालका भोला सिलवालले गरेको कर्नर प्रहार ‘अफसाइड’ भएको थियो । ५०औं मिनेटमा सन्तोष साहुखलाले गरेको हेडिङ भारतीय गोलकिपरले सजिलै रोकेका थिए । सन्तोष साहुखलले निकै फितलो खेल खेलेपछि ५६औं मिनेटमा प्रशिक्षकले उनको ठाउँमा अनिल गुरुङलाई प्रवेश गराएका थिए । त्यसपछि ६८औं मिनेटमा भोला सिलवालको स्थानमा अञ्जन बिष्ट प्रवेश गरेका थिए । ७३औं मिनेटमा भारतका फ्रान्सिसको ठाउँमा ज्याकी चन्द प्रवेश गरेका थिए । त्यस्तै ८२औं मिनेटमा भरत खवासको ठाउँमा जुमानु राई मैदान प्रवेश गरे । खेलको अन्तिममा ३ मिनेट समय थप गरे पनि कुनै पक्षबाट गोल हुन सकेन । डिफेन्डर खेलाडीहरुको सहयोगमा नेपालले खेललाई नियन्त्रणमा राखे पनि धेरै अवसरहरुलाई गुमाएको थियो । मंगलबारको खेल बाबरीमा रोकेसँगै विश्वकप छनोटको पहिलो चरणमा भारतले समग्रमा नेपाललाई २–० ले पराजित गरेको छ । यससँगै भारत विश्वकपको पहिलो छनोट चरण पार गर्न सफल भएको छ । नेपाललाई भने छनोट चरण पार गर्नु निकै चुनौतीपूर्ण बन्दै गएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: