काठमाडौं । काठमाडौंको चन्द्रागिरी डाँडामा केबुलकार चल्न थालिसक्यो । त्यसबाहेक अरु चार ठाउँमा पनि केबुलकार चलाउन सकिने एक अध्ययनले देखाएको छ ।
फ्रान्सका दुईवटा कन्सल्ट्यान्ट कम्पनीले सिटी अर्बन केवलकारको विस्तृत सम्भाव्यता अध्ययन गरेका थिए । फ्रान्सेली एमडीपी र सिष्ट्रा कम्पनीले सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएको अध्ययन प्रतिवेदनमा काठमाडौंमा केवलकार सञ्चालनका लागि चार स्थान पहिचान गरिएको छ ।
प्रतिवेदनअनुसार लगनखेलदेखि जमलसम्म, टंकेश्वरदेखि गोंगबुसम्म, कलंकीदेखि रत्नपार्कसम्म र बौद्धनाथदेखि बिष्णुमतिसम्म केवलकार सञ्चालन गर्न सकिन्छ ।
बौद्धनाथदेखि विष्णुमतिसम्म केवलकारको दुरी ७ किलोमिटर हुनेछ । झण्डै १–१ किलोमिटर दुरीमा ७ वटा स्टेशन हुनेछन् । यो रुटमा चल्ने केबलकारका २५० वटा डब्बाहरु हुनेछन् । एउटा डब्बामा १२ जना अटाउने र एक दिनमा करिव ७० हजार यात्रु बोक्ने फ्रान्स–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्याममोहन श्रेष्ठले बताए ।
यो परियोजना निर्माण गर्न १० देखि १२ अर्ब रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ । लगानी जुटाएर एक–डेढ वर्षभित्रै केवलकार निर्माण सुरु गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ । केवलकार निर्माण भएमा काठमाडौंको ट्राफिक जाम घटाउने र पर्यटन विकासमा समेत सघाउ पुर्याउने विश्वास गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: