तीन करोडको थाप्लोमा दश दश हजार ऋण बाेकाएर केहीका लागि दिने भनिएको रकमप्रति कृतघ्न बन्नु एमाले हुनु हो ।त्यसो त देखिजान्ने भन्दा भोगी जान्नेहरुलाई नै एमालेको असलियत बढी थाहा छ । यदि झलनाथ खनालले भनेझैं सरकारको काँध फेर्ने सहमति भएको हो भने अहिलेको सरकार काँध फेर्ने सहमतिको जगमा छ । काँध फेर्ने सहमतिको जगमा उभिएको सरकार र ...बाेकेको कुकुर उस्तै उस्तै हुन् । शिकार यी दुवैवाट संभव हुदैन । शिकार नगर्ने सरकार पाल्नु भनेको बर्वादी पर्खिनु र समय धकेल्नु मात्रै हो ।
२०५८ सालको असोजको दोस्रो हप्तामा तात्कालिन माओवादीको विद्यार्थी संगठनको सम्मेलनको अवसर पारेर काठमाण्डौमा लाखौ मानिस उतार्ने र राजदरवार घेराउ गर्ने तयारीमा अन्तिममा एमालेले धोका दिएकै हो । धोका दिएको र सूचना चुहाएकै आधारमा तात्कालिन माओवादी विद्यार्थी संगठनको सम्मेलन तोकिएको मितिमा हुन सकेन र पछि विराटनगरमा सर्यो । एमालेले धोका नदिएको भए ०५८ मै नेपालमा गणतन्त्र संभव थियो ।समय धकेल्न एमाले खप्पिस छ । उसकै कारण नेपालमा गणतन्त्र ५ वर्ष पछाडि धकेलिएको हो । एमालेजनहरुलाई थाहा छ भने २०५८ सालको वहुचर्चित सिलीगुडी वार्ताप्रति एमालेजनको ध्यानाकर्षण होस् । २०५८ सालको असोजको दोस्रो हप्तामा तात्कालीन माओवादीको विद्यार्थी संगठनको सम्मेलनको अवसर पारेर काठमाण्डौमा लाखौ मानिस उतार्ने र राजदरवार घेराउ गर्ने तयारीमा अन्तिममा एमालेले धोका दिएकै हो । धोका दिएको र सूचना चुहाएकै आधारमा तात्कालिन माओवादी विद्यर्थी संगठनको सम्मेलन तोकिएको मितिमा हुन सकेन र पछि विराटनगरमा सर्यो । एमालेले धोका नदिएको भए ०५८ मै नेपालमा गणतन्त्र संभव थियो । पहिलो संविधानसभामा एमालेप्रतिको माओवादी प्रेम अभुतपूर्व थियो । सोही कारण दुई दुई स्थानवाट पराजित एमाले नेता माधवकुमार नेपाल संविधानसभामा भित्रिए तर स्वयं माधव नेपाल माओवादी आन्दोलन निस्तेज पार्ने गरी तात्कालिन राष्ट्रपतिद्धारा गरिएको नागरीक सर्वोच्चता अपहरणको गोटी बन्न पुगे । धोका दिन एमालेलाई सिकाउन पर्दैन, यो उसकाे पुस्तैनी संस्कार हो भन्ने कुरा एमालेले यो ठाउँमा पनि सिद्ध गरेको थियो तर सत्ता गुम्दा पनि एमालेको भेउ पाउन नसक्नु माओवादी आन्दोलनको कमजोरी हो ।
खासा बजारको उत्पादन र एमालेको राजनीतिक शैली उस्तै उस्तै छन । जान्नेहरु भन्छन्– खासाको सामान नकिनेसम्म यसले मोहनी लगाउँछ तर किनिसकेपछि भने विरही वनाउँछ । अाकर्षक कलेवरमा सस्तो र कम आयुको सामानमा जुन आकर्षण हुन्छ एमाले पनि सोही जत्तिकै भ्रम दिन सिपालु छ । फरक यत्ति हो, सामानमा व्यक्ति ठगिन्छ तर एमालेले सिंगो राष्ट्र ठग्छ ।एमाले अनेकन रंग भएको पार्टी हो । खासा वजारको उत्पादन र एमालेको राजनीतिक शैली करिव करिव उस्तै उस्तै छन् । जान्नेहरु भन्छन्– खासाको सामान नकिनेसम्म यसले मोहनी लगाउँछ तर किनिसके पछि भने विरही वनाँउछ । अर्कषक कलेवरमा सस्तो र कम आयुको सामानमा जुन आकर्षण हुन्छ एमाले पनि सोही जत्तिकै भ्रम दिन सिपालु छ फरक यत्ति हो, सामानमा व्यक्ति ठगिन्छ तर एमालेले सिंगो राष्ट्र ठग्छ । यहि सीपका कारण एमाले शासनको आसनमा विराजित छ । गत निर्वाचनमा एमाले बहुपहिचानमा चुनव लड्यो जितेपछि पहिचानका विरुद्ध लड्यो, सोही चुनावमा प्रत्यक्ष निर्वाचित कार्यकारी घोषणापत्रमा लेख्यो र संविधानसभामा संसदीय व्यवस्थाको पक्षमा दाइ कांग्रेस हुने गरी उफ्रियो । एमाले खोलामा पुल नाप्छ र चौरमा साँघु हाल्छ । वहुचर्चित टनकपुर सन्धि अनुमोदन ताका वार्षिक एक खर्रब विष अरवको राजस्व देशलाई उपलब्ध हुने ओली र सेटेलाइटबाट रसियालाई विजुली वेच्ने हावादारी प्रक्षेपण एमालेको व्याडमा मात्रै फल्न सक्छ र ओली सोही व्याडका मुखिया हुन ।
यो सरकारको विकल्प खोज्नु पर्दछ । एमाओवादीका केही मन्त्रीलाई पदको रस अझै पुगेको छैन भन्ने परिबन्ध एमाओवादी परिरहनु जरुरी छैन ।शव्द घुमाउनु एमालेको परिचय हो । शव्दको खेलमा पटक पटक खली खाइसकेपछि पनि माओवादी केन्द्रका नेताहरु त्यहि शव्द संयोजनको बहुअर्थी परिभाषामा आशावादी वनेका हुन् भने यसले माओवादी केन्द्रको समेत समय वर्वाद गर्नेछ । एमाले यो खेलमा अभ्यस्त छ संकटमा एमाले एक हुन्छ यो माधव नेपाल वा ओलीको कथाले भ्रमित हुदैन । यहि विशिष्टताले एमाले २०६३ देखि निरन्तर सत्तामा विराजित छ । यो विराजमानलाई लामो वनाउन एमालेमा अनेकन चटकी प्रचारकहरु छन् । यी चटकीहरुले रत्नपार्कमा पाचक वेच्नेहरुकै शैलीमा मानिसहरु जोड्छन् र जुटेको भिडमा पछाडिवाट पकेट मार्न हौसाउँछन् । अहिलेको वजेट यहि चटकीको एकांकी परीदृष्य हो । यो वजेटमा राष्ट्रियताको जतिसुकै दुहाइ भए पनि करीव तीन खर्वकाे हाराहारीमा वैदेशिक ऋणको भिख अपेक्षा गरिएको छ । जसले एकै वर्षमा प्रतिव्यक्ति नेपाली नागरीकको थाप्लोमा दश हजार भन्दा वढी ऋण बढाउँछ । जवकी अहिले सम्म नेपाली नागरीकको थाप्लोमा प्रतिव्यक्ति २१ हजार मात्र ऋण छ । तीन करोडको थाप्लोमा दश दश हजार ऋण बाेकाएर केहीका लागि दिने भनिएको रकमप्रति कृतघ्न वन्नु एमाले हुनु हो । यदि विष्णु पौडेलले भने झै भयो भने अर्को आर्थिक वर्षको अन्तिममा यो ३१ हजारमा पुग्ने छ ।
एमालेमा अनेकन चटकी प्रचारकहरु छन । यी चटकीहरुले रत्नपार्कमा पाचक वेच्नेहरुकै शैलीमा मानिसहरु जोड्छन् र जुटेको भिडमा पछाडिबाट पकेट मार्न हौसाउँछन । अहिलेको वजेट यही चटकीको एकांकी परिदृष्य हो ।[caption id=\"attachment_78046\" align=\"alignleft\" width=\"200\"] लेखक[/caption] यो ऋण थपेर उस्ले कर्मचारीको तलव र सामाजीक सुरक्षा भत्ता वृद्धी गरेका छन, वृद्धवृद्धालाई वार्षिक चौवीस हजार दिएर दश हजार तिनको थाप्लोमा ऋणकारुपमा थोपर्नु रत्नपार्कको चटकीकै जस्तो करामत हो अगाडि पाचक बेचेर पछाडि पकेट साफ गर्ने विधि । यस्ले विल्कुल मुलुक वनाउँदैन यो वर्वादी वा टाट उल्ट्याइलाई ताली नबजाँउदा कर्मचारी र वृद्धा विरोधीको आरोप लगाइने वातावरण वनाइनु एमालेको जित हो । कर्मचारी निर्वाचनमा देखिएको तलवी अतिरंन्जना र त्यसवाट उत्पन्न भ्रम र परिणाम पनि एमालेको दुई नम्वरी कामको एक नंम्वर सफलता नै हो । यो सरकार किसान पेन्सन योजना कार्यन्वयन गर्दैन । यसो गर्दा पैसाको नोटमा मनमोहनको सूर्यलाई भोट मागेको मलिनो अनुहार देखिदैन । किसानलाई बलियो वनाएको दिन एमाले कमजोर हुने एमाले निष्कर्षले एमालेलाई जति जिस्काउँदो हो त्यो भन्दा वेसी माओवादीलाई झस्काएको हुनु पर्दछ । नत्रभने खोइ माओवादी प्रस्तावको किसान पेन्सन योजना ? कृषकहरुलाई एक विधि भित्र वाँधेर उनीहरुलाई पेन्सन दिने योजना ल्याइएको भए त्यसले राष्टिय उत्पादनको वृद्धि गरी राज्यले आफ्ना कर्मचारीलाई तलव खुवाउने चरणमा पुर्याउन मद्दत गर्दथ्यो । कृषिमा भविष्य छ भन्ने कुरा स्थापित गरेको भए विदेसिएका युवालाई स्वदेशमै अड्याउन सकिन्थ्यो । कर्मचारीलाई तलव खुवाउन विदेशवाट ऋण उठाउनु पर्ने भनेको राज्यको अर्थतन्त्र धरायसी भएकै कुराको प्रमाण हो । घर भत्काएर कम्वल बाँडदै चुनाव जित्ने काइदा एमाले सिद्धान्त हो । इतिहासमा यो भयानक कालखण्डको गंभीर अपराधीकारुपमा एमालेको नाम जोडिँदा मओवादी यसकाे साक्षी किनारा वस्नु हुदैन ।
किसानलाई वलियो वनाएको दिन एमाले कमजोर हुने एमाले निष्कर्षले एमालेलाई जति जिस्काउँदो हो त्यो भन्दा वेसी माओवादीलाई झस्काएको हुनु पर्दछ । नत्र भने खोइ माओवादी प्रस्तावको किसान पेन्सन योजना ?संकटका वेला एमालेका चर्तुमुख हुन्छन । यो व्रम्हास्वरूप एकाएक धारण गर्न सक्ने पार्टी पनि एमाले नै हो । त्यसकै पार्टीका अध्यक्ष प्रधानसेनापतिलाई करवाही गर्ने कुराको सिफारिस गर्छन भने सोही पार्टीको अर्को अनुहार सेनापतिलाई करवाही गरेको अपराधमा मुलुकमा शैन्य शसन थोपर्ने आषयलाई स्वकारोक्ति दिदै राष्टपतिकोमा धाउँछन । यसरी अविस्वासमा टुगीएको सहमती पछि फेरी अर्को सहमती वनाउन फेरी सोही पार्टीको अर्को अनुहार खडा हुन्छ र जोर हात जोडेर जुन दरवारमा पनि उ सहजै छिर्न सक्छ । एमालेको अदभुत क्षमतामा न कुनै राजनितीक आधार र तर्क हुन्छ न त दर्शन र आवस्यकता । उ आफ्नो लागी मुलुकलाई दाउमा राख्छ र आफु जोगीएमात्र मुलुक जोगीने भयानक तर्क गर्छ । अहिले पनि फेरी सोही तर्क गर्न थालीएको छ । एमाओवादी संग सत्ताको नेतृत्व फेर्ने वारेमा भएको सहमतीलाई लिएर एमालेका चर्तुमुख फेरी खेल्न थालेका छन । विवीसीमा झलनाथले दिएको अन्तरवार्ता वढो रहस्य मयी छ । उनले काँध फेर्ने कुरा गरेका छन यस्को अर्थ एक काँध वाट अर्को काँध भन्ने कुरा एमालेले भोली भन्ने कुरा हो । काँध प्रचण्डको हो की माधव नेपालको एमालेले भोली तर्क गर्नेछ काँध फेर्ने भनेको एउटा पार्टिकै एक वाट अर्कोमा सार्ने भनीएको हो । प्रचण्डलाई दिने भनिएको भए त दलै फेर्ने भनिन्थ्यो नि । एमालेको यो जव्वर काइदा अरु कसैलाई आउदै आउदैन ।
म्याग्दी जस्ता केही तुइनको नामो निशाना नै नभएका जिल्लाहरुलाई तुइन मुक्त जिल्ला घोषणा गर्न पनि यहि सरकारको निरन्तरता जरुरी छ । यि एमालेले आफु सत्ता वाहिर हुँदा मानिसहरुका विचमा हल्ला गर्न वनाइएका विषयहरु हुन । एमालेले केही गर्दैन र गर्न सक्दैन सहि कुरा यहि हो ।अहिलेको यो गठबन्धन कायम राख्नु पर्छ या पर्दैन त्यो फरक वहसको विषय हो । तर्क का हिसावले भन्ने हो भने एक वर्ष भित्र काठमाण्डौमा मेट्रो रेल चलाउन यहि सरकारको दरकार छ । नेपालको कोसी व्यारेज सम्म नेपालको झण्डा रहेको पानि जहाज चलाउनका लागी पनि यहि सरकारको अपरिहार्यता छ । म्याग्दी जस्ता केही तुइनको नामो निशाना नै नभएका जिल्लाहरुलाई तुइन मुक्त जिल्ला घोषणा गर्न पनि यहि सरकारको निरन्तरता जरुरी छ । यी एमालेले आफु सत्ता वाहिर हुँदा मानिसहरुकाबीचमा हल्ला गर्न वनाइएका विषयहरु हुन । एमालेले केही गर्दैन र गर्न सक्दैन सहि कुरा यहि हो । गर्न सक्ने भए ओलीले विदेशीले भूकम्प पीडितका लागि भनेर राज्यकोषमा राखिदिने भनेको चार खर्ब रुपैयाँले अहिलेसम्म सवै भूकम्प पीडितका लागि सुरक्षित वासस्थान वनाइ सक्नुपर्ने थियो । बन्ने कुरा छोडियोस्, गोरखाका हिमाल पारीका गाविसमा वास्तविक भूकम्प पीडित कति हुन भन्ने कुराको हिसाव समेत एमाले नेतृत्वको सरकारले गर्न सकेको छैन । पन्ध्र सय इन्जिनियरहरु हातमा नियुक्ति लिएर बसेका छन् तर तिनको लागि काम छैन । एमाले गर्ने होइन यो भन्ने पार्टी हो त्यसकारण यो सरकारको विकल्प खोज्नु पर्दछ । एमाओवादीका केही मन्त्रीलाई पदको रस अझै पुगेको छैन भन्ने परिवन्दमा एमाओवादी परिरहनु जरुरी छैन । यसका लागि एमाओवादीको नेतृत्वमा सरकार गठन हुन्छ की हुदैन त्यो अलग कुरा हो बनेछ एमालेकै सहयोगमा वनेछ त्यो राम्रो हुनेछ । त्यसै पनि गत संविधानसभाको कुरा हेर्ने हो भने प्रचण्ड एक पटकका लागि होइन दुई पटककै लागि प्रधानमन्त्रीका लागि पहिलो दावेदार हुन । होइन र बनेन भने पनि ओलीको विकल्प नभए जस्तो विडम्वनामा मुलुक कुदाउँनु हुँदैन ।
प्रतिकृया लेख्नुहोस्: