Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

पर्यटकले फालेका फोहरबाट धौलागिरि हिमाल क्षेत्र प्रदूषित

\"dhaulagiri-circuit-trekking-750\"म्याग्दी । म्याग्दीको मुदी गाविसमा अवस्थित धौलागिरि हिमालको आधार शिविरमा फोहर बढेको छ । संसारको सातौँ ९९८,१६७ मिटर० अग्लो मानिएको धौलागिरि हिमालको आरोहण र धौलागिरि चक्रीय पदमार्गको भम्रणमा जाने पर्यटकले प्रयोग गरेर फालेका फोहर वस्तुले धौलागिरि आधार शिविर क्षेत्रमा प्रदूषण बढेको हो । आधार शिविरमा आरोही र भम्रणमा पुगेका पर्यटक, पथ प्रदर्शक तथा तिनका सहयोगीले प्रयोग गरेर फालेका फोहर वर्षौंदेखि थुप्रिएको छ । आधार शिविरमा अहिले पनि दुर्घटनाग्रस्त हेलिकप्टरका पाटपुर्जादेखि पर्यटकले प्रयोग गरेर यत्रतत्र फालेका फोहर व्यवस्थापन हुन नसकेको स्थानीय पर्यटन व्यवसायी हरिप्रसाद तिलिजाले बताए । “हामीले वर्षौंदेखि यस क्षेत्रको फोहर व्यवस्थापनका लागि आवाज उठाउँदै आएका छौँ, गाउँ परिषद् हुँदै जिल्लासम्म गुनासा पठाएका छौँ, तैपनि अहिलेसम्म हाम्रो आवाजको सुनुवाइ भएको छैन”, तिलिजाले भने । स्थानीयवासीले धौलागिरि आधार शिविर क्षेत्रमा फालिएको फोहर व्यवस्थापन गर्न र पर्यटकलाई यस क्षेत्रमा जथाभावी रुपमा फोहर फ्याँक्नमा रोक लगाउन माग गर्दै आएका छन् । हालै धौलागिरि आधार शिविर क्षेत्रको सम्भावना र समस्याको अध्ययन गर्न पुगेको जिल्लाको सरोकारवालाको टोलीले आधार शिविरमा पुग्ने पर्यटक र तिनीहरुका सहयोगीले प्रयोग गरेर फालेका कपडा, ग्यास सिलिन्डर, भारी बोक्ने क्यारी, सिसी, रबर र फलामका भाँडाकुँडा, खानाका बट्टा, चियाका थर्मस, डोका, खादा, खाजा प्याक गरिएका प्याकेट तथा प्लास्टिक लगायतका फोहर भेटाएको थियो । मुदीको जापानी शिविरदेखि माथि क्याम्पिङ गरी बस्ने पर्यटक र तिनका सहयोगीले अहिले जथाभावी फोहर फाल्दै आएका छन् । यस क्षेत्रमा हेलिकप्टरमार्फत पु¥याइएका टायर, धातुका सामग्री र आरोहणमा प्रयोग गरिएका उपकरणसमेत आधार शिविरमै अव्यवस्थित तवरले फालिँदै आइएको छ । आधार शिविर क्षेत्रमा सरकारी उपस्थिति र निगरानी नभएकाले समेत फोहर बढेको हो । भ्रमणमा जाने पर्यटकले प्रयोग गर्ने सामग्री जथाभावी छाडेर जाने प्रचलन बढेसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्यमा असर पुग्नुका साथै प्रदूषणसमेत बढेको पाइएको धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताउनुभयो । “यहाँ हामीले प्रशस्त मात्रामा फोहर भेटायौँ, व्यवस्थापन गर्ने काममा नेपाल सरकार र पर्यटन मन्त्रालयले समेत कुनै चासो नदेखाएको देखियो, वर्षौ देखिको फोहरले हिमाली क्षेत्र प्रदूषणको चपेटामा परेको छ”, उनले भने । केही वर्षअगाडि पर्यटन मन्त्रालयले लाखौँ खर्च गरेर धौलागिरि आधार शिविरको फोहर व्यवस्थापन गर्न काठमाडौंबाट एक टोली परिचालन गरे पनि उक्त टोलीले फोहर व्यवस्थापन गर्नुको साटो औपचारिकता मात्रै पूरा गरेर फर्किएको स्थानीय पर्यटन व्यवसासीको गुनासो छ । अत्यधिक चिसो हुने भएकाले समेत आधार शिविरमा वर्षौंदेखि कुहिने प्रकारका फोहरसमेत नकुहिएको अवस्थामा थुप्रो लागेको छ । आधार शिविरको अधिकांश भूभागमा फोहर थुप्रिन थालेपछि त्यहाँ पुग्ने पर्यटक पाल टाँगेर बस्नका लागिसमेत फोहरले गर्दा हैरानीमा पर्न थालेको स्थानीय पर्यटन व्यवसायी बोमबहादुर पुनले बताए । ‘‘अब आधार शिविरमा बास बस्ने पर्यटक आफैले फोहर पन्छाएर बस्नुपर्ने बाध्यता छ, यस क्षेत्रमा थुप्रिएको फोहर व्यवस्थापन र भम्रणमा आउनेलाई जथाभावी फोहर फाल्न रोक लगाउनका लागि सरकारी तवरवाट प्रभावकारी कदम चालिनुपर्छ”, उनले थपे । आरोहणका लागि आउने पर्यटकले आफूले लगेको फोहरजन्य सामग्री नियमतः जथाभावी फाल्न पाउँदैनन् । उनीहरुले आफूले लगेको फोहर पुनः फर्काएर व्यवस्थित तवरले व्यवस्थापन गरेको प्रमाण सरकारी अधिकारीलाई बुझाउनुपर्छ । तर धौलागिरि आधार शिविर क्षेत्रमा पुग्ने पर्यटकले भने सरकारी नीति व्यवहारमा कार्यान्वयन नगरेको भेटिएको आधार शिविर पुगेका नेकपा ९एमाले० म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए । “प्राकृतिक सौन्दर्यले भरिपूर्ण धौलागिरि आधार शिविरमा जथाभावी फोहर फालिएको भेटियो, यसको व्यवस्थापनका लागि अब हामीले जिल्लास्तरबाट समेत पर्यटन मन्त्रालय र सरोकारवालालाई ध्यानाकर्षण गराउने र दबाब दिने गर्नुपर्छ”, उनले भने । आधार शिविर हुँदै भ्रमणमा जाने पर्यटकले जथाभावी दिसापिसाब गर्ने समस्या पनि फोहर फैलनुको अर्को कारण बनेको छ । आधार शिविरमा वर्षौंदेखि थुप्रिएको फोहर व्यवस्थापन गर्न निश्चित ठाउँमा डम्पिङ साइट र कन्टेनरको व्यवस्था गर्न स्थानीय निकायमा अनुरोध गरिए पनि बेवास्ता भएको प्रथम धौलागिरि युवा क्लब मुदीका सचिव कुलबहादुर घर्तीले बताए । “आधार शिविरमा जता गए पनि फोहर मात्रै भेटियो, यसलाई जिविसमार्फत ठोस नीति बनाएर सबै क्षेत्रको समन्वयमा अक्षरशः पालना गराउन सकिए मात्रै फोहरको दीर्घकालीन व्यवस्थापन गर्न सकिन्छ”, धौलागिरि आधार शिविर पुगेर फर्किएका गैसस महासङ्घका अध्यक्ष हरिप्रसाद पौडेलले भन्नुभयो । यसरी प्राकृतिक सौन्दर्यले भरिपूर्ण धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा वर्षौंदेखि बढेको फोहरले यस क्षेत्रको प्राकृतिक र सुन्दर वातावरणलाई समेत असर पु¥याउन थालेको छ । यसलाई तत्काल व्यवस्थापन गर्नतर्फ सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy