Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

ओली–प्रचण्ड गठबन्धन आगामी चुनाबसम्म कायम रहने, यस्तो भयो सहमति

\"Prachanda-oli\"काठमाडौं । बुधबार साँझ माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डको निवासमा बसेको सत्तारुढ गठबन्धनको अनौपचारिक बैठकले हालको गठबन्धन आगामी चुनावसम्म कायम राख्ने मौखिक सहमति र कार्यक्रमिक योजना निर्माण गरेको छ । बुधबार साँझ प्रचण्ड निवासमा बसेको बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकूमार गच्छदार, अर्थमन्त्री विष्णु पौडेल लगायतका नेताहरु सहभागी भएको लाजिम्पाट स्रोतले बतायो । बैठकले आगामी चुनावसम्म अहिले बनेको सरकारी गठबन्धनलाई कायम राख्ने र संविधान क्रियान्वयनको समयतालिकामा समेत सहमति गरेको छ । संविधान क्रियान्वयन तथा समयसिमा र आगामी चुनाबका बारेमा सोही सहमति अनुसार मन्त्रिपरिषदको बैठकमा लैजाने पारित गर्ने बारेमा सहमति बनेको थियो । अनौपचारिक निर्णयको औपचारिकता मन्त्रिपरिषदबाट बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी चुनाबको रोडम्याप तयार गर्नुको साथै संविधान क्रियान्वयनको कार्यतालिका पारित गरेको हो । मन्त्रिपरिषदको निर्णयको कार्यतालिका अनुसार ०७४ को जेठमा प्रदेश र ०७४ को कात्तिक–मंसिरमा प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्बाचन गरिसक्ने निर्णय भएको छ । यसैगरी बैठकले ०७३ साउनसम्म भाषा आयोग ऐन, स्थानीय तहको निर्बाचन र प्रशासनसम्बन्धि ऐन जारी गर्ने, प्रदेशको सीमाकंनका लागी संघिय आयोग गठन गर्ने कार्यतालिका तोकेको छ भने भदौमा भाषा आयोग र उच्च अदालत गठन गर्ने भनिएको छ । यसैगरी अशोजमा संवैधानिक निकायहरुको कानुन जारी गर्ने र काक्तिकमा निर्बाचन क्षेत्र निर्धारण आयोग गठन तथा नयाँ संवैधानिक निकायहरु गठन गरिसक्ने उल्लेख छ । मंसिरमा स्थानीय तहको निर्बाचन गर्ने, पुसमा राष्ट्रपति/उपराष्ट्रपति निर्बाचनसम्बन्धि कानुन, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजनसम्बन्धी कानुन, संघीय संसद,प्रदेश सभा, प्रतिनिधिसभा, राष्ट्रियसभा, राष्ट्रिय सभा सदस्यको निर्बाचन सम्बन्धी कानुन जारी गर्ने निर्णयमा उल्लेख छ । ०७४ को फागुन÷चैत्रमा नयाँ संसदले राष्ट्रपति/उपराष्ट्रपतिको निर्बाचन गर्ने समेत निर्णय भएको छ । केपी शर्मा ओली सरकारको अनिश्चितताको हल्ला चलिरहँदा सत्ता साझेदार प्रमुख घटकहरुबिच भएको यस्तो सहमतिले संविधान क्रियान्वयनमा आशा पलाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending