Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

कांग्रेसको विद्यार्थी संगठनमा पनि उठाइँदैछ, हिन्दु राज्यको एजेण्डा

\"congressकाठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा पनि हिन्दु धर्मको एजेण्डा उठ्ने भएको छ । कांग्रेस नेता खुमबहादुर खड्का समूहले विद्यार्थी संघको महाधिवेशनमा पनि हिन्दु धर्मको एजेण्डा उठाउने भएको हो । नेवि संघको अधिवेशन नजिकिँदै गर्दा विभिन्न समूह नेतृत्व हत्याउन क्रियाशील भइरहेको बेला खुमबहादुर समूहका विद्यार्थीहरुले पनि छुट्टै प्यानल बनाउने तयारी गरेको छ । शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस निर्वाचित भइसकेपछि खुमबहादुर पक्षधर हावी हुँदै गएकाले विद्यार्थी संगठनमा पनि सो पक्षले हावी हुने प्रयत्न गरिरहेको छ । ८२ प्रतिशत हिन्दु तथा ९४ प्रतिशत ओमकार परिवार भएको मुलुकमा आफूहरुले पनि हिन्दु धर्मको पक्षमा विद्यार्थी संगठनमा पनि आवाज उठाउने नेवि संघका महामन्त्रीका प्रत्यासी मित्र भट्टराई बताउँछन् । पार्टीमा पनि खुमबहादुर खड्का मात्रै हिन्दु धर्मका पक्षमा जस्तो देखिए पनि महामन्त्री शशांक कोइराला लगायत पनि हिन्दु धर्मकै पक्षमा रहेको भट्टराई दाबी गर्छन् । हिन्दु राज्य हुनुपर्छ र धर्मनिरपेक्ष भन्नेमा पार्टीभित्र पनि बहस कायमै रहेकाले विद्यार्थीहरुमा पनि त्यो बहस हुनु स्वभाविक भएको उनी बताउँछन् । नेतृत्वमा एक दर्जन बढी आकांक्षी झण्डै दश वर्षपछि हुन लागेको नेवि संघको नेतृत्वमा झण्डै एक दर्जन आकांक्षी देखिएका छन् । संगठनको नेतृत्वका लागि नैनसिंह महर, गणेश विष्ट, दीपक भट्टराई, कुन्दनराज काफ्ले, मदनमणि आचार्य लगायत झण्डै एक दर्जन आकांक्षी देखिएका छन् । झण्डै एक दर्जन विद्यार्थी नेताहरु आकांक्षी देखिएपछि विद्यार्थीहरुलाई मिलाउन हम्मेहम्मे परेको छ । विद्यार्थीहरुलाई मिलाउनका लागि पूर्व अध्यक्षहरु लागि परेका छन् । विवाद मिलाउन कार्यदल नेविससंघको नेतृत्वको विवाद मिलाउन कार्यदल गठन गरिएको छ । विद्यार्थी नेता लिलाबल्लभ दाहालको नेतृत्वमा कार्यदल गठन गएिको नेवि संघ अध्यक्ष रञ्जित कर्णले जानकारी दिए । कार्यदलमा सुरेन्द्र राई, अशोक बस्ताकोटी, विष्णु जोशी, प्रकाश महर्जन, जित शेरचन र सन्तोष कट्टेल सदस्य छन् । कार्यदलले विवादित विषयवस्तुलाई सहमतिका आधारमा समाधान गरी एक महिनाभित्र केन्द्रीय समितिलाई प्रतिवेदन पेस गर्न आग्रह गरेको कर्णले जानकारी दिए । उमेर हदले नस्वीकार्य विद्यार्थी संगठनको नेतृत्वका लागि कुनै पनि उमेर हद लगाउन नहुने विद्यार्थी नेताहरु बताउँछन् । झण्डै दश वर्षदेखि अधिवेशन पर्खेर बसिरहेका विद्यार्थीहरुलाई उमेर हदको कुरा उठाउन जायज नहुने महामन्त्रीका आकांक्षी भट्टराई बताउँछन् । उमेर हदको कुरा उठाएमा संगठनमा अराजकता देखिने उनको भनाइ छ । विभिन्न गुट उपगुटमा सक्रिय नेवि संघका विद्यार्थी नेताहरुले गुट उपगुटलाई सामान्य अर्थमा लिएका छन् । संगठनमा काम गर्नका लागि एउटा टिमवर्क चाहिने भएकाले टिमवर्कका लागि गुट उपगुट चाहिने विद्यार्थी नेताहरुको तर्क छ । १० जिल्लामा अधिवेशन बाँकी महाधिवेशनको तयारीमा रहेको नेवि संघको झण्डै १० जिल्लामा अधिवेशन हुन सकेको छैन । करिब ६५ जिल्लाको अधिवेशन सकिएको नेवि संघले जनाएको छ । बाँकी रहेका १० जिल्लाको अधिवेशन पनि छिट्टै गरिने विद्यार्थी नेताहरुले जनाएका छन् । संगठनलाई आगामी महाधिवेशनबाट संघीय प्रदेशको अवधारणाअनुसार लैजानुपर्ने भएकाले त्यसबारे पनि छलफल हुने भएको छ । सङ्घीय संरचनामा मुलुक गएको र सङ्घीयताले रुकुम र नवलपरासीलाई दुई प्रदेशमा विभाजन गरेकाले सङ्घीयताका आधारमा निर्वाचन गर्दा सीमाङ्कनका आधारमा महाधिवेशन प्रतिनिधिको नामावली तयार गरी केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न दुई जिल्लामा दुइ दुई जनालाई खटाइएको संघका अध्यक्ष रञ्जित कर्णद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेविसंघकाे महाधिवेशन अगामी साउन २३ गतेदेखि २५ गतेसम्म काठमाडाैंमा हुँदैछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending