Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

वर्तमान सरकारका मन्त्री नै भन्छन्, ‘राजसंस्था फर्काउनु अपरिहार्य’

\"ramkumarकाठमाडौँ । वर्तमान सरकारका मन्त्रीले नै मुलुकको राष्ट्रिय एकताका लागि राजसंस्था फर्काउनु अपरिहार्य भएको बताएका छ्न ।भूमि सुधार तथा ब्यवस्था मन्त्री रामकुमार सुब्बाले राजा फर्काउन आफू मन्त्री पद त्याग्न समेत तयार रहेको बताएका हुन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको साक्षात्कारमा उनले भने, ‘मन्त्री पद भन्दा मेरो लागि राजसंस्थाको विचार ठूलो हो, प्रधानमन्त्री लगायतका निकायबाट मेरो विचार कुण्ठित गर्ने काम भए हाँसीहाँसी मन्त्री पद त्याग्छु ।’

साक्षात्कारमा मन्त्री शुब्बाले गणतान्त्रिक संविधानको सपथ खाएर मन्त्री भएकोले यस्तो विचार राख्दा प्रश्न उठ्नु स्वभाविक भएपनि संविधान निर्माणमै आफूहरुले यो विषयमा फरक मत राखेको बताए ।

संविधानले नै विचारको स्वतन्त्रता दिएकोले आफू यस्तो अभिव्यक्ति दिन स्वतन्त्र रहेको दाबी गर्दै राष्ट्रिय एकताका लागि सर्वस्वीकार्य नेतृत्वको रुपमा राजसंस्था अपरिहार्य रहेको तर्क गरे ।

‘राजा, देश र अनेकतामा एकता नेपालको विशेषता हो । यसमा हामी अलमलमा छैनौँ’, उनले भने, ‘नेपालमा संबैधानिक राजसस्था, सापेक्ष हिन्दु राष्ट्र र संघीयताको ठाँउमा शक्तिशाली स्वायत्त शासन हुनुपर्छ ।’

मन्त्री शुब्बाले मुलुकमा नेतृत्वकै कारणले समस्या आएकोले सबैलाई स्वीकारयूक्त नेतृत्वका लागि राजा ल्याउनै पर्ने तर्क गर्दै मुलुकलाई निकास दिन राजा ल्याउनै पर्ने अपरिहार्यता भईसकेको दावी गरे । त्यसकोलागि राप्रपा नेपाल जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको स्पष्ट पारे ।

उनले लामो समयदेखि रोकिएको स्वबासी, छुट दर्ता, लिजमा जग्गा लिने ब्यवस्था सुचारु गरिएको जानकारी दिदै राष्ट्रिय उत्पादन बढाउन उपयोग नीति लागु गर्ने चरणमा पुगेको बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending