Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

वैद्यले भने– एकताबारे छलफल गरेर गल्ति गरेछौं

\"mohan-baiddhya\"काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एकताबारे छलफल गरेर गल्ती गरेको स्वीकार गरेका छन् । सोमवारदेखि काठमाडौंमा शुरु भएको पार्टीको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै वैद्यले एकताको बारेमा पार्टीभित्र छलफल चलाएर गल्ती गरेको बताए । ‘हामी रुपान्तरण गरेर एकता एकता गर्ने पक्षमा थियौं’, राष्ट्रिय सभागृहमा आयोजित भेलाको उद्घाटन गर्दै वैद्यले भने, ‘तर क्रान्तिकारी धारालाई नै ध्वस्त पार्न एकताको षड्यन्त्र भयो ।’ क्रान्तिकारी माओवादीको विउ पनि नरहोस् भनेर गरिएको षड्यन्त्र आफूहरुले सफल हुन नदिएको उनले बताए । ‘एकताबारे छलफल गरेर हामीले गल्ती गर्यौं’, वैद्यले कार्यकर्तालाई आश्वास्त पार्दै भने, ‘अब एकताको होहल्लाको पछाडि हामी दौडिनु हुँदैन ।’ बन्दुक उठाउने बेला भएको छैन क्रान्तिकारी माओवादीका अध्यक्षले नेपालमा क्रान्ति सम्पन्न नभएकाले फेरि पनि अर्को क्रान्ति आवश्यक भएको बताए । उनले जनवादी क्रान्ति सम्पन्न गर्न अन्ततः बन्दुक उठाउनै पर्नेमा जोड दिए । वैद्यले बन्दुक उठाउनै पर्छ भनेर अभिब्यक्ति दिँदा हलभरि रहेका कार्यकर्ताले ताली बजाएका थिए । तर अहिले क्रान्तिका लागि बन्दुक उठाउने बेला नभएको उनले स्पष्ट गरे । ‘बिना तयारी बन्दुक उठाएर हुँदैन । त्यसका लागि तयारी गर्नुपर्छ’– वैद्यले थप स्पष्ट गरे । उनले क्रान्ति आवश्यक भएको र सम्भव रहेको रहेको उल्लेख गरे । वैद्यले निरन्तर क्रान्तिलाई अगाडि लैजाने र जनतालाई धोका नदिने प्रतिवद्धता जनाए । वैद्यले अरु नाम मात्रको कम्युनिष्ट भएको आरोप लगाउँदै आफूहरु मात्रै सच्चा माओवादी भएको दाबी गरे । ‘कम्युष्टिहरु एक भइदिए हुन्थ्यो भन्छन्, हामी पनि एक हुने नै चाहन्छौं’, वैद्यले कम्युनिष्ट एकताबारे प्रष्ट्याए, ‘तर नाम कम्युनिष्ट छ, काम कम्युनिष्टको छैन । त्यसैले सबै एक हुनै सक्दैनौं ।’ क्रान्ति पूरा भएको छैन क्रान्तिकारी माओवादी अध्यक्ष वैद्यले नेपालमा क्रान्ति पूरा नभएको बताए । ‘केही साथीहरु क्रान्ति पूरा भएको भन्दैछन्,’ वैद्यले भने, ‘क्रान्ति पूरा भयो भने हिजोका बदमासहरु जेलमा हुन्छन्, क्रान्तिकारीहरु मुक्त हुन्छन् ।’ वैद्यले कांग्रेस, एमाले र एमाओवादीमा कुनै फरक नभएको पनि आरोप लगाए । उनले एकता प्रक्रियामा नगएर विचारधारात्मक रुपमा विजय प्राप्त गरेको दाबी गरे । दक्षिणपन्थी अवसरबादका विरुद्ध क्रान्तिकारी धारा रहिरहने पनि उनले स्पष्ट गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending