काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका १२ नेपालीको नाम ठेगाना खुलेको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर अहिलेसम्म १२ नेपालीको मृत्यु भएको पुष्टि भएको जनाएको हो । बम आक्रमणमा परी मृत्यु भएकामध्ये दुई जना नेपाली हुन् वा अन्य देशका भन्ने बारेमा यकिन हुन बाँकी रहेको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा सुनसरीका अकुर तामाङ, काठमाडौंका चन्द्रबहादुर रानामगर, हरिबहादुर बडवाल क्षेत्री, विदुरबहादुर सुवेदी क्षेत्री रहेका छन् । यसैगरी लमजुङका अमृतबहादुर थापा, स्याङ्जाका सुकबहादुर गुरुङ, नुवाकोटका डम्बरबहादुर तामाङ, मधुसुदन कोइराला, लिलबहादुर गुरुङ छन् ।पर्वतका नवीनसिंह क्षेत्री, चितवनका कृष्णबहादुर ढुंगाना, बुटवलका जितेन्द्रसिंह थापाको पनि आक्रमणमा परि मृत्यु भएको छ ।
तर अफगान गृह मन्त्रालयले भने घटनामा १४ नेपालीको मृत्यु भएको जनाएको छ ।काबुलस्थित क्यानेडियन दूताबासको सुरक्षार्थ खटिएको नेपालीहरु चढेको बसमा तालिबानले आक्रमण गरेको थियो ।
बम आक्रमणमा परी घाइते भएका सात जना नेपालीमा चितवनका मानबहादुर थापा र कृष्णकुमार देउजा, मोरङका प्रेमबहादुर क्षेत्री, म्याग्दीका चेतप्रसाद शेरचन, गोरखाका कुमारबहादुर गुरुङ, सुर्खेतका अमृत रोकाय क्षेत्री र नुवाकोटका च्याङ्बा तामाङ रहेका छन् ।
घाइतेहरुको उपचार सुनिश्चित गर्न, मृतकको शव नेपाल पठाउन र अन्य समन्वयका लागि मन्त्रालयले पाकिस्तानका लागि कार्यवाहक राजदूत तिर्थराज अर्याललाई काबुल पठाएको छ ।
अफगानिस्तानमा बम विष्फोटका घटना सामान्य मानिएपनि नेपालीहरुलाई लक्षित गरेर आत्मघाती बम विष्फोट गराइएको भने यो पहिलो घटना हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: