Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

नेपाल घर घरमा आँसुकवि भएको मुलुकः प्रधानमन्त्री ओली

\"KP-oli-talking-750\"असार ९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गाउँ गाउँ र घर घरमा आँसुकवि भएको मुलुक भएको बताएका छन् । नेपाल प्रज्ञा– प्रतिष्ठानको ५९ औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित राष्ट्रिय कविता महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हजारौं वर्ष पहिले तपोभुमि , शान्तिभुमिका दृष्टिले दुनियाँमा यो धर्ती अगाडि रहेको उल्लेख गरे । उनले नपढेकाले पनि घाँस काट्दा काट्दै दोहोरी र गीत प्रस्तुत गर्न सक्ने नेपालीको सामथ्र्यको प्रशंसा गर्दै अबको कवितामा सामाजिकता, वैज्ञानिकता, मानवीयता र अन्तर्रा्ष्ट्रियतासहित भाव र कला अभिव्यक्त भएर आउने विचार व्यक्त गरे । साहित्य क्षेत्रलाई सरकारबाट गर्नुपर्ने सहयोग रहने विश्वास दिलाउँदै उनले भने, – “हामीलाई थाहा छ, कविता बारीमा मकै छरेजस्तो प्रतिफल दिने क्षेत्र होइन, यो तुरुन्तै उम्रँदैन । देखिने प्रतिफल नदेखिन पनि सक्छ तर हामीले लगानी गर्नुपर्छ ।” कार्यक्रममा प्रधानमन्त्री ओलीलाई कलाकार तथा कर्मचारी सङ्गठनद्वारा सङ्कलित ‘मेरो धरहरा : म बनाउँछु’ अभियानका लागि रु ४१ हजार रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रममा कलाकारहरु सुक्मित गुरुङ, सुरेशराज आचार्य, रमेश अधिकारी, रेखा थापा गुरुङ र कर्मचारी सीता कार्कीलाई दीर्घ सेवा पदक (२५ वर्ष) प्रदान गरिएको थियो । संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल, कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्व उपकुलपति बैरागी काइँलालगायतले महोत्सवको सफलताको कामना गरेका थिए । महोत्सवमा ३३३ कविले आवेदन दिएकामा ४५ लाई प्रतियोगीका रुपमा सहभागी गराइएको र २१ अतिथि कवि रहेको पद्य विभाग प्रमुख डा अमर गिरीले जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending