Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सरकारी वकिलको कार्यदक्षता वृद्धि गर्न कामु प्रधानन्यायधिस कार्कीको सुझाव

\"susilakarki\"असार ९ धुलिखेल । कामु प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारी वकिलको कार्यदक्षता वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएकी छिन । महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा ‘सरकारी वकिलहरुको केन्द्रीय कार्यसमीक्षा तथा अनुशिक्षण’ कार्यक्रमको उद्घाटन समारोहमा उनले परिवर्तित समयअनुसार सरकारी वकिलको कार्यक्षमतामा वृद्धि गर्नुपर्नेमा जोड दिएकी हुन । विज्ञान र प्रविधिको विकाससँगै अपराधको शैली पनि फेरिएको भन्दै कामु प्रधानन्यायाधीश कार्कीले त्यहीअनुसार वकिलहरुले पनि सूचना र प्रविधिको अध्ययन र प्रयोग बढाउनुपर्ने विचार व्यक्त गरिन । ठोस प्रमाण जुटाउन नसक्दा सरकारी वकिलले सोचेजति उपलब्धि हासिल गर्न नसकेको र न्यायमा सर्वसाधारणको पहुँच अझै पुगिनसकेको सन्दर्भमा सरकारी वकिलको भूमिका महत्वपूर्ण भएको उनको भनाई थियो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले सरकारी वकिलले ६२ प्रतिशत मुद्दा हारेको तथ्याङ्क भएको हुँदा कमजोरी पक्षका बारेमा व्यापक छलफल गर्नुपर्नेमा जोड दिए । “ मुद्दा हार्नुमा सरकारी वकिल कहाँनेर चुक्यो हेर्न जरुरी छ, ६२ प्रतिशत मुद्दा हार्नु भनेको सफलताको नतिजा हैन” – उनले भने । महान्यायाधिवक्ता हरि फुयाँलले सरकारी मुद्दाहरुले सफलता पाउन नसक्नुको कारणबारे अध्ययन गर्नुपर्ने बताए । राष्ट्रिय न्यायिक प्रतिष्ठानका निर्देशक केशरीराज पण्डितले न्याय क्षेत्रलाई सामान्य नागरिकसम्म सहज रुपमा पु¥याउन सरकारी वकिलको आवश्यकता अझ बढी रहेको उल्लेख गरे । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अनुसन्धान गर्ने अधिकारी र सरकारी वकिलबीच घनिष्ट सम्बन्ध पनि ठीक नहुने विचार व्यक्त गरे । सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईले सरकारी वकिललाई अध्ययन अनुसन्धानका लागि सधैँ सहयोग गर्ने विश्वास व्यक्त गरे । नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले कानुन व्यवसायीलाई सम्मानको दृष्टिकोणले सबैले हेर्नुपर्नेमा जोड दिँदै स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि बार सधैँ तत्पर रहेको बताए । दुई दिनसम्म चल्ने समीक्षा तथा अनुशिक्षण कार्यक्रममा सरकारी वकिलहरुको वार्षिक कार्यको उपलब्धि, आगामी कार्ययोजना, उपलब्धि तथा कमीकमजोरीबारे समीक्षा गरिने बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending