Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

विर्सन नसकेको दोरम्वा फौजी कारबाहीको त्यो क्षण

\"anupam चारैतिर दीपावलीको झल्मलाइरहेको थियो । जताततै मखमली, सयपत्री र गोदावरीहरू फुलेर सुभाषमय सुन्दर, मनोरम एवम् स्निग्ध वातावरण फैलिरहेको थियो । चारैतिर देउसी र भैली गीतहरू खेल्दै दिदी बहिनी र दाजुभाइहरू रमाइरहेका यो क्षणमा हामीहरूचाहिँ निकै व्यस्त थियौँ । हाम्रो त्यो व्यस्तता भनेको महान् विजयको बाटो खोलेर अगाडि बढ्ने नै थियो । नितान्तै नयाँ मोर्चा र चुनौतीपूर्ण मोर्चा खोलेर हामी दिग्विजयको अभियानमा छिटोभन्दा छिटो लामवद्ध हुनुपर्ने थियो । हामी त्यो महान् दिग्विजयको अभियानमा सरिक हुन भीषण लडाइँको तयारीमा थियौँ । चारैतिर तिहारको रमझम भएकोले हामीलाई पनि केही भावनाहरूले नसताएको होइन । मानिसहरूका हृदयमा भावनाहरू हुँदोरहेछ, भावनाका छालहरू छचल्किँदारहेछन् तर पनि हामीले भावनाको छाललाई विचारको छालमा परिणत गर्नुपर्ने वाध्यता हुँदोरहेछ । हामीलाई पनि त्यतिखेर तिहारको याद नआएको होइन । दिदी बहिनीहरूको याद र सप्तरङ्गी टीका र मालाको याद पनि नआएको होइन तर हामी त्यतिबेला महान् यात्रामा सरिक थियौँ किनकि हामीजस्ता सर्वहाराहरूको दसैँतिहार भित्रिएकै थिएन । हाम्रा सयपत्री र मखमलीका सुन्दर पूmलबारीमा साँढेगोरुहरू डुक्रिंदै आएर सिँगौरी खेलेकाले हाम्रो त्यो सुन्दर पूmलबारी कुरूपतामा बदलिएको थियो । कतिपय दिदीबहिनीहरूले दाजुभाइहरू गुमाउनुपरेको थियो भने कतिपय दाजुभाइहरूले दिदीबहिनीहरू गुमाउनुपरेको थियो । यी दर्दनाक र हृदयबिदारक घटनाहरूलाई सम्झेर मन बुझाइयो र यी तिहारका सबै सबै रमझमहरूलाई सहायक बनाएर हामी त्यो मोर्चाबन्दी लडाइँको तयारी गरिरहेका थियौँ । हामी सबैको गलामा मखमली, सयपत्री र गोदावरी मालाको सट्टामा गोलीको माला थियो भने हामी सबैको निधारमा सप्तरङ्गी टीकाको सट्टामा सहिदहरूको रगतको रातो टीका थियो । साथसाथै, बारुदको टीका लगाएर हामी मोर्चाको तयारीमा जुटिरहेका थियौँ । हामी सयपत्रीझैँ सजिदै हामीले यतिबेला निकै ठूलो लडाइँको तयारी गरिरहेका थियौँ । किनकि आजसम्म हामीले वा हाम्रो एसटीएफले यति ठूलो मोर्चा खोल्न सकेको थिएन । हामीले योभन्दा अगाडि जरायोटार मोर्चा खोलेका थियौँ तर त्यसलाई सफलतामा पु¥याउन नसकेकोले हामी घाइते सिंहझैँ भएका थियौँ । यदि हामीले जरायोटार मोर्चालाई सफल पारेको भए हाम्रो सैन्यफर्मेसन त्यतिखेर नै गुणात्मक रूपमा विस्तार भइसक्ने थियो तर हामी केही स्टेप पछाडि परे पनि यही मोर्चालाई शानदार रूपमा विजयमा पु¥याएर हाम्रो फौजी संरचनालाई गुणात्मक रूपले विस्तार गर्नुपर्ने भन्ने योजना थियो । हामी त्यही योजना र उद्देश्यका साथ तयारीको सबै काम सकिएपछि हामी ब्याटल फर्मेसनमा लामवद्ध भयौँ ।
हाम्रो एसल्टबाट मोर्चाको उद्घाटन फायर भयो किनकि हाम्रो आर्क भनेको निकै चुनौतीपूर्ण आर्क थियो । फोर्टिफिकेसनको हिसाबले हाम्रो आर्क निकै खतरा थियो किनकि हाम्रो आर्कमा लामो हँसियाहथौडा आकारको टनेल र मजबुत सेन्ट्रीपोस्ट पनि थियो ।
होल कारबाहीका कमान्डर तथा होल कार्बाहीका कमिसार क.परवाना र क.सन्तोषले हामीलाई ब्याटलको अन्तिम निर्देशन जारी गर्नुभयो र यो मोर्चाको दूरगामी महत्वको बारेमा स्पष्ट पार्नुभयो । उहाँहरूको निर्देशन पाएपछि हामी सबैले बलिदान दिनुपरे पनि पार्टीको योजनालाई दृढतापूर्वक सफल पार्ने प्रतिवद्धताका साथ हामी मोर्चातिर अगाडि बढ्यौँ । हामीलाई जरायोटार मोर्चाको छाप परिरहेको थियो । अन्तिम स्थितिमा पुगेको त्यो मोर्चालाई हामीले विजयसम्म पु¥याउन नसकेकोले हामीलाई कताकता नराम्रो छाप परिरहेको थियो । हामीले अत्याधिक रगतको कोटा चुक्ता गरेर भए पनि यो मोर्चालाई सफल पार्नुपर्दछ भन्ने हाम्रो निष्कर्ष थियो । शरद ऋतुको दिनभरिको मधुरो–मधुरो सूर्यको किरण अस्चाचलतिर डुबिसकेको थियो । त्यो मिर्मिरे निम्त्याउनुअगाडिको गोधुलीसन्ध्यामा हामी ब्याटल फर्मेसनमा लामवद्ध भएका थियौँ । माथि शैलुङडाँडाले हामीलाई आफ्नो वात्सल्यमा लुकाउँदै स्वागत गरिरहेको थियो । शिरशिर हावामा हामी पनि बगिरहेका थियौँ । एउटा ठूलो तालमा आकाशको जून हामफालेझैँ हामी पनि शैलुङको चिसोचिसो सिरेटोमा हामफाल्दै अगाडि बढिरहेका थियौँ । हामी मिर्मिरे साँझमा दोरम्बाको ओरालो बहकिंदै थियो भने मङ्सिरको चिसोचिसो सिरेटोले हामीलाई अझ डसिरहेको थियो । हामीले केही पनि अप्ठ्याराहरूलाई वास्ता नगरी मोर्चातिर हानिँदै थियौँ । तल दोरम्बा क्याम्प सुनसान थियो । हामीले पुलिसकै सेटबाट के सुनिराखेका थियौँ भने सबै पुलिसहरू क्याम्पभन्दा बाहिर छन् । हामीले पुलिसको सबै गतिविधिहरूलाई सेटमार्फत् नियालिरहेका थियौँ । सन्नाटा रात सुलुलुलु चिप्लिरहेको थियो । हामीचाहिँ कहिले पुलिसहरूभित्र पस्छन् र भोकाएको बिरालोले मुसा भेटेंझैँ गरी आक्रमण गरौँला भन्ने प्रतिक्षामा थियौँ । हामीलाई त्यो अभिशप्त कालरात्रिमा जाडोले निकै सताइरहेको थियो । हाम्रा मुटुमा बरफको सिरिन्ज रोपिएझैँ हुन्थ्यो । बीचबीचमा कमान्डर क.सञ्जीवले ट्रिगर दाब्ने औंलालाई चाहिँ न्यानो बनाइराख्नुस् भन्नुभएको थियो । जब घडीको सुईले साँढेदुई बजेको सङ्केत गरिरहेको थियो, हामीलाई हेडक्वाटरबाट खबर आयो कि सबै पुलिसहरू भित्र पसिसके, अब हामीले फायर खोल्नुपर्दछ भन्ने कासन आएपछि हामी प्रहरी चौकीतिर अगाडि बढ्यौँ । हामी आ–आफ्नो एसल्टमा सेटिङ भएर आ–आफ्नो आर्कबाट पुलिसको आँखा छल्दै उसको सेन्ट्रीपोस्ट नजिकै पुग्यौँ । पुलिसहरू होहल्ला गरिरहेका थिए । उनीहरु हामीलाई साँच्चै देखेझैँ ऊ ...का छोराहरू आयो ...ठोक् ...ठोक् भनेर कराइरहेका थिए । केही पुलिसहरू रातभर एलर्ट भएको कारण सुतिसकेका थिए । हामी चौकी नजिकै पुगिसकेका थियौँ । जब बिहान घडीको सुईले ३ः१५ बजेको सङ्केत गरिरहेको थियो, हाम्रो एसल्टबाट मोर्चाको उद्घाटन फायर भयो किनकि हाम्रो आर्क भनेको निकै चुनौतीपूर्ण आर्क थियो । फोर्टिफिकेसनको हिसाबले हाम्रो आर्क निकै खतरा थियो किनकि हाम्रो आर्कमा लामो हँसियाहथौडा आकारको टनेल र मजबुत सेन्ट्रीपोस्ट पनि थियो । हाम्रो आर्क त्यही खालको भएकोले हामीले नै त्यस मोर्चाको पहलकदमी लिनुपर्ने थियो । हाम्रो एसँल्टले मोर्चाको पहलकदमी लिन सकेन भने हामीले लडाइँ हार्न सक्छौँ भन्ने एचक्यूको विश्लेषण थियो । हामी सेन्ट्रीपोस्टको नजिकै पुग्दा पुलिसहरू एकआपसमा कुरा गरिरहेका थिए “तराईमा त रातको बेलामा यसरी ड्यूटी बस्दा सर्प आउँछ होला है !”एकछिन अगाडिसम्मको सुनसान वातावरण एकछिनपछाडि भीषण युद्धमा परिणत भयो । चारैतिरबाट गोलीहरू वर्षिरहे, माइन र बमहरू पड्किरहे । हाम्रो एसल्टले हाम्रो आर्कमा रहेको टनेल कब्जा गर्दै विद्युतीय गतिमा चौकीको झ्यालमा कभर लिन पुग्यौँ र भित्र फायर गरिरह्यौँ । अरू सबै एसँल्टहरू पनि चौकीको झ्याल ढोकामा कभर लिंदै भित्र चौकीभित्र फायर गर्न आइपुगिसकेका थिए । पुलिसहरू भित्र एक डल्लो परेर वसिरहेका थिए । सेन्ट्रीको एकजना पुलिस ढलिसकेको थियो । भित्रका पुलिसहरूको बीचमा तीव्र फायर हुन थालेपछि चौकीका इन्स्पेक्टरले आफ्ना जवानहरूलाई फायर रोक्ने र हतियार फालेर आत्मसर्मपण गर्ने कासन गरेपछि सबै पुलिसहरूले हतियार फालेर आत्मसमर्पण गरे । करिब त्यो समय दसमिनेट मात्र भएको थियो । हामीले दस मिनेटमै चौकी कब्जा ग¥यौँ र त्यहाँ नारा घन्काइरह्यौँ । नेकपा(माओवादी)– जिन्दावाद ! राजतन्त्र– मुर्दावाद ! वीर सहिदहरू–लालसलाम ! वीर जनमुक्ति सेना नेपाल– जिन्दावाद ! भनेर । हामीले घाइते पुलिसहरूलाई उपचार गरेर हामीले भारी मात्रामा युद्धसामग्रीहरू कब्जा गरेर हामीले जेनेभा कन्भेन्सनको भरपुर प्रयोग गर्दै इन्स्पेक्टर दिलिप राईलाई कब्जामा लिएर हामी त्यो मोर्चाबाट रिट्रिट भयौँ । हामीले त्यहाँबाट ३–०–३ राइफल २१ थान, सोको बुलेट ५००० राउन्ड, टु टु राइफल १ थान, सटगन २ थान, सङ्गीन ४ थानलगायत भारी मात्रामा अन्य युद्धसामाग्रीहरू पनि कब्जा गरिएको यो मोर्चा तत्कालीन अवस्थामा पूर्वकै ठूलो मोर्चा भयो र यसले जरायोटार मोर्चाको ग्याप पनि पूरा ग¥यो किनकि हामीले त्यतिबेला जरायोटार मोर्चा हारेका थियौँ । हामीले जरायोटार मोर्चाको आक्रोश त्यहाँ पोख्यौँ र विजयी भयौँ । हामी घाइते सिंहझैँ गर्जिएको कारण हामीले मोर्चा सफलतापूर्वक सम्हाल्यौँ । थोरै साधनस्रोतले लडिएको यो मोर्चा निकै महŒवपूर्ण रह्यो किनकि यो मोर्चा लड्ने बेलामा हामीसँग फस्ट एसँल्ट लड्ने योद्धासँग अधिकतम बुलेट १७ राउन्ड मात्रै थियो । अरू एसल्ट ग्रुपहरूसँग र स्टप ग्रुपहरूसँग त बुलेट म्याग्जिनमा मात्रै थियो । तर यसो हुँदाहुँदै पनि हामीले कमभन्दा कम समयमा यो मोर्चालाई फाइनलमा पु¥्याउनु भनेको बलिदानी भावले मात्रै हो । अध्यक्ष क. प्रचण्डले भन्नुभएझैँ साम्राज्यवादी र प्रतिक्रियावादीहरूसँग लड्ने एक मात्रै हाम्रो महŒवपूर्ण हतियार बलिदान हो । हामी यही बलिदान र समर्पण भावले गर्दा यो मोर्चालाई विजयको बिन्दुसम्म पु¥यायौँ । हाम्रो सैन्य संरचनालाई पनि यो मोर्चाको विजयले माथि उठाउने काम ग¥यो । टार्गेटको नजिक पुगेर पुरै दुश्मन बाहिर निस्केर अल आउटको ट्याक्टिस अपनाए पनि त्यसलाई धैर्यतापूर्वक दुश्मनको गतिविधिलाई आँकलन गर्दै दुश्मन चौकीभित्र छिरेपछि हमला गर्नु यो नितान्तै नयाँ फौजी ट्याक्टिस थियो र प्रतिकूल समयलाई अनुकूलतामा ढाल्दै लडाइँ जित्ने जनमुक्ति सेनाको साहसलाई त्यतिबेलाको समयमा हार्दिकतापूर्वक उदाहरणको रूपमा शिक्षा लिन जरुरी छ । यसले इतिहासको एउटा सङ्गीनमय घडीमा फौजी कार्बाहीको नयाँ आयाम स्थापित गरेका कुरालाई कदापि भुल्नुहुन्न । जनमुक्ति सेनाको लडाइँको जीवनमा यी यस्ता कुराहरू सधैँसधैँ इतिहासको एउटा सकारात्मक कालखण्डको रूपमा उभिएर रहिरहनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending