Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

स्वायत्त क्षेत्रको माग गर्दै जाग्यो चेपाङ

\"chepang\" चितवन, १२ असार । नेपाल चेपाङ सङ्घको चौथो राष्ट्रिय महाधिवेशन १३ बुँदे चितवन घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको छ । देश सङ्घीयतामा गइसकेको समयमा चेपाङ स्वायत्त क्षेत्र स्थापना गर्नका निम्ति सङ्घर्ष गर्ने, प्रदेश निर्माण गर्दा चेपाङ जातिको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने, भण्डारा–मलेखु सडकलाई चेपाङ लोकमार्ग बनाइनुपर्नेलगायतका माग गर्दै सङ्घले आफ्नो महाधिवेशन सम्पन्न गरेको हो । चेपाङ बाहुल्यता रहेका जिल्ला चितवन, धादिङ, मकवानपुर र गोर्खाका गाउँ विकास समितिका सङ्घीय संरचनाअनुसार चेपाङ नेतृत्व सुनिश्चित गर्न दबाब दिने, राज्य वा प्रदेशका स्थानीय निकायमा राजनीतिक नियुक्ति हुने पदमा चेपाङ समुदायबाट प्राथमिकताका आधारमा कम्तीमा एक जनाको नियुक्ति गर्नुपर्ने, सरकारी तथा गैरसरकारी निकायको रोजगारीमा आफ्नो समुदायलाई प्राथमिकतामा राखी नियुक्ति गर्नुपर्नेलगायतका माग राज्यले सम्बोधन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । महाधिवेशनले जितेन्द्र चेपाङको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सुनिमायाँ चेपाङ, उपाध्यक्षमा बिलबहादुर चेपाङ, महासचिवमा आइतसिंह चेपाङ, सचिवमा बिनोदबहादुर चेपाङ र मङ्गलसिंह चेपाङ, कोषाध्यक्षमा रवीन्द्रसिंह चेपाङ रहेका छन् । शनिबारदेखि चितवनमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । महाधिवेशनमा चितवनसहित ६ जिल्लाका दुई सय ५० जना प्रतिनिधि र एक सय ५० जना पर्यवेक्षकको सहभागिता रहेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending