Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

तपाइलाई ढाड दुख्छ ? यस्ता कुरामा ध्यान दिनुहोस्

\"Dhadकाठमाडौँ, १३ असार । असार  पक्कै पनि तपाइले ढाड दुखाइको अनुभव गर्नुभएको होला । कसैलाई सामान्य मात्रामा ढाड दुखे पनि केही यस्ता कारण हुन्छन् जसले ढाड दुखाइको पीडा सहन गह्रो हुन्छ र यसले जटिल रुप समेत लिन सक्छ ।

केही नभएको व्यक्तिलाई पनि एक्कासि निहुरिँदा वा केही काम गर्दा चसक्क भए जस्तो हुने र त्यसपछि ढाडको दुखाइ सुरु हुन्छ । प्राय ढाड दुख्ने व्यक्तिहरू सुरुको अनुभव यसरी नै सुनाउँछन् ।

हाम्रो जीवनशैली, उठाइ, बसाइको तरिका, कम्प्युटर चलाइ, शरीरको तौल आदि विभिन्न कारणले ढाड दुखाइमा असर पार्छ । एक्कासि ढाडको दुखाइबाट पीडित भइसकेपछि त्यो दुखाइ कहिल्यै पनि बिर्सिन सकिँंदैन ।

ढाडको दुखाइ एक्कासिमात्रै हुँदैन, लामो समयसम्म बिस्तारै पनि हुन्छ । यसरी अलिअलि दुख्ने ढाड दुखाइले हामीलाई पछि हुनसक्ने कठोर दुखाइको संकेत दिइरहेको हुन्छ । तर प्रायः मानिस ढाड दुख्दादुख्दै पनि हिँडिरहेका हुन्छन् र पछि अचानक थला पर्छन् ।

ढाडको दुखाइको मतलब हो, मांसपेशीहरू थकित हुनु, मांसपेशीहरूलाई आराम नपुग्नु । ‘यस्तो बेलामा विशेष गरी एक्कासि हुने दुखाइमा सबैभन्दा ठूलो कुरा हो, आराम’, अमेरिकाका हाडजोर्नी विशेषज्ञ एडवार्ड अब्राहम भन्छन्, ‘धेरैजसो अवस्थामा त वास्तवमा आराममात्रै एउटा औषधी हुन सक्छ र दुखाइबाट मुक्त हुन सकिन्छ ।’

एकदुई दिन पूर्ण आराम गर्नु उत्तम हुन्छ । तर, सातआठ दिनसम्म हलचल नगरी ओछ्यानमा सुत्नुचाहिँ आवश्यक पर्दैन । विभिन्न अनुसन्धानले के देखाएका छन् भने दुईतीन दिन आराम गरेपछि दुखाइ केही कम हुन्छ र हिँडडुल र साधारण काम गर्नु उचित हुन्छ । दुईतीन दिनपछि दुखाइ पूर्णरूपमा हराउनचाहिँ हराउँदैन । पूर्णरूपमा दुखाइ ठिक हुन छ हप्ताजति लाग्न सक्छ ।

डाक्टरकहाँ जानैपर्ने आकस्मिक अवस्था -ढाड दुख्दा अन्य लक्षण, जस्तो ज्वरो आउने, पेट दुख्ने, छाती दुख्ने र सास फेर्न गाह्रो हुने भयो भने । -ढाड दुखेपछि दुई दिन आराम गर्दा पनि दुखाइ कम नभएमा । -औषधि खाएर पनि ढाडको दुखाइ ठिक नभएमा । -ढाडको दुखाइ खुट्टा र घुँडामा स¥यो भने पनि डाक्टरकहाँ जानुपर्छ । कहिलेकाहीँ मूत्रनलीको संक्रमण वा मृगौलाको समस्या हुँदा पनि ढाड दुख्छ । चिसो र तातो सेकाइ दुखाइको बारेमा अध्ययन गर्ने क्यानेडेली अनुसन्धानकर्ता रोनाल्ड मेजाल्क भन्छन्, ‘एक्कासि भएको ढाड दुखाइमा चिसो राख्दा केही सन्चो हुन्छ । बरफका टुक्रालाई सूती कपडामा पोको पारेर बिस्तारै दुखेको ठाउँमा सातआठ मिनेटसम्म मसाज गर्नुपर्छ । यसले मांसपेशीमा भएको तनाव केही हट्छ ।’ यो एकदुई दिन गर्न सकिन्छ । त्यसपछि तातो पानीको सेकाइ राम्रो हुन्छ । जर्जियाको एटलान्टामा फ्राइड मेडिकल क्लिनिकका अनुसन्धानकर्ता मिल्टन फ्राइडले तातो पानीको बोतलले पनि सेक्न सकिने बताएका छन् । कुनै बाक्लो सूतीको कपडालाई तातो पानीमा भिजाएर निचोरेर ढाडमा फैलाउन पनि सकिन्छ । यसो गर्दा घोप्टो परी सुत्नुपर्छ । अनि तातो रुमालको पट्टी राखेर कसैले केही बेर थिचेर राख्नाले तातोले गर्दा मांसपेशीको तनाव कम हुन्छ । व्यायाम दुखाइ केही कम भएपछि साधारण व्यायाम गर्नु उचित हुन्छ । जस्तो, कुनै ठाउँमा बसेर घुँडालाई आफूतिर खुम्च्याउने र पुनः तान्ने । यस्तो गर्दा मासंपेशीका तनाव कम हुन जाने प्रक्रिया छिटो हुन्छ । तर यो व्यायाम दैनिक रूपमा गर्नुपर्छ । ढाड दुख्नबाट बच्न दैनिक जीवनमा गरिने केही साधारण व्यायामहरू उपयुक्त हुन्छन् । औषधि दुखाइ कम गर्ने औषधिहरू प्रयोग गर्दा दुखाइ कम हुनुको साथै सुन्निने प्रक्रिया पनि कम हुन्छ । यसले दुखाइ छिटो ठिक हुन्छ । तर, यस्ता औषधि प्रयोग गर्दा पेटमा घाउ भएका व्यक्तिहरूले डाक्टरको सल्लाहअनुसार औषधि लिनु राम्रो हुन्छ । दुखाइ कम गर्ने धेरै जसो औषधि प्रायः खाना खाएपछि खानुपर्ने हुन्छ ।
  • एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: