Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

झापाका आँखा अस्पतालमा विदेशी बिरामीको भीड

झापा, झापामा सञ्चालित सबै आँखा अस्पतालमा स्वदेशी भन्दा विदेशी बिरामीको भीड लाग्ने गरेको छ । झापामा हाल मेची नेत्रालय, काँकडभिट्टा आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, बिर्तामोड आँखा अस्पताल र मेची आँखा अस्पताल गरी पाँचवटा आँखा अस्पताल सञ्चालनमा रहेका छन् । यसबाहेक मेची अञ्चल अस्पताल भद्रपुरमा पनि यसको उपचार हुने गरेको छ । तर, यी सबै अस्पतालमा स्वदेशीभन्दा बढी विदेशीको भीड लाग्ने गरेको बताउँछन् अस्पतालका सञ्चालकहरु । भारतको आसाम, विहार, नागाल्यान्ड, सिक्किम, दार्जिलिङ, सिलगुढी र बङलादेशलगायतका क्षेत्रबाट आँखाका रोगी दैनिक सयौँको सङ्ख्यामा यी अस्पताल आउने गरेका छन् । भारतको तुलनामा नेपालमा सस्तो, राम्रो र भरपर्दा उपचार हुने भएकाले विदेशीको चाप बढेको बताए । काँकडभिट्टा आँखा अस्पतालका व्यवस्थापक चेतराज शर्मा । विश्वका विकासोन्मुख मुलुकमध्ये नेपालमा आँखाको उपचार एक नम्बरमा पर्ने हुँदा भारतका आँखाका बिरामी नेपाल आउने गरेको व्यवस्थापक शर्माको भनाइ छ । ती अस्पतालमा वार्षिक रुपमा दुई लाख २० हजार मानिसको आँखाको शल्यक्रिया हुने गरेको छ । शल्यक्रियाबापत एक अर्ब १० करोड विदेशी रकम नेपाल भित्रिन्छ । विसं २०६४ मा पहिलोपटक काँकडभिट्टामा सञ्चालनमा आएको मेची नेत्रालय पनि विदेशी बिरामीकै भरले थेगेको नेत्रालयकी प्रशासक पुनम प्रधानले बताए । उनका अनुसार प्रतिवर्ष १० देखि १५ हजारको शल्यक्रिया यस अस्पतालबाट भइआएको छ । त्यसको ९० प्रतिशत विदेशी रोगी रहेका छन् । प्रत्येक आँखा अस्पतालले बिरामी आफूतिर तान्न नेपाल प्रवेशको पूर्वी द्वार काँकडभिट्टामा कर्मचारी खटाउने गरेका छन् । त्यहाँ आसामी, बङ्गाली र हिन्दी भाषामा दख्खल भएकाहरुलाई अस्पतालले परिचालन गर्ने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: