Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

झापाका आँखा अस्पतालमा विदेशी बिरामीको भीड

झापा, झापामा सञ्चालित सबै आँखा अस्पतालमा स्वदेशी भन्दा विदेशी बिरामीको भीड लाग्ने गरेको छ । झापामा हाल मेची नेत्रालय, काँकडभिट्टा आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, बिर्तामोड आँखा अस्पताल र मेची आँखा अस्पताल गरी पाँचवटा आँखा अस्पताल सञ्चालनमा रहेका छन् । यसबाहेक मेची अञ्चल अस्पताल भद्रपुरमा पनि यसको उपचार हुने गरेको छ । तर, यी सबै अस्पतालमा स्वदेशीभन्दा बढी विदेशीको भीड लाग्ने गरेको बताउँछन् अस्पतालका सञ्चालकहरु । भारतको आसाम, विहार, नागाल्यान्ड, सिक्किम, दार्जिलिङ, सिलगुढी र बङलादेशलगायतका क्षेत्रबाट आँखाका रोगी दैनिक सयौँको सङ्ख्यामा यी अस्पताल आउने गरेका छन् । भारतको तुलनामा नेपालमा सस्तो, राम्रो र भरपर्दा उपचार हुने भएकाले विदेशीको चाप बढेको बताए । काँकडभिट्टा आँखा अस्पतालका व्यवस्थापक चेतराज शर्मा । विश्वका विकासोन्मुख मुलुकमध्ये नेपालमा आँखाको उपचार एक नम्बरमा पर्ने हुँदा भारतका आँखाका बिरामी नेपाल आउने गरेको व्यवस्थापक शर्माको भनाइ छ । ती अस्पतालमा वार्षिक रुपमा दुई लाख २० हजार मानिसको आँखाको शल्यक्रिया हुने गरेको छ । शल्यक्रियाबापत एक अर्ब १० करोड विदेशी रकम नेपाल भित्रिन्छ । विसं २०६४ मा पहिलोपटक काँकडभिट्टामा सञ्चालनमा आएको मेची नेत्रालय पनि विदेशी बिरामीकै भरले थेगेको नेत्रालयकी प्रशासक पुनम प्रधानले बताए । उनका अनुसार प्रतिवर्ष १० देखि १५ हजारको शल्यक्रिया यस अस्पतालबाट भइआएको छ । त्यसको ९० प्रतिशत विदेशी रोगी रहेका छन् । प्रत्येक आँखा अस्पतालले बिरामी आफूतिर तान्न नेपाल प्रवेशको पूर्वी द्वार काँकडभिट्टामा कर्मचारी खटाउने गरेका छन् । त्यहाँ आसामी, बङ्गाली र हिन्दी भाषामा दख्खल भएकाहरुलाई अस्पतालले परिचालन गर्ने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending