काठमाडौं, १४ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीसँग जनयुद्ध सुरु हुनुभन्दा अगाडि भेटघाट तय भएको खुलासा गरेका छन् ।
तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीको रहस्यमय जीप दुर्घटनामा मृत्यु भएकाले पूर्व निर्धारित भेट पनि हुन नसकेको उनले सुनाए ।
‘त्यतिबेला मैले उहाँसँग भेट्न पाएको भए के हुन्थ्यो होला ?’, मदन भण्डारी फाउन्डेसनले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘यो एउटा हाइपोथेटिकल कुरा हो। हामीबीच भेट हुन पाएको भए जनयुद्धका पक्षमा मैले वा जनताको बहुदलीय जनवादमा उहाँले प्रभावित पार्न सक्ने अवस्था हुनसक्थ्यो।’
भण्डारीको २०५० जेठ ३ गते दासढुंगामा भएको कार दुर्घटनामा निधन भएको थियो। ललितपुरका एक बुद्धिजीवीले मदन भण्डारीसँग जेठ ११ मा भेटघाट तय गरिदिएको सुनाए।
कार्यक्रममा अध्यक्ष प्रचण्डले भण्डारीको जबज र जनयुद्धपद्धिको शान्ति रुपान्तरण तथा मुलुकको सम्वृद्धिका लागि दुई पार्टीबीच मेलको सम्भावना रहेको उल्लेख गरे।त्यसकोलागि हामीले अहङ्कार र स्वार्थ केन्द्रित पक्ष त्यागेर राष्ट्रिय स्वाधीनता र समृद्धिका पक्षमा उठेका वैचारिक प्रश्नलाई उत्तर दिने आँट र नेतृत्व गर्न सक्नुपर्ने उनको भनाई थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: