‘नानी, पानी और जवानी पहाड में नहि रेह सकती, इसलिए आपके नेता ने नानी को बम्बई की तरफ, पानी को दिल्ली की तरफ और जवानी कोे खाडी की तरफ जब से धकेलना शुरु किया, नेपालका दुर्भाग्य वहीँ से शुरु हुआ ।’मैले मोदीको नक्कल गर्नु अगाडिको पृष्ठभूमी पनि पाठकहरुलाई भन्न चाहन्छु । जब मैले मोदीको नक्कल गर्ने भने त्सपछि मैले मेरो टिममा सल्लाह गरे । हाम्रो सिस्नु पानी नेपालमा यस विषयमा नक्कल गर्ने भन्दा साथीहरुले राम्रो हुदैन भनेर भने । यहाँ महत्वपूर्ण कुरा के पनि छ भने– यो दुई देशको भावना र राष्ट्रिय संबन्धसँग गासिएको कुरा हो । समग्रमा भन्दा सम्वेदनशिल बिषय । विश्वकै शक्ति उन्मुख राष्ट्रको नेतालाई व्यंग्य गर्ने ? मलाई पनि होइन के हुने हो भन्ने भइ रहेको थियो । अझै स्पष्ट भाषमा भन्दा मोदीको नक्कल गर्दै गर्दा मनमा डरको बास थियो । मैले हिन्दीमा बोल्नु पथ्र्यो । मोदी जुन पृष्ठभूमीबाट आए हामीलाई उहाँको बारेमा थाहा छ । यसमा जे पनि हुन सक्ने सम्भावनाबारे हामीले विभिन्न चरणमा छलफल गर्यौं । यस्ता यावत विषयहरुलाई मैंले मिहिन विश्लेषण गरेँ र अगाडि बढेँ ।
मोदीको नक्कल गर्ने निधो गर्दा होइन के हुने पो हो भन्ने भैरहन्थ्यो । मैले सबै कुराको मिहिन विश्लेषण गरे र अगाडि बढेँ । मोदीको नक्कल विशुद्ध नेपाल अथवा भारतका नेताहरुलाई मात्र होइन यो हाम्रो राजनीति कता तर्फ जाँदै छ भनेर गरिएको नक्कल हो ।यसमा पाठक तथा दर्शकहरुले बुझनु पर्ने कुरा के छ भने मैले मोदीको जुन नक्कल गरे त्यो मात्र मोदीको नक्कल थिएन र होइन । त्यो त्यस प्रवृतिमा बाच्ने र रमाउँने सबै नेताहरु प्रतिको व्यँग्य हो । नेता भन्ना साथ विशुद्ध नेपाल वा भारतको मात्रै हुदैन् । नेतृत्व र त्यसमा पनि भावि विश्व राजनिति कता गइरहेको छ ? नेताको गुण, व्यवहार, आचरण र नैतिकता कस्तो हुनु पर्छ ? भनेर देखाउन मैले मोदीलाई पात्र मात्र बनाएको हुँ । मैले यस विषयलाई देखाउँन पात्र खोजी रहेको थिए । त्यसक्रममा मोदी गुजरातका मुख्यमन्त्री थिए पछि भारतका प्रधानमन्त्री भए अनि मैले प्रधानमन्त्री छान्दा पनि त के हुन्छ र ? मेरो मोदी फरम्याटको मञ्चन पछि नेपालका मात्र नभएर भारतका सञ्चार माध्यमले समेत निकै समर्थन गरे । र, यसमा जोड्नु पर्ने कुरा के छ भने जब म लण्डन गएँ, त्यहाँको बीबीसी हिन्दी सेवाले आफ्नो स्टुडियोमा बोलाएर मेरो अन्तर्वार्ता लियो । त्यो विभिन्न अनलाइनहरुमा पनि आयो । जब बीबीसीमा प्रशारित र प्रकाशित भयो त्यसपछि हिन्दुस्तान टाइम्स्, अमर उज्याला लगायतका विभिन्न भारतिय सञ्चारमाध्यमहरुले नेपालका कलाकारको सकरात्मक चर्चा गरे । अहिले मलाई राम्रो काम गरिएछ भन्ने आत्मसन्तुष्टी भएको छ ।
हास्य व्यंग्य क्षेत्रमा नेताहरुलाई पुरै होलसेलमा गाली मात्रै गर्ने आम प्रवृत्ति हावी छ । ‘पोलिटिक्स इज डर्टि गेम’, ‘साला देश लुटाहा नेताहरु’, भन्ने ढंगले गाली गर्ने र आफ्नो राजनीतिलाई जमाउँने गरिएको देखिन्छ । म विश्लेषण सहितको व्यँग्य गर्दछु ।मैले एउटा अरेबियन सेख, साउथ इन्डीयन मान्छे र बाबा रामदेवको पनि नक्कल गर्या छु । जुन अत्यन्त चर्चित रहे । तर राजनीतिमा ध्रुव तारा जस्ता उदाएका मोदीको नक्कल निकै प्रभावकारी रह्यो । नक्कलको कुरा गर्दैगर्दा मेरो मुख्य ध्यान यसको सामाजिक, सांस्कृतिक सन्देशमा र यसले समाजमा पार्ने प्रभाव नै मुख्य हुने गर्दछ । त्यो कुरा मैले प्रचण्ड देखि मोदीसम्म पच्छ्याएको छु । हरेक प्रस्तुतिका आफ्नै किसिमका समाजिक सन्देश हुने गरेका हुन्छन् । म आफ्नो कला माफर्त मैले नेताहरुलाई कहिलै पनि नाङ्गो गाली गर्ने गर्दिन । हास्य व्यँग्य क्षेत्रमा नेताहरुलाई पुरै होलसेलमा गाली मात्रै गर्ने आम प्रवितृ हावी भएको छ । ‘पोलिटिक्स इज डर्टि गेम’, ‘साला देश लुटाहा नेताहरु’, भन्ने ढंगले गाली गर्ने र आफ्नो राजनीतिलाई जमाउँने गरिएको देखिन्छ जुन मैले कहिलै गर्ने प्रयास गरिन । म विश्लेषण सहितको व्यँग्य गर्दछु ।
प्रतिकृया लेख्नुहोस्: