Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

राप्रपा सरकारकाे हैरान साझेदारः जबरा

\"Pashupatiभक्तपुर, १५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवम् वरिष्ठ नेता पशुपति शमशेर राणाले वर्तमान सरकारको कामदेखि राप्रपा खुसी नभएको बताएका छन् । बुधबार राप्रपा भक्तपुरले असार १५ राष्ट्रिय धान दिवसका अवसरमा नगरकोट नगरपालिकाको सुडालमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा भाग लिँदै उनले सरकारमा आफ्नो पार्टी ‘हैरान साझेदार’ भएको बताए । राणाले भने – “वर्तमान सरकारमा राप्रपा सहभागी छ तर पनि सरकारको कामप्रति सन्तुष्ट छैन । राप्रपा वर्तमान सरकारको हैरान साझेदार भएको छ ।” सरकारले भूकम्पपीडितप्रति ध्यान दिन नसक्दा उनीहरुले गर्मी, जाडो र वर्षा छाप्रो भित्रै बिताउनु परेको चर्चा गर्दै उनले भूकम्पपीडितले अझै पनि रु ५० हजार अनुदान बाँड्न नसक्नु दुर्भाग्य भएको बताएका हुन । सरकारले मधेसको समस्या हल नगरेसम्म कुनै पनि समस्या समाधान नहुने जिकिर गर्दै उनले मधेसलाई दुई प्रदेश बनाएर जानसके मधेस समस्या हल हुने दाबी गरे । राष्ट्रिय सहमतिको सरकार गठन गर्न सके राम्रो हुने उनको धारणा थियो । त्यसैगरी, राष्ट्रिय धान दिवसका अवसरमा आजै नेपाली काँग्रेस भक्तपुरले आज छालिङमा रोपाइँ कार्यक्रमको आयोजना ग¥यो । काँग्रेस केन्दीय सदस्य एवम् सभासद् बद्री पाण्डेले छिट्टै राष्ट्रिय सहमतिको सरकार बन्ने र त्यसको नेतृत्व काँग्रेसले गर्ने बताए । कार्यक्रममा काँग्रेस जिल्ला सभापति दुर्लभ थापालगायत नेता धान रोपाइँमा सहभागी भएका थिए । त्यसैगरी, काँग्रेस निकट महिला सङ्घले भक्तपुर नगरपालिकामा आयोजना गरेको रोपाइँ कार्यक्रममा सङ्घकी डिला सङ्ग्रौलालगायत महिला सङ्घका नेता तथा कार्यकर्ता सहभागी भए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending